कीवर्डहरू -

समाचार

माछापुच्छ्रे बैंकले पनि शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ‘कर्पोरेट पे’ दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुँदा माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र  भरपर्दो रहनेछन् ।

बैंकले ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक  ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरेको छ ।

यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ ।


समाचार

एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे

कोरोना महामारीले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरुले गत साल भन्दा यो वर्ष २५ प्रतिशत बढी…

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल

ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँ…

सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?  

भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न स…

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सु…

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी…

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने …

अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट

अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट ब…

सुबिसुले शुरु गर्‍यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा

सुबिसु केबलनेट प्रालिले आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले ५ जिग…

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचि…

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्…

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको…

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्या…

तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ

सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । …