समाचार
चन्द्रागिरीको एक आइसोलेसन केन्द्रलाई क्लासिक टेकको नि:शुल्क इन्टरनेट
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरिय आइसोलेसनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारी विरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा नम्बर ८ मा निर्मित आइसोलेसन केन्द्रको लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरी ८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ ।
सो स्थानमा कोरोना संक्रमितहरुको सुबिधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आईरहेको छ भने यसपटक आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको छ ।
सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।
आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसंग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्धेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो।
सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।
कम्पनीले आगामी दिनहरुमा पनि आफ्नो सामाजिक संस्थागत जिम्मेबारीअन्तरगत विभिन्न कार्यहरु गरिरहेन प्रतिबद्धता जाहेर गरेको छ ।
समाचार
एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध
आज देखि गूगल प्ले स्टोरमा एन्ड्रोइड १२ सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ …
प्रेम सम्बन्धबारे अनुसन्धान चलिरहँदा बिल गेट्सको कम्पनी बोर्डबाट राजीनामा
प्रेम सम्बन्ध बारे अनुसन्धान हुनथालेपछि बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको कम्पनी बोर्डब…
प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ?
इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । इजरायलको आक्रमणमा २ सयभन्दा बढी प्…
एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास
मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलाय…
टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ?
नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।
लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेशको घोषणा
विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाईसेन्सरका रुपमा एचईभीसी एडभा…
फाइभजीको लागि ६ गिगाहर्जको लाइसेन्स दिन जीएसएमएद्वारा सरकारहरुलाई आग्रह
सरकारहरुलाई ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभजीको ग्लोबल भविष्य जोखिम…
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुँदै
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरु…
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि विकास
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि …
दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट
नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा दोस्रो दिनमा ५ हजार मोबाइल सेटम…
एन्ड्रोइड १२ मा नोटिफिकेसन र विजेटमा परिवर्तन आउँन सक्ने
एन्ड्रोइड १२ मा अब नोटिफिकेसन र विडजेटमा परिवर्तन आउँन सक्ने भएको छ । यसको बारेमा…
नाष्टले बनाएको अक्सिजन सिलिन्डरको पहिलो परीक्षण उत्साहजनक, हप्तादिनमा दोस्रो गर्ने
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सुरु गरेको अक्सिजन ग्यास सिलिण्डर उत्पादनको पहिलो परीक्षण गरिएको छ । <…
सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्न सकिने
बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विभिन्न काम गर्दै …
बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ
चितवनबाट निषेधाज्ञाको समयमा बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई ज…
क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने
क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने भएको छ । यो भ्वा…