समाचार
अरूको नाममा भएको नेपाल टेलिकमको सिम यसरी ल्याउनुहोस् आफ्नो नाममा
सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाट दिने उदेश्यका साथ सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।
नागरिक एपमा आफ्नो नाममा दर्ता भएको नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको फोन नम्बरबाट प्रयोग गर्न सकिन्छ ।
आफ्नो नाममा दर्ता नभएको मोबाइल नम्बरबाट नागरिक एप प्रयोग गर्न सकिदैन् । धेरै मानिसहरुले अझै पनि आफ्नो नाममा भएको सीम प्रयोग गर्दैनन् । जसले गर्दा कुनै दिन समस्यामा पर्न सक्छन् ।
आज हामी तपाईलाई अरूको नाममा भएको नेपाल टेलिकमको सीम आफ्नो नाममा कसरी ल्याउने भन्ने बारे जानकारी दिदै छौं ।
शुरूमा *९२२# डायल गरेर आफूले प्रयोग गरिरहेको नेपाल टेलिकमको सिमकार्ड आफ्नो नाममा छ छैन र नामको हिज्जे सही छ छैन निश्चित गर्न सकिन्छ ।
सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।
अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।
पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ ।
अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।
साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ ।
संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।
नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।
विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ ।
दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकहरुलाई उपलब्ध हुने टेलिमकमले जानकारी दिएको छ ।
समाचार
रिचार्जरमा पल्स अक्सिमिटर ९ सय ९९ रुपैयाँमा, कोभिडका सामान निशुल्क डेलिभरी
ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।
…हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने, यसरी लिनुहोस् परामर्श
हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने भएको छ । नेपालकै पहिलो अनलाईन…
ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाखभन्दा बढी डाउनलोड
नेपाली इकमर्स प्लेटफर्म ग्यापुको मोबाइल एप १ लाख भन्दा बढी डाउनलोड भएको छ । गूगल प्…
फेसबुकपछि गूगल विज्ञापनको आधिकारिक रिसेलर बन्दै फिट इन्टरनेशनल
नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडक…
क्लबहाउसले अमेरिकामा एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गर्दै
क्लबहाउसले अमेरिकामा आफ्नै एन्ड्रोइड एपको बेटा भर्सन जाँच गरिरहेको छ । अब क्लबहाउस …
निषेधाज्ञाको समयमा लुमिसनको इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुहोस्
लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता…
स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने
स्पेसएक्सले डोगेकोइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने भएको छ । क्यानेडाको …
नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै
डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा…
ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल
शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनि…
स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस
स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजा…
ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’
मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमे…
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्…
चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना
चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम …
आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत
आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्र…
निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प
मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।
…