समाचार
साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।
चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।
यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्मा र काशीराम बजगाईले लेखेका छन् ।
समाचार
नास्टले प्रकाशित गर्यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …
सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने
सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…
गूगलका कर्मचारीहरुले बनाए युनियन
गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि…
कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन
कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । …
एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप
एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप ह…
विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्…
कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता
पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अव…
लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । …
क्यान महासंघको नुवाकोट शाखा गठन
कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघको नुवाकोट शाखा गठन भएको छ । क्यान महासंघक…
कोरोनाले बढायो ब्यान्डविथ आयात, ७ महिनामा एक अर्ब ८२ करोड ब्यान्डविथ आयातमा खर्च
कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिर…
तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी
साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन…
फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम
नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ…
मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल
मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनील…
क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल
गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयो…