कीवर्डहरू -

समाचार

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।

केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन ।

नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो ।

कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

समाचार

एमआई ११ फोनमा साओमीले चार्जर नदिने  

एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् ।…

साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहर…

पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी 

नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच…

सामाजिक सञ्जालमार्फत ४२ लाख रुपैयाँ ठगी गर्ने युवायुवती पक्राउ

सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियो…

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै …

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा

एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…

ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना

ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित ३ जना पक्राउ

नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित त…

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…

नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…

पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …

फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया

दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

पठाओ‌ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुम…