कीवर्डहरू -

समाचार

एनआईसी एशिया बैंकको ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा फोटो पठाई नगद पुरस्कार जित्न सकिने

एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले सिजन, होप र पोजिटिभिटी, लाइफस्टाइल र फ्रेण्डसिप विधाहरुमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् ।

५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्नेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ ।

प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००x३६०० पिक्सल, साइज (इन्च) १८x१२, रिजोलुसन ३००डीपीआई र ल्याण्डस्केप हुनु पर्नेछ ।

साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

समाचार

फेसबुकले सार्वजनिक गर्‍यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने

फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहर…

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहे…

ग्यापुको मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घो…

सुरुमा ९ लाख नेपालीलाई कोरोना खोप

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्याला…

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सन्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका…

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी …

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ …

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि म…

कोरोनाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का …

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानग…

फेसबुकमार्फत १० लाख ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक ग…

नबिल बैंक र दराजबीच सहकार्य, उद्यमीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने

नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्याउन नबिल बैंक र दराजले सम्झौ…

इलन मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति, यो वर्ष मात्रै थपियो १ खर्ब डलर भन्दा बढी सम्पति

टेस्लाका को फाउन्डर इलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गे…