समाचार
लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग
लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूपमा निर्माण गरेको भियन्टियानदेखि भ्यांगभियांग सेक्सन (भियन्टियान– भ्यांगभियांग एक्सप्रेसवे) सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २० मा औपचारिक रूपमा खोलिएको थियो ।
परियोजना पूर्ण भएपछि लाओसमा एक्सप्रेसवेको अनुपस्थितिको इतिहास समाप्त हुनेछ । भियन्टियानबाट भ्यांगभियांग सम्मको यात्रामा साढे दुई घण्टा बचत भई लगभग एक घण्टा मात्र लाग्ने र यसले क्षेत्रीय स्रोतहरूको प्रभावकारी विकास गर्न, मार्गमा पर्ने लाओसका जनताको जीवनस्तर सुधार गर्न, सामाजिक–आर्थिक व्यापार र सांस्कृतिक आदानप्रदानमा सहयोग गर्ने बताइएको छ ।
भियन्टियानदेखि भ्यांगभियांग एक्सप्रेसवे लाओसको पहिलो स्मार्ट एक्सप्रेसवे हो । ग्लोबल अग्रणी सूचना तथा सञ्चार प्रविधी (आईसीटी), क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स (आईओटी) र सुरक्षा व्यवस्थापन प्रणालीको आधारमा सुरक्षित, स्थिर र इन्टेलिजेन्ट आईसीटी प्लेटफर्म निर्माण गर्न ह्वावेले आफ्नो पार्टनर युन्नान ह्वायुआन इलेक्ट्रोनिक्स कम्पनी सङ्ग सहकार्य गरेको थियो ।
मार्गमा तैनात ह्वावेको डाटा संचार र प्रसारण उपकरणले एक डिजिटल धारणा, अन्तक्रिया, प्रसारण र अनुप्रयोग एकीकृत सोलुसन निर्माण गर्दछ । जुन रीयल टाईम इन्टेलिजेन्ट मोनिटरिङ, इन्टेलिजेन्ट चार्जिंग, आपतकालीन प्रतिक्रिया र निर्णय विश्लेषण जस्ता अल–सिनारियो सोलुसन कार्यान्वयन गर्नका लागि बिग डाटा विश्लेषण र अन्य प्राविधिक माध्यमहरू प्रयोग गर्दछ ।
२०२१ मा लाओसमा निर्माण हुने फाइभजी नेटवर्क यस स्मार्ट एक्सप्रेसवेसँग एकीकृत हुनेछ । फाइभजी तथा एआई टेक्नोलोजीको भविष्यले एक्सप्रेसवेको बौद्धिक स्तरलाई अझ वृद्धि गर्नेछ र लाओसमा पूर्वाधार विकासलाई सहज बनाउनेछ । भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवेको शुरुवात विन्दु लाओसको राजधानी भियन्टियानमा अवस्थित छ र अन्त्य बिन्दु, भान्भिएन, लाओसको सबैभन्दा प्रख्यात पर्यटन शहरहरू मध्यको एक हो ।
यस एक्सप्रेसवेको उद्घाटनले स्थानीय यातायातको अवस्था सुधार, यातायात दक्षता सुधार, त्यस मार्गमा पर्ने क्षेत्रको अर्थतन्त्र र पर्यटनको विकासलाई प्रबर्धन गर्ने छ र प्रभावकारी रूपमा स्थानीय जनतालाई फाइदा पुग्ने छ । फोखम, त्मार्क रिसोर्ट भ्यांगभियांगका एक कर्मचारी ले खुसी व्यक्त गर्दै यस अवधिमा होटल बुकिङमा उल्लेखनीय बृद्धि भएको बताए । ‘
पर्यटकहरूले भियन्टियान– भ्यांगभियांग एक्सप्रेसवेमा यात्रा अनुभवलाई पनि प्रशंसा गरेका छन, जसले ड्राइभिङ सुरक्षा सुनिश्चित गर्न हाई–टेक र ईन्जिनियरिङ निर्माण, आधुनिक अवधारणा र अत्याधुनिक प्रविधि एकीकृत गर्दछ’ उनले भने ।
उनले भने, ‘मलाई विश्वास छ कि यस एक्सप्रेसवेको उद्घाटन पछि यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन मद्दत पुर्याउनेछ र तदनुसार मेरो आय पनि बढ्ने छ ।’
‘नयाँ सडक पुरानो भन्दा फराकिलो, छिटो र सुरक्षित छ । भियन्टियानबाट भ्यांगभियांग सम्म आवतजावत गर्न एक दिन पुरै लाग्थ्यो र अब भ्यांगभियांग पुग्न एक घण्टा जति मात्र लाग्दछ । भियन्टियानमा काम गर्ने नान्थावथले, ‘ईटीसीको प्रयोगले यसले छिटो र व्यवस्थित ट्राफिकको सुविधा पुर्याउनेछ र आईसीटी प्रविधिले ट्राफिकलाई स्मार्ट र सुविधाजनक बनाउनेछ ।’
आईसीटी प्रविधिले राम्रो सुरक्षा प्रणाली र जनताको जीवनको लागि सुविधा प्रदान गर्दै यातायात र अन्य उद्योगहरूमा बढ्दो महत्वपूर्ण भूमिका खेल्दै छ र यसले सामाजिक विकासको लागि विशाल उत्प्रेरणा प्रदान गर्दछ ।
समाचार
गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने
गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…
घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम
कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…
कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कात्तिक महिनामा ईकमर्स मार्फत ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपा…
नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर
ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…
एआईले पहिलो पटक कन्ट्रोल गर्यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट
अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले नियन्त्रण गरेको छ । अहिले सम्म एय…
‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’
सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…
बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…
भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…
घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार
नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्…
कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा
पठाओका चालकहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं आन्दोलनको तयारीमा जुटेका छ…
इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर
इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडियो कन्टेन्टमा क्लिनफिड लागू गर्न …
अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर
अमेजनले इको उपकरण प्रयोगकर्ताका लागी ग्रुप कलको फिचर दिएको छ । इको प्रयोगकर्ताले अ…
एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने
एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहक…
एनसीएचएलमा आबद्ध भयो प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल …