कीवर्डहरू -

समाचार

जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी तीव्र रूपमा अघि बढाएको छ ।

यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ ।

पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो ।

यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, उनले भने, ‘आठ घरमध्ये एक घरलाई छनोट गरेर गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।’ १९६८ सालदेखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ ।

७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहको जनगणना गरिनेछ । आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ।

संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने निर्देशक लामिछानेले बताए । विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ट्याब्लेट विवरण संकलन गरिने योजना बनाइएको छ । अन्य स्थानमा कागजमा नै विवरण भरिनेछ । विदेशस्थित राजदूतावास, कूटनैतिक नियोगमा इन्टरनेटमार्फत ई–सेन्सस प्रविधिबाट तथ्यांक संकलन गरिनेछ ।

विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले कोभिड—१९ का कारण जनगणनाको काम प्रभावित नभएको बताए। प्रचार, प्रशिक्षणलगायत अन्य आवश्यक जनगणना सामग्रीको छपाइ तथा खरिद प्रक्रिया भइरहेको उनले जानकारी दिए ।

चौलागाईंका अनुसार जनगणनामा करिब ६० हजार कर्मचारी परिचालन हुनेछन् । जसमा ४२ हजार गणक र १० हजार सुपरिवेक्षक खटिनेछन् ।

विभागको केन्द्रीय टोली तथा संघ प्रदेश, जिल्ला र स्थानीयमा छुट्टै संयन्त्र पनि हुनेछन् । माघमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने विभागको कार्यतालिका छ । ती प्रशिक्षकले प्रदेश र स्थानीय तहमा तालिम दिन्छन् ।

गणकलाई वैशाखमा तालिम दिने तयारी रहेको चौलागाईंले बताए । ‘हामीलाई सबैभन्दा ठूलो चटारो नै तालिममा छ’, उनले भने, ‘यति धेरैलाई तालिम दिनुपर्छ ।’

अहिले प्रश्नावली छाप्ने काम भइरहेको छ । सात प्रदेश र ७ सय ५३ वटै स्थानीय तहका फरकफरक विवरण राख्न करिब ८० प्रश्नावली बनाइएको छ ।

यस पटक तीन किसिमका प्रश्नावली छन् । विगतमा दुई किसिमका प्रश्नावली मात्रै थिए। वडास्तरसम्मै संकलन गर्नु भएको भएको सामुदायिक प्रश्नावली थप गरिएको छ ।

पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन् । यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ ।

मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन् । यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ ।

अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ।

‘अहिलेसम्म नेपालमा कति गाउँ, कति सहर छन् भन्ने अलमल नै छ । यसकारण गाउँ, सहर छुट्ट्याउने किसिमका प्रश्नावली छन्’, चौलागाईंले भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

समाचार

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल

सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ प…

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग 

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट…

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी गर्न सम्झौता

इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्स…

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड वि…