समाचार
एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका
एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुनेछ ।
इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्दछ ।
यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् ।
७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ ।
विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् ।
स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
समाचार
टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन
पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन…
राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री ईश्वर पोखर…
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न चार कम्पनीको प्रस्ताव
नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । ने…
नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी स…
साथी एपबाट अब घरमै पिसिआर टेष्ट गराउन सकिने
राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर प…
कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने
देशका विभिन्न ठाउँमा अहिले कोरोना संक्रमण रोक्न निषेधाज्ञा लागु गरिएको छ । निषेधा…
नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ
नागरिक एप सार्वजनिक भएको साढे तीन महिनाको अवधिमा ६ लाख २५ हजार डाउनलोड भएको छ …
नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्…
एनसेलको राहत प्याकेज, १२७ रूपैयाँमा वर्क फ्रम होमका लागि १७ जीबी डेटा
कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहक…
नागरिक एप बनाउन सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली
नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन ने…
आईबीएमले बनायो २ न्यानोमिटरको चिप
आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्…
नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण
तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै
आइसिटी डेको दिन फुलभर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० व…
‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’
वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परि…
म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर
फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…