कीवर्डहरू -

समाचार

एनसेलको डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द, गण्डकी प्रदेशका सेवाग्राही मारमा पर्न सक्ने

नेपाल विद्युत प्राधिकरणले पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई विद्युत आपुर्ति बन्द गरेको छ । प्राधिकरणले गत आईतबार बिहानबाट डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द गरेपछि दूरसञ्चार सेवाबाट उपभोक्ताहरु बन्चित हुन सक्ने भएका छन् ।

हाल एनसेलले डेटा सेन्टर ब्याकअप पावरबाट सञ्चालन गरिरहेको छ । ब्याकअफ पावर विषेश गरी आपतकालिन समयका लागिमात्र प्रयोग हुने भएकाले निश्चित समय भन्दा बढि यसले सेवालाई सुचारु राख्न सक्दैन ।

विद्युत आपुर्ति नहुँदा डेटा सेन्टरको सञ्चालन बन्द भई विषेश गरी गण्डकी प्रदेशका सेवाग्राहीहरु मारमा पर्ने सक्ने देखिएको छ ।

मिटर जडानमा गडबडी रहेको कारण एनसेलको डेटा सेन्टरमा मिटर जडान भएको मिति २०६९ साल भाद्र २३ देखि कै छुटबिल कायम भएको भन्दै कम्पनीलाई नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्र पोखराले १३ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न ताकेता गरेको थियो ।

आफ्नो ताकेता बमोजिम बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले पौष १९ गते बिहानबाट डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द गरेको हो ।

प्राधिकरणले जारी गरेकै मिटर रिडिङ बिलका आधारमा सेवा शुल्क तिर्दै आएको एनसेलले बताएको छ । पहिला ६३० केभीएको फिडर लाइन लिएको एनसेलले पछि २०७२ पौषमा प्राधिकरणको अनुमति पश्चात क्षमता वृद्धि गरी १५०० केभीए पुर्‍याएको थियो ।

त्यति बेला प्राधिकरणको पोखरा कार्यालयले आफ्नै परिसरभित्र जडित मिटर रिप्रोग्रामीङ गरी एनसेल डेटा सेन्टरमा जडान गरिदिएको थियो र मिटरमा कुनै कैफियत नभएको स्पष्ट पारेको कम्पनीको भनाई छ । गत असारमा प्राधिकरणले पुरानो मिटर बदली गर्ने कार्य समेत गरेको एनसेलको भनाई छ ।

प्राधिकरणले छुटबिल तिर्न र त्यसो नगरेको खण्डमा डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द गराउने भन्द दबाब दिएको थियो । त्यसपछि सेवा प्रवाहमा असर पर्ने जिकिर गर्दै एनसेलले मंसिर २३ गते कास्की जिल्ला अदालतमा प्राधिकरणको छुटबिल भुक्तानीको निर्यण बदरका लागि अन्तरिम आदेशको माग राख्दै मुद्दा दायर गरको थियो ।

यस मुद्दामा दुवै पक्षलाई झिकाई बहस हुँदा प्रतिवादी पक्षले लाइन काट्ने, सेवा अवरुद्ध गर्ने कुनै मनसाय नरहेको अदालत समक्ष जिकिर लिई अदालतलाई लाइन नकाट्ने कुरामा आश्वस्त गराएको बताइएको छ ।

अदालतले पनि प्रतिवादी पक्षले लाइन नकाट्ने भनी अदालतलाई आश्वस्त पारेको कुरालाई र्नै आधार लिई प्राधिकरणको तत्काल लाइन काट्ने वा कुनै अतिरिक्त जरिवाना लगाउने मनसाय नदेखिएको र यस सम्बन्धमा प्रतिउत्तर परेपछि वा अवधि नाघेपछि नियमानुसार गर्नु भन्दै पौष १४ गते अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश गरेको थियो ।

तर पौष १६ गते पुनः प्राधिकरणले छुटबिल भुक्तानीका लागि ताकेता गरेपछि एनसेलले पौष १७ गते यो विषय अदालतमा विचाराधीन रहेको भन्दै पत्राचार गरेको थियो ।
आफ्नो ताकेता अनुसार बिल भुक्तानी नगरेपछि प्राधिकरणले पौष १९ गते आइतबारबाट डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द गरको थियो । त्यसपछि एनसेलले पौष २० गते कास्की अदालतमा पुनः मुद्दा दायर गरेको छ ।

अदालतले पौष २१ गते अन्तरिम आदेशका लागि छलफल गर्न प्राधिकरणलाई सक्कल फाइल सहित ७ दिनको समय तोकि आदेश जारी गरेको छ ।

समाचार

विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै डेटा सेन्टरको बिजुली काट्योः एनसेल

एनसेलले नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै आफ्नो पोखरामा रहेक…

अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने

अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ । …

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरे…

इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेम…

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ४३ लाख रुपैयाँ बढी

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार अमेरिकी डलर कायम भएको छ …

ट्रम्पको फेसबुक पेज २४ घण्टाको लागि लक, ट्वीटरले दियो अकाउन्ट नै खारेज गरिदिने चेतावनी

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पेज २४ घण्टाका लागि लक गरिदिएको…

अब ईकमर्स दर्ता र वेबसाइट अनिवार्य

ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्…

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभ…

डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान

नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड च…

टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन

टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको छ । य…

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत…

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद…

खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा…

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोन…

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा  नेपाली टिम ‘एबरप्ट स्…