समाचार
आइटी विधेयकमा अन्तर्क्रिया सम्पन्न, संशाेधनका लागि ब्यापक दबाब
नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘सूचना प्रविधि विधेयक २०७५’ बारे सरोकारवालाहरुबीच आज अन्तक्र्रिया गरिएको छ ।
एनपी सर्ट , इन्टरनेट सोसाइटी नेपाल, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र बडी इन डाटाको संयुक्त आयोजनामा राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सूचना प्रविधिका धेरै विषयमा विधेयकमा अस्पस्टता, अपुग हुनुका साथै प्रस्तावित कतिपय व्यवस्था यो क्षेत्रका लागि प्रतिकूल रहेको विचार राखे ।
अन्तक्र्रियामा बोल्दै संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले हालसम्म विधेयकमा ९० भन्दा बढी संसोधन दर्ता भएको जानकारी दिइन् । १३१ दफा भएको विधेयकमा यति धेरै संशाेधन दर्ता हुनु सामान्य होइन ।
विधेयकमा प्रस्ताव गरिएका सजायसम्बन्धी व्यवस्थाहरु, डिजिटल हस्ताक्षर, डोमेन दर्ता तथा व्यवस्थापन, सूचना सुरक्षा र गोपनीयतासम्बन्धी व्यवस्था, डाटा सेन्टर र क्लाउड सेवा, उपकरण प्रयोग गर्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालको दर्ता र नियमन, डाटाको पुनःप्रयोग आदि व्यवस्थामा संसोधनका लागि दर्ता भएका छन् भने यससम्बन्ध सरोकारवालाहरुले परिमार्जनका लागि राय दिएका छन् ।
संसदको विज्ञान तथा प्रविधि उपसमितिका सदस्यहरु बिनाकुमारी श्रेष्ठ, गौरीशंकर चौधरी र केदार सिग्देलले सरोकारवालाबाट प्राप्त सुझावहरुलाई ऐनमा समाविष्ट गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अधिवक्ता एवं इन्टरनेट गभर्नेन्स इन्सिटच्युटका निर्देशक बाबुराम अर्यालले विधेयकको विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
आइटी विज्ञ विवेक राणाले २०६३ को विद्युतीय कारोबार ऐनको ७० प्रतिशतभन्दा बढी विषय यो विधेयकमा कपी गरिएको र बाँकी यो क्षेत्रको नियन्त्रण र सजाय निर्धारणको लागि ल्याइएको भान हुने बताए । उनले राष्ट्रिय अर्थतन्त्रलाई सूचना प्रविधिले नेतृत्व गर्ने बेला आए पनि कतिपय विषयवस्तु यो क्षेत्रको प्रगतिमा बाधा पुर्याउने किसिमका रहेको विचार राखे ।
सहभागीहरुले इन्टरनेटलाई व्यवस्थापन गर्नेभन्दा पनि नियन्त्रण गर्ने गरी विधेयक आएको धारणा राखे । नागरिक अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कतिपय विषयमा पनि उनीहरुले प्रश्न उठाएका छन् ।
इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटका अध्यक्ष एवं वरिष्ठ आइसिटी विज्ञ मनोहरकुमार भट्टराईले १३१ दफामध्ये ५८ ओटा प्रत्यायोजित विधायनको व्यवस्था हुनाले कार्यपालिकाले आफूअनूकुल कानून बनाउने अवस्था रहने विचार राखे ।
उद्योग वाणिज्य महासंघ अन्तर्गतको आइसिटी विकास समितिका सभापति विनोद ढकालले आइटीसम्बन्धी ऐन उद्योगको विकासका लागि लक्षित हुनुपर्ने बताउँदै विधेयकको सन्दर्भमा अझै व्यापक छलफल आवश्यक रहेको बताए ।
इन्टरनेट सोसाइटी नेपालमा उपाध्यक्ष सुरज अधिकारीले डोमेनसम्बन्धी व्यवस्था आइटी बिलको मुख्य प्राथमिकता हुनुपर्ने विचार राखे । उनले मर्कन्टायलले ३ दशकयता यो क्षेत्रमा काम गरे पनि विधेयक बनाउँदा आफूहरुसँग एकपटक छलफल नगरिएको गुनासो गरे ।
क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंहले प्रमाणिकरण नियन्त्रकका लागि सरकारको प्रथम श्रेणीको अधिकृतलाई मात्रै तोकिने व्यवस्था आउन नहुने भनाइ राखे ।
शास्त्र नेटवर्क सोलुसन्सका किशोर पन्थले विद्युतीय उपकरणको प्रयोग गर्नुपूर्व मन्त्रालयबाट अनुमति लिनुपर्ने विषय अवैज्ञानिक र अव्यवहारिक हुने भनाइ राखे । उनले डाटा सेन्टर र क्लाउड सेवाका सन्दर्भमा ल्याएका व्यवस्थाहरु असान्दर्भिक रहेको बताए ।
बडी इन डाटाकी शुभा कायस्थले महिला तथा अल्पसंख्यक वर्गका लागि विधेयकले स्पस्ट व्यवस्था गर्न नसकेको विचार राखिन् ।
एनपी सर्टका अध्यक्ष चिरञ्जवी अधिकारीले समग्र देशकै विकाससँग आइटी जोडिएकाले अब आउने आइटी ऐनमा सबै निकायको आवाज समेटिनु पर्ने भनाइ राखे ।
समाचार
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ ।
जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।
…उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा
उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरन…
विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा
लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप…
माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा
काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी १४ वटा शाखा रहित बैंक…
थप ७ सहरमा ओयो
काठमाडौं।
ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंड…
फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।
आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल
काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…
सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने
काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।