समाचार
एनपीसर्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालको साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील यस संस्थाले पछिल्लो समय सुरक्षामा देखिएका जटिलता र समाधानका विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
काठमाडौंको मध्यबानेश्वरस्थित डाइनिङ पार्क रेष्टुरेन्टमा आयोजना भएको साधारणसभाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं सूचना प्रविधि महाशाखाका प्रमुख वीरेन्द्रकुमार मिश्रले उद्घाटन गर्नुभयो ।
सोअवसरमा बोल्दै प्रमुख अतिथि मिश्रले सरकारले राष्ट्रिय सर्ट (सेक्युरिटी इमर्जेन्सी रेस्पोन्स टिम) निर्माणको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सर्टका लागि कार्याविधि बनाउन लागेको र मस्यौदामा सरोकारवालाहरुसँग छलफल जारी राखेको बताउनुभयो ।
‘सर्ट धेरै हुनु स्वभाविक हो । सेक्युरिटीका थुप्रै सबडोमेनहरु छन् । सबैले आ–आफ्नो स्तरमा काम गर्न आवश्यक छ । सरकारी, गैरसरकारी र निजीस्तरमा सर्ट स्थापना हुनु राम्रो कुरा हो । अब यी सर्टहरुबीच सहकार्यको भावना विकास हुनुपर्छ,’ मिश्रले भन्नुभयो ।
विशिष्ट अतिथि सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने योजना ल्याएको र साइबर सुरक्षाका लागि पनि निजी क्षेत्रसँग मिलेर जान आफूहरु तयार रहेको भनाइ राख्नुभयो ।
सोअवसरमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकाससँगै जटिलता र जोखिम पनि आएको चर्चा गर्दै सर्टहरुले सामूहिक काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं आइसिटी डेभलपमेन्ट कमितिका प्रमुख ई. विनोद ढकालले पनि धेरै सर्टहरु सञ्चालनमा आएपनि यी संस्थाहरुबीच सहकार्य भएन भने अपेक्षित उपलब्धी हासिल गर्न नसकिने भनाइ राख्नुभयो ।
एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले छोटो समयमै एनपीसर्ट साइबर सुरक्षाको साझा संस्थाको रुपमा स्थापित भएको चर्चा गर्दै आगामी दिनमा विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंबाहिरका ठाउँहरुमा पनि साइबर सुरक्षासम्बन्धी कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो ।
सोअवसरमा क्यान महासंघका केन्द्रीय उपाध्य नवराज कुँवर, कोषाध्यक्ष खुशल रेग्मी, सहकोषाध्यक्ष शेखर दुलाल, एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
यसैबीच साधारणसभावको बन्दसत्रमा महासचिव धु्रवराज शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिले पेश गरेको लेखा प्रतिवेदनमाथि सदस्यहरुले छलफल गर्नुभएको थियो ।
साथै साधारणसभाको बैठकले महेश्वरमान जोशी र शंकरप्रसाद शर्मालाई एनपीसर्टको कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । बैठकले १७ सदस्यीय समितिबाट १३ सदस्यी समिति बनाउने र सदस्यहरुको कार्यविभाजन समेत गर्ने निर्णय गर्यो ।
यसअन्तर्गत संस्थाको अध्यक्षमा चिरञ्जिवी अधिकारी, वरिष्ठ उपाध्यक्ष डा. प्रमोद पराजुली, उपाध्यक्षमा कुमार पुडासैनी, महासचिवमा धु्रवराज जोशी, सचिवमा निरञ्जन खकुरेल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषध्यक्षमा निरञ्जन खकुरेल रहनुभएको छ । सदस्यहरुमा दिव्यतारा शाक्य, शिव बस्नेत, कुमार पौडेल, सुरेश भण्डारी, शंकरप्रसाद शर्मा र महेश्वरमान जोशी रहनुभएको छ ।
यसैबीच साधारणसभावले काठमाडौंबाहिर पनि एनपीसर्टका गतिविधि सञ्चालन गर्ने योजना ल्याएअनूरुप प्रदेश ३ का लागि जयराम हुमागाईं र प्रदेश ५ का लागि भोजराज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी दिएको छ ।
समाचार
किङस कलेजको तेस्रो संस्करणको रुपमा एनइफ २०१८ सम्मेलन सुरु
यहि मंसिर ६ गते देखि धनगढिमा एनइफ २०१८ (नेपाल उद्ययमी फोरम) सम्मेलन सुरु भएको छ । यो सम्मेलन ८ गते सम्म चल्ने छ ।
यस सम्…
साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८\' सम्पन्न, ह्याकरहरुले दिए सेक्युरिटी सोलुसन
आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त
संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप ९म्याग० को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दरा…
वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ । एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन 'अस…
मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता
यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन ग…
दाङको घोराहीमा गुगल डेभफेष्ट २०१८ सम्पन्न
गुगल डेभफेष्ट २०१८ को संस्करण दाङको घोराहीमा सम्पन्न भएको छ । दाङमा अध्ययनरत सुचना तथा प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरिएको सेमिनार गुगल डेभलपर्स ग्रुप द…
नेपालमा १९ प्रतिशत अपाङ्गता भएका व्यक्ति इन्टरनेटबारे जानकार
काठमाडौं । नेपालमा १८ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले सहजिकरण यन्त्रहरु ((एस्सिस्टभ टुल)) प्रयोग गर्ने गरेको र त्यसमा प…
एन आई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपाल बिच बैकिंग सेवा साझेदारी सम्झौता
नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भ…
बहुपक्षीय सरोकारवालाको सहकार्यमा जोड दिदै नेपाल आइजिएफ २०१८ सम्पन्न
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको मुख्य आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको सहआयोजनामा दोस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१८’ सम्पन्न भ…
“फ्लेक्सपाई” – विश्वको पहिलो फोल्डएबल स्मार्टफोन बजारमा
सामसुङले ल्याउने फोल्डएबल फोनको पर्खाइमा रहेको बेलामा रोयोल कोअपरेशनले फ्लेक्सपाइ नामक फोल्डएबल स्मार्टफोन बजारमा ल्याएको छ । यो चिनको बेजिङमा भएको कार्यक्रम…