कीवर्डहरू -

समाचार

सत्यदीप इन्टरनेसनलको आयोजनामा मकिनो डिलर्स मिट २०१९ सम्पन्न

काठमाडौं । मकिनो अटोमोटिभ्सको डिलर मिट शनिबार सम्पन्न भएको छ । होटल हिमालयमा आयोजित सो डिलर मिटमा काठमाडौं उपत्यकाका डिलरहरुको सहभागिता थियो ।

सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताउदै सबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रुपमा प्रयोग भएको बताए ।

आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेन समेत उपलब्ध गराउने योजना बनाएको उनले बताए ।

मकिनो अटोमोटिभ्सका सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताए ।

नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी गराउदै आगामी दिनमा अझै गुणस्तरीय पार्ट्स उपलब्ध गराउनका लागि प्रयत्नरत रहने बताए ।

उनीहरुले यसमा उपलब्ध गराइएको विभिन्न प्रकारको स्किमको वारेमा समेत जानकारी गराए ।

सत्यदीप इन्टरनेसनलले सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा मकिनोका पेपर क्लच, क्लच एसेम्बली, ब्रेक शु, ब्रेक प्याड आदि लोकप्रिय रहेका छन् । सत्यदीप इन्टरनेसनलले ४ वर्ष देखि नेपाली बजारमा मकिनोका पार्ट्सको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्…

नेपालमा रेडमी सेभेन ए को मूल्य घट्यो

रेडमीले नेपालमा रेडमी सेभेन ए को मूल्य घटाएको छ । जसको मूल्य १० हजार ९ सय ९९ रहेको छ । यसमा २ जीबि र्याम र ३२ ज…

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, नेपालमै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने

विज्ञान प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण भन्ने नारा सहित असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै छ । <…

सबै भन्दा बढि रेडिएसन निकाल्ने मोबाइल साओमीको एमआई ए वान


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको …

ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९ मा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित

काठमाडौं । ओपोले गुगलको क्यामेरा एक्स सपोर्ट गर्ने उपकर…

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा …

श्रीयोग डट कमको औपचारिक शुभारम्भ, पार्टटाईम काम गर्ने मौका

तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानि…

एनसिआइटीमा जब प्लेसमेन्ट फेयर आयोजना हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सेप्टेम्बर १३ तारिखको दिन स्नातक तह पुरा गरेका तथा स्नातक अन्तिम वर्षका विद्यार्थ…

प्रभु बैंकले लिमिटेड र यु.के.एड सक्षम बिच सम्झौता

प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसंग “Wealth-Building Financial Service…

आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषता 


एप्पलले आइफोन ११ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स रहेका छ…

नेपाल दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन