समाचार
राजधानीमा सुरु भयो क्यान इन्फोटेक मेला
काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको सुबिसु क्यान इन्फोटेक सुरु भएको छ ।
मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न पाउनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यसपटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइनेछ । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीयस्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इण्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् ।
मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते ‘बिजनेस डे’का दिन भने सबैले रु १०० शुल्क तिर्नुपर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्नसक्ने क्यान महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए ।
इन्फोटेकका मुख्य प्रायोजक सुविसु केवलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणका रूपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ ।
आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्म पुर्याइने ः मन्त्री बास्काेटा
मेला उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्याइने बताएका छन् ।
कम्प्युटर एशोसिएशन नेपाल क्यानले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान इन्फोटेक’को २५औँ संस्करणमा आज मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गरे।
सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पु¥याउने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पुर्याउन सकिन्छ, तपाईं सरोकार भएका सबैको साथ चाहिन्छ । अहिले बलियो सरकार छ, नीति र बजेटमा व्यवस्थापन गर्न सकिन्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने ।
उहाँले ‘डिजिटल नेपाल’ को नाराअनुरुप सरकारले प्रविधिको विकास, विस्तार र पहुँच अभिवृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै सूचना प्रविधिको बहुआयामिक विकास र उपभोगलाई व्यवहारिक र सुलभ बनाई मुलुकको आर्थिक समृद्धिसँग जोडिनुपर्ने खाँचो औँल्याए ।
“प्रविधिमा नयाँ आविष्कारले उपभोक्ताको विलासिता बढाउँदा ठूलो धनराशि मुलुक बाहिर गइरहेको छ । यसलाई सस्तो, सुलभ, पहुँच र अपरिहार्य बनाउनुपर्छ । सूचना प्रविधि व्यक्ति र संस्थामा केन्द्रित होइन, हरेक जनताको घरघरमा पुगोस् जसले उनीहरुको दैनिक जीवनमा सहजता ल्याओस्,” उनले भने ।
उद्योग प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार उत्साहित रहेकाले नीतिगत सुधारमा कुनै कञ्जुस्याइँ गर्दैन भन्दै उनले व्यवसायीले पनि लगानीलाई पारदर्शी बनाई परिवर्तनलाई गति दिने गरी अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, सुविसु इन्टरनेट प्रालिका अध्यक्ष सुधीर पराजुली र ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले पनि बाेलेका थिए ।
क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सरकारले लिएको ‘डिजिटल ट्रान्सफरमेशन’ को अवधारणलाई सार्थक तुल्याउन संस्थाले प्रविधि प्रवद्र्धनात्मक कामलाई तीव्रता दिने उल्लेख गरे ।
समाचार
ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै
तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन…
फोरजी विस्तारमा अनियमितताको आशंका
काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ…
बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ
पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै…
गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत
आइटी कन्सल्टिङ फर्म गार्टनरले हालै प्रकाशनमा ल्याएको निकै चर्चित र प्रभावकारी ‘म्याजिक…
\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्र…
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
सोम…
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
नवीन प्रविधिका व्यवसायमा सरकारले हस्तक्षेप गरेकोमा वानको विरोध
काठमाडाैं । नेपालका वेबसाइट, एप, सफ्टवेयर, ई–कमर्स तथा इन्टरनेट सेवासँग सम्बन्धित भई व्यवसायिक कारोबार गर्ने कम्पनी, व्यवस…
फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’
कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवलमा यहि फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ ।
क्यान महासंघ …
माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ
काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा&rsqu…
माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ
काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी त…
जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु
जापान । हेन ना होटल ले आफ्नो १०० भन्दा बढि रोबट स्टाफहरुलाई होटलबाट हटाएको छ । रोबटहरु आफ्नो …
७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र
काठमाण्डौ । झण्डै ७५ हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन अनलाइनमार्फत फाराम भरेका छन् । अबको केही समयमा न…
साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन
काठमाडौं - साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ । सुन्दर यातायात प्रालिले विद्युतीय बस तथा कार…