कीवर्डहरू -

समाचार

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामकालागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो । यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ रहेको जनाएको छ ।

यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुनेछ ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुनेछ ।

हालको विपद्को परिस्थितीलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो । 
 

समाचार

टेलिकमले फेर्‍यो रिङ ब्याक टोनको सन्देश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धि रिङ ब्याक टोन पर…

सरकारलाई कोरोना रोकथामको लागि एनसेलको १० करोड सहयोग

नेपाल सरकारले  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषम…

१ महिनासम्म अनलाइनबाटै मिदासको कोर्षहरु निशूल्क अध्यन गर्न सकिने

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच…

कोरोनाको कारण सारथी अस्थायी रुपमा बन्द

अनलाइन मार्फत ट्याक्सी सेवा प्रदान गरिरहेको सारथी क्याब अस्थायी रुपमा बन्द भएको छ । …

यी हुन् टेलिकमका अनलिमिटेड भ्वाइस प्याक

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार हुनु…

यी हुन् टेलिकमका अनलिमिटेड डाटा प्याक

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध …

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सिमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्र…

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्…

द ब्रिटिस कलेजले सुरु गर्‍यो अनलाइन कक्षा

काठमाडौँ । काठमाडौँको थापाथलिस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको…

लोकप्रिय चलचित्र छक्का पञ्जा ३ डिशहोममा हेर्न सकिने

डिसहोमले लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोमको सिनेमाघर च्यानलमा प्रसारण सुरु गरेको छ ।

नेपाल सहित एसियाली देशलाई कोरोनासँग लड्न ज्याक माले सहयोग उपलब्ध गराउने

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले नेपाल सहित नौ …

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने

अब कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्ड प्रयोग गरी नेपाल भित्र अन्य बैंक तथा वि…

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा आवद्ध भएका ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम प…

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।