समाचार
नेपाल टेलिकमको डाटा सेवा अझै तीब्र
नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गरेको छ ।
कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function) बाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गरेको हो ।
पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् ।
यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।
स्तरोन्नतिबाट जीएसएम टुजी, थ्रीजी, फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।
समाचार
इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस
नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …
महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नया…
डिजिटल शिक्षालाई सघाउन निमा एकेडेमी र इ - शिक्षाले सहकार्य गर्ने
विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा म…