समाचार
ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर
फागुन २८, काठमाडौं । ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाई सेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको छ ।
यो सहमतिले फाइभजी यूगमा दूई कम्पनीविच सहकार्यका लागि बलियो जग बसाउन सघाव पुग्ने ओपो ईन्टेलेक्चुअल प्रपर्टी विभागका प्रमुख एड्लर फेङले बताए । ‘ओपोले बौद्धिक सम्पत्तिको अधिकारलाई सधैँ नै पहिलो प्राथमिकताको विषयका रुपमालिने गरेको छ । हामी उत्पादन र सेवामा अत्याधुनिक नव प्रबर्तनार्थ एरिक्सनसंग सहकार्यका लागि निकै उत्साहित छौँ’, एड्लरले भने ।
‘वैश्विक रुपमै सुचना तथा सञ्चार प्रविधि (आईसीटी) जगतमा एरिक्सन एक अग्रणी उत्पादक तथा सेवा प्रदायक हो ।
निकै महत्वपूर्ण यस सम्झौताले हाम्रो प्याटेन्ट पोर्टफोलियोको मान राख्दै एरिक्सन फ्राण्ड लाईसेन्सिङ प्रोग्रामको महत्वलाई थप प्रष्टरुपमा मान्यताप्रदान गरेको छ’,एरिक्सनका चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले भने,‘ हाल सम्म एरिक्सनले १ सयभन्दा बढी प्याटेन्ट अनुमति सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । ओपो संग पारस्परिक लाभकारी यस सम्झौतामा हस्ताक्षर गर्दा हामी निकै उत्साहित छौँ ।’
प्याटेन्ट फस्र्ट रणनीति अवलम्बन गर्दै ओपोले प्याटेन्ट र रिजर्भ सञ्चितीलाई विशेष महत्वदिने गरेको छ । सन् २०१९को ज्यानुअरी महिना सम्ममा ओपोले वैश्विकरुपमा ३३ हजार प्याटेन्ट एप्लिकेशन्सका लागि निवेदन दर्ता गरिसकेको छ । त्यसैगरी कम्पनीको अधिनमा ८ हजार भन्दा बढी ग्राण्टेड प्याटेन्ट रहेका छन् । एरिक्सनसंग गरिएको यो सहमति क्वालकम, डल्बी र नोकिया लगायत प्रमुख दूरसञ्चार (टेलिकम्युनिकेशन) उद्योगका पार्टनर्ससंग गरिएका प्याटेन्ट अनुमति सम्झौता मध्यकै नयाँ हो । आफ्ना विश्वभरका उपभोक्ताका लागि उत्कृष्ट उत्पादन र अनुभव प्रदान गर्ने सोचका साथ ओपोले उद्योगका अग्रणी पार्टनर्ससंग नजिक रहेर सहकार्य गरिरहने कम्पनीले जानकारी दिएको छ ।
समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीद्घारा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घा…
नेपालको आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण हुदै
काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षम…
एटिएमबाट पानी !
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाले नेपालमा पहिलो पटक वाटर एटिएम सञ्चालनमा ल्याएको छ।
…
अनलाइन होटेल बुकिङमा ओयोको क्रान्ति, वार्षिक ४.३ गुणाले वृद्धि
काठमाडौं, १५ फागुन – दक्षिण एशियाकै सबैभन्दा ठूलो श्रृखंला होटल तथा चीनका ५ ठूला श्रृखंला होटलमध्यको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्…
ह्वावे मेट ट्वान्टी प्रो ले पायो एमडब्लुसी बार्सिलोना २०१९ मा सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार
बार्सिलोना, फरबरी २६– स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट ह्वावे कन्ज्युमर बिजनेस …
आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकान्स्योरेन्स
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ …
पोखरामा दसौं क्यान इन्फोटेक सुरु, सूचना तथा प्रविधिको विकासमा जोड
पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको दसौं संस्करणको ‘क्यान इन्फोटेक’को सोमबार सुरु…
नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता
नेपालको कुल जनसंख्याभन्दा बढी दूरसञ्चार सेवाका प्रयोगकर्ता रहेको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको छ । प्राधिकरणल…
प्राधिकरणले सिमकार्ड बिक्री प्रक्रियाको नयाँ कार्यविधि ल्याउँदै
काठमाडौं । मोबाइल सेवा प्रदायकका लागि लक्षित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ कार्यविधि ल्याउने भएको छ ।
मोबाइल सेवा प्रदायकको सिमका…
भाेलिदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सञ्चालन हुँदै
पोखरा। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ भाेली&nbs…
चौधरी ग्रुपले ल्यायो \'सिजी लाइफ सेल\', हुवावेसँग सम्झौता
चौधरी ग्रुपले सिजी लाइफ सेल सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा जारी वर्ल्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक ग…
डिजिटल लर्निंग डेमा \'निमा एकेडेमी\' सार्बजनिक, शिक्षालाइ डिजिटलाइज गर्ने अभियान
नेपालमा पहिलो पटक डिजिटल लर्निङ डे मनाइएको छ । बिहिबार काठमाडौंमा निमा एकेडेमीको आयोजना तथा निमा पब्लिकेशन, ब्रेनडिज…
फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध
काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न साइबर अपराध का घटना हरु भईरहदा फे…
हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन
ताप्लेजुङको खप्टेढुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु निधन भएक…
भविष्य नेश्नल स्टिम च्यालेन्ज प्रतियोगिताका विधागतका विजयीहरूकाे घोषणा
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कारखाना प्रालिको संयुक्त आयोजना तथा नेपाली सेना, युनेस्को, नास्ट लगायतका संस्थाको सह…