कीवर्डहरू -

समाचार

पठाओको पक्षमा सर्वोच्च अदालत, श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी पठाओलाई रोकी पाउँ भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माघ २८ गते श्यामकुमार श्रेष्ठले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो विषयमा अन्तरिम आदेश नहुने भनेको हो । 

मंगलबार न्यायधिश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासले पठाओको पक्षम निर्णय गरेको हो । 

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारबाही गर्नुपर्ने आवाज उठेको थियो भने धेरैले यसको पक्षमा बहस चलाएका थिए ।

रिट निवेदक श्रेष्ठले एउटा काम गर्न भन्दै स्थापना भएको पठाओ कम्पनीले अर्कै काम गरेकोले त्यसलाई रोक्नुपर्ने जिकिर गरेका थिए। निजी प्रयोजनका लागि प्रयोग हुने मोटरसाइकललाई व्यापारिक फाइदाका लागि प्रयोग गर्न नपाइने पनि उनको रिटमा उल्लेख थियो।

प्रविधिको प्रयोग गर्दै राजधानीमा दुईपाङ्ग्रे यातायात व्यवसाय सञ्चालन गरिरहेको टुटल सन् २०१७ जनवरीमा स्थापना भएको थियो । उही प्रकृतिको पठाओलेचाहिँ २०१८ को सेप्टेम्बरदेखि सेवा शुरू गरेको थियो । हाल दुई लाखभन्दा बढी मोबाइल एप्लिकेशन दुवै कम्पनी सेवाग्राहीले डाउनलोड गरिसकेका छन् ।

उपत्यकाको अस्तव्यस्त यातायात चाप यी कम्पनीको आगमनपछि केही सहज भएको छ । जसबाट राजधानीमा व्यस्त जीवनशैली भएका धेरै यात्रुलाई गन्तव्यसम्म पुग्न सहज भएको छ ।

यता ट्याक्सी व्यवसायीले भने चर्काे विराेध गरिरहेका छन् ।

समाचार

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

नेपाल प्रहरीको प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग

नेपाल प्रहरीमा रोजगारीको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग गरेको छ ।

ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा

काठमाडौँ। विश्वमा चर्चित सोसल मिडिया  ट्वीटर का सह सस्थापक इभान विलियम्सले राजिनामा दिए…

एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै 

निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी …

चीनले निर्माण गर्यो विश्वको  पहिलो महिला एआई समाचार वाचक

काठमाडौँ। विश्वमा आर्टिफिसियल इन्टेलीजेन्ट (एआई) प्रविधिको विकास भइरहेको बेला चीनले विश्…

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको…

एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइबरसँग सहकार्य गरेको छ …

युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले  जिम्मा पाएकाे गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्…

स्मार्ट छोरी अभियान सुरु

काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बु…

स्मार्ट छोरी अभियान सुरु

काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बु…

डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्…

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड संख्या ५० लाख पुगेको छ । योसँगै नेपालमा सर्वाधिक  ५० लाख डाउनलोड हुने दाेस्राे एपमा यो पर्न सफल भएको छ । यसअघि सन् २…

डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार

पटकपटक नारामै सिमित हुँदै आएको छ, ‘डिजिटल नेपाल’ । यसअघिका फुस्रा भाषण र कागजी योजनाले नेपाली जनताको समृद्धिको प्यास…