समाचार
एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता
एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।
एन आई सी एशिया बैंकको आधिकारीक वेबसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्र सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्ने छन् ।
खाता खोलि सकेपछि पाएको खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने छन् ।
अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकहरुलाई वार्षिक १४००० रुपैयाँ फाइदा हुनेछ ।
अनलाइन खाताकै आधारमा घरबाटै मोबाइल बैंकिङ सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ एक्टिभेट गरी मोबाइल बैंकिङ मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले ५०० रुपैयाँसम्म रकम फिर्ता पाउने छन् ।
यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध रहेको छ ।
यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४००० रुपैयाँसम्मको रकम फिर्ता पाउन सक्ने छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।
उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्युआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिने छ ।
यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।
नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
समाचार
समृद्धि स्कुलले विद्यार्थीलाई गूगल क्लासरुमबाट पढाउदै
समृद्धि स्कुलले प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीलाई गूगलको क्लासरुमबाट पढाउन …
घरमा औषधि चाहियो ? ‘दबाई २४’ लाई सम्झिनुहोस्
के तपाईँलाई घरमै औषधि वा अन्य स्वास्थ्य सम्बन्धि सेवा चाहिएको छ । यदि त्यसो हो भने ‘…
कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड …
लकडाउनमा निमा एकेडेमीको कोर्सहरु निशूल्क
यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नक…
एनटिसीको १२ करोड रुपैया कोरोना नियन्त्रण कोषमा, एनटिए र एनसेलको १५ र १० करोड सहयोग
कोरोना संकटको बेला विभिन्न सस्थाहरुले सरकारलाई सहयोग गरिरहेका छन । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण विशेष कोषमा नेपाल टेलिकमको तर्फबाट १२ कर…
ओटीस मार्फत अनलाइनबाटै लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको तयारी
विश्वव्यापी रुपमा…
सरकारलाई कोरोना रोकथामको लागि दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ दिने
नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषम…
विद्यार्थिको सहजताको लागि टेक्सास कलेजले अनलाइन कक्षा सुरु गर्दै
काठमाडौंको टेक्सास कलेजले चैत २३ गतेबाट अनलाइन कक्षा सुरु गर्ने भएको छ । विद्यार्थ…
लकडाउनको अवधिमा नेपाल टेलिकमको सेवामा छुट
नेपाल सरकारले चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेप…
ड्रोनबाटै लकडाउनको अनुगमन गर्दै नेपाल प्रहरी
नेपाल प्रहरीले लकडाउनको अनुगमन गर्न काठमाडौं उपत्यकामा ड्रोन प्रयोग गर्न थालेको छ ।…
नेपाल प्रहरीको मोबाइल एपबाटै कोरोना सम्बन्धी जानकारी दिन सकिने
नेपाल प्रहरीको मोबाइल एपबाट कोरोना भाइरसको जानकारी दिन सकिने भएको छ । …
अब उपभोक्ताले अनलाइन, फोन र च्याटबाटै गुनासो दर्ता गर्न सक्ने
सरकारले वाणीज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन…
यसरी लिनुहोस कम्प्युटरमा स्क्रीन सट, यी हुन् तीन तरिका
तपाईँहरु प्राय सबैले प्रयोग गर्नुहुन्छ होला कम्प्युटर । तर कम्प्युटरमा स्क्रीन सट कसरी …
कोरोनाबाट प्रभावित देशका प्रयोगकर्ताहरुलाई ‘के सेभेन’ ले साइबर सेक्युरिटीका प्रडक्ट निशूल्क दिने
साइबर सुरक्षा प्रदान गरिरहेको भारतिय कम्पनी के सेभेन कम्प्युटिङले विश्वभर कोरोना भा…
एनसेलले बुझायो ४ अर्ब ६० करोड पूँजीगत लाभकर
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापत सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । …