कीवर्डहरू -

समाचार

‘ठेगाना’ मोबाइल एप सार्वजनिक

ठेगाना सर्भिसेजले ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । हाललाई सो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा चलाउन सकिन्छ भने आइओएसमा एक हप्तापछि उपलब्ध हुने छ ।

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई ८५ करोड ३x३ वर्गमा विभाजित गरिएको हुन्छ र हरेक वर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ । यी कोडहरुले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जस मार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ ।

ठेगाना कोड हुलाकी सेवाको लागि मात्र उपर्यक्त नभएर वित्तीय संस्थाहरुलाई हालको केवाइसी नियम पालना गर्न परेको कठिनाइहरुको लागि पनि लाभदायक हुन सक्दछ । आफ्ना दैनिक कार्य सम्पादन गर्नुका साथै पेशा र ब्यावसाय सहज रुपमा फत्ते गर्न सहयोग पुर्याउने बिद्युतिय प्रणाली ठेगाना मार्फत नेपालको कुनैपनि स्थानको ठेगाना द्रुत गतिमा शेयर गर्न सकिन्छ ।

प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि ‘ठेगाना’ को उपयोग गर्न सकिन्छ । इन्टरनेट बिना अफलाइन पनि काम गर्ने यो एपले हरेक मोड–मोडको निर्देशन दिंदै यात्रुलाई बाटो देखाएर यात्रालाई सहज बनाइदिन्छ । ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन् ।

पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँदछ । उदाहरणको लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डौको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746 देखाउँदछ । यसमा KTM काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको विद्युतीय ठेगाना भन्ने जनाउँदछ ।

समाचार

 राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना

काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० …

भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…

वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…

इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट म…

खल्ती डिजिटल वालेट अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्…

जान्नैपर्ने कुरा : के छ सूचना प्रविधि विधेयकमा ?

नेपाल सरकारद्वारा संघीय संसदमा पेश भएको सूचना प्रविधिको सम्बन्धमा बनेको विधेयकलाई लिएर अहिले निकै बहस भइरहेको छ । विभ…

ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

<…

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै

सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वै…

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो …

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यल…

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इ…

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले आर्थिक…

पब्जी माथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्नुः सर्वोच्च अदालत

काठमाडौं। विश्वको चर्चित गेम पब्जी माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले शुक्रबार आदेश दिए…