कीवर्डहरू -

समाचार

नेपालमा पहिलोपटक \'अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म\' सुरु 

साना, मझौंला  र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम 'सक्षम' सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रा.लिले 'अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म' तयार पारेको छ। 

होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गर्नुभयो। कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेल उपस्थित हुनुहुन्थ्यो। 

यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ। यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ। जसबाट  ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन्। 

यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा विक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन्। 

सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताउनुभयो । ‘सक्षम भाग्यमानी पनि छ र यस्ता इनोभेशनलाई हामीले जोडदाररुपमा वकालत पनि गरेका छौं, र यो नयाँ विकास पनि त्यही यात्रामा एउटा नयाँ पाइला हो, उहाँले भन्नुभयो।

डिजिटल इनोभेशनलाई जोड दिंदै एफवान सफ्टका सिइओ सुवाश शर्माले भन्नुभयो, नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रुपमा हामी त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुशी हुन्छौं, जसले नेपालको अर्थतन्त्रको सम्भावित ठूलो क्षेत्रलाई परिवर्तन गर्न सक्छ।

हाम्रा इनोभेशनहरुले हरेक व्याक्तिलाई सरल, सुरक्षित र सस्तोमा सँधै वित्तीय पहुँच दिन्छन्। छिटो भूक्तानीले साना तथा मझौला उद्यमी मात्रै होइन ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ। यो साझेदारी तथा परियोजनाको सम्भावनाका कारण हामी निकै उत्साहित पनि छौं। 

सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेशनल नेपालको फाइनान्सियल टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो। कम्पनीमा अहिले चार सय जनाले काम गरिरहेका छन्। सक्षम युके एडको वित्तीय लगानीमा सञ्चालित वित्तीय पहुँच सम्वन्धी कार्यक्रम हो। डिफिड नेपालका लागि यो कार्यक्रम लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको छ।  
 

समाचार

ओपोद्वारा दशैँ र तिहार लक्षित ‘बेष्टदशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालीमहान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनैपनिफोनको…

लर्नर टु लिडर –प्रेसिडेन्सीयल सिटेसनको यात्रा

डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस संचारको लागि खुल्ला विश्वविद्यालय हो  । जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन् । फलस्वरुप २०१८ अगस्…

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको होटल हार्दिकम…

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

आफ्ना आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो …

नेपालमा ७२ प्रतिशत मोबाइल प्रयोगकर्ता, ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने 


नेपालमा मोबाइको पहुँचबारे गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतले मोबाइल फोन प्रयोग गर्ने अध्ययनले देखाएको…

नेपाली भाषामा भर्चुअल नेपाली कक्षाको सुरु

यही २०७५ असोज १७ गते भर्चुअल नेपाली भाषा कक्षाको उदघाटन भएको छ । यस कार्यक्रम कुइक सिल्भर एनोभेसन र ग्लोबल नेपाल आइसिटी कंसोर्टियमको सहकार्यमा भएको थियो ।…

गोप्रो हिरो ७ अब नेपाली बजारमा

गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताको लागी नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तिन वटा भर्जनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक र गोप्रो …

वेब एसोसिएसनले \'स्टार्टअपका चुनौती र सम्भावना\' विषयमा कार्यक्रम गर्दै

वेव एसोसिएसन नेपालले वेब स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम आयोजना गर्दैछ । अहि शनिवार होटल हार्दिकमा आयोजना हुने कार्यक्रममा विभि…

सिएसआटि एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

सिएसआटि एसोसिएसनअफ नेपालको ७ औँ वार्षिक साधारण सभा यहि मिति २०७५ असोज १७ गते IIMS कलेज पुतलीसडकमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षीक क…

“फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिन \'ओपन हाउस\' संचालन हुदै

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…

सुबिसु शुभअफर  - डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अ…

१६ हजारभन्दा बढी पोर्न साइट बन्द