कीवर्डहरू -

समाचार

बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला

नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।


झण्डै ५६ वटा स्टलहरु रहने सो दुई दिने शैक्षिक मेलामा करिब सात हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका निर्देशक सुवाष दंगालले बताउनुभयो ।

तेस्रो शैक्षिक मेलामा ५५०० विद्यार्थीहरुको सहभागिताले यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।


यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयवाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सि.ए. र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा यु.के., मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिनुभयो ।


शैक्षिक मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ भने पाटन कलेज फर प्रोफेसनल स्टडिज इन एसोसियसनमा रहेको छ । मेला पावर वाई टेक्सास कलेज अफ म्यानेजमेंट एण्ड आई.टीले गरेको छ भने स्पोन्सरमा हेराल्ड कलेज र को–स्पोन्सरमा मल्पी इन्टरनेशनल कलेज रहेको छ ।


पत्रकार सम्मेलनमा टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, आइआइएम कलेजका प्रमुख कार्यकारी अधिकृत सचिन प्रधानलगायतले नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा कम खर्चमा अन्तराष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका मेलाहरुले पनि प्रमाणित गरिसकेको बताउनुभयो ।

समाचार

आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु

तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै

इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…

बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…

सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने 

सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…

पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना 

काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको …