कीवर्डहरू -

समाचार

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ ।

साथै, ओपो उपकरणका विच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्म विना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनि पहिलो पटक प्रदर्शित गरिएको छ ।

“ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रबर्तनका लागि सदैव प्रतिबद्ध छ ।

” ओपोका उत्पादन ब्यवस्थापक काउ जियाडङले भने , “यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो । यिनले औद्योगिक प्राविधिक क्रान्तिलाई शून्यबाट एक पुर्याई उत्थानमा तेवा पुर्याउने हाम्रो आशा छ । हामी हाम्रा प्राविधिक नवप्रबर्तनलाई प्रयोगका परिदृष्यहरु खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौँ ।”

यूएससी नयाँ पुस्ताका स्मार्टफोन फर्म फ्याक्टरमा ओपोको नौलो नवप्रबर्तन हो । फ्रन्ट क्यामेरा र स्क्रिन एकिकृत गरी यूएससीले प्रयोगकर्तालाई पूर्ण फूल स्क्रिनको अनुभवका साथै एकिकृत बडीको मज्जा प्रदान गर्ने क्षमता राख्छ ।

यो प्रविधिले प्रयोगकर्तालाई पूरै स्क्रिन हेर्न तथा खिच्न, तस्विर कैद गर्न, फेस अन्लक गर्नुका साथै भिडियो कल सुविधाको पनि उपयोग गर्न सकिन्छ ।

ओपोको नौलो अन्डर–स्क्रिन डिस्प्ले समाधानका रुपमा यूएससीले अनुकुलित क्यामेरा मोड्यूल प्रस्तुत गरेको छ । यसले धेरै प्रकास समावेस गराउनु, जोनिङ नियन्त्रणको सुविधाका साथै स्क्रिन मार्फत प्रकाश आर पार गराउन  अत्यधिक पारदर्शी सामग्रीको प्रयोग गरिएको छ ।

साथै, ओपोको अनुकुलित अल्गोरिथम, हेज रिमुभल अल्गोरिथम र ह्वाइट ब्यालेन्स अल्गोरिथम मार्फत यूएससीले भविस्यमा स्मार्ट ब्यूटी मोड र फोटो फिल्टर्स लागायत फिचर्सपनि सपोर्ट गर्न सक्ने छ ।

स्मार्टफोन बहुउपयोगी साधनका रुपमा विकसित हुँदै गइरहँदा प्रयोगकर्ता माझ थप जीवन्त र फराकिलो स्क्रिन भ्यूको माग बढ्दै गइरहेको छ ।

वाटर–ड्रप स्क्रिनदेखि पिभोट स्ट्रक्चरदेखि आज प्रदर्शित यूएससी प्रविधि मार्फत ओपोले ‘पातलो र हल्का’ अनि ‘फूल स्क्रिन’ विचको सन्तुलन अन्वेषण गरिरहेको काउ जियाडङले बताए ।

उनले भने, “यूएससी प्रविधि मार्फत प्रयोगकर्तालाई वास्तविक फूल स्क्रिन अनुभव प्रदान गर्ने ओपो लक्ष्य रहेको छ ।”

मेशटक ओपोको नयाँ प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि हो । यसले ३ किलोमिटर सम्मको क्षेत्रफलमा सेल्यूलर नेटवर्क, वाईफाई वा ब्लयूटूथको सहायता बिना नै टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल टाइम भ्वाइस कल आदान प्रदान गर्न सघाउँछ ।


यस प्रविधिले धेरै यन्त्रलाई एड होक लोकल एरिया नेटवर्क (ल्यान) निर्माण गरी ग्रुप च्याट क्षमता तथा सिग्नल रिले मार्फत कम्यूनिकेशन रेञ्ज फराकिलो बनाउन सघाउँछ । ओपोका उपकरणहरु एकअर्कासंग सिग्नल रेञ्जमा हुँदा मेशटकले ल्यान कम्यूनिकेशन सम्भव गराउँछ ।

मेशटक प्रविधिको विकासका लागि ओपोले आफ्नो कम्यूनिकेशन चिपसेट अनुकुलन गरी न्यून उर्जा खपत र लामो दूरीको सञ्चार माथि सफलता पाएको हो ।

मेशटक ईन्ड–टू–ईन्ड कम्प्यूनिकेशन्सका लागि नवप्रबर्तनात्मक प्रविधि र मोबाइलफोन सोल्यूसनका लागि मेश कम्यूनिकेशन्स सोल्यूसन हो ।

यसले प्रयोगकर्तालाई उच्च कोटिको ब्यक्तिगत गोपनियता अनुभव गर्ने अवसर प्रदान गर्छ । तसर्थ, कठिन वातावरनिय अवस्था भएका स्थान, आपतकालीन सञ्चार र आउटडोर वातावरणमा मेशटकको उपयोगिता अझ बढ्ने आशा गरिएको छ ।

यूएससी र मेशटक प्रदर्शनीका साथै ओपोले फाइभजी र आईओटी सम्बद्ध आफ्ना नविनतम उपलब्धीपनि प्रदर्शित गरेको थियो ।


समाचार

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वज…

टेक्सास कलेजका आइटी ग्रयाजुएटलाई जापानमा अवसर

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा आइटी विषय पढेका विद्यार्थीले जापानमा अवसर प्राप्त गर्ने भएका छन् ।

Fourth Valley Corp.  Japa…

एसईईको नतिजा आज आउँदै यसरी हेर्नुहोस नतिजा

काठमाडौं। एसईईको नतिजा आज आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्…

आज काठमाडौंमा डाटा सेन्टर समिट हुँदै

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक काठमाडौं। नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने…

फ्युजमेसिन्सले ट्रेनिङ र रिसर्चका लागि काठमाडाैंमा \'फ्युज एआई सेन्टर\' सञ्चालनमा ल्याउने

काठमाडौं । एआई प्रडक्ट र सर्भिसमा काम गरिरहेको विश्वप्रसिद्ध कम्पनी फ्युजमेसिन्सले नेपालमा पहिलो पटक 'फ्युज एआई सेन्टर' सञ्चा…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औंैं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

शाक्य नेपा…

विदेशी टिभी च्यानल बन्द गर्ने व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका…

क्लिन फिडको विपक्षमा सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

काठमाडौं। प्रस्तावित विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन सेवा प्रदायकहरुले आन्दोलनमा …

धनकुटामा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुभारम्भ

काठमाडौं। नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै क…

दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना

अनलाइन सपिङ साइट दराज डटकमले आजदेखि माेबाइल विक नामकाे इलोक्ट्रोनिक्स अभियान शुरु गरेकाे छ ।

काठमाण्डौ। नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गु…

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

काठमाडौं । वान प्लसले आफ्नो नयाँ संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

वानप्लस ७ प्रो मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने …

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविध…