समाचार
फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा
खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कुपोषण र अरु पानी जन्य रोगहरु को माहामारी फैलाउन सक्छ।
सरकारको खुल्ला दिसा मुक्त अभियानको पहलहरुलाई कार्वानयन गर्नको लागी र अझ अघि बढाउनकालागी फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरम NYEF ले २८ जुनमा “केस च्यालेन्जको” धोषणा गरेको छ। यो पहलले खुल्ला रुपमा हुने शौचलाई निर्मुलगर्ने र प्रमुख स्वच्छता सुधारको कामलाई नेपाल भरी अधि बढाउनु रहेको छ ।
२०१५ को भुकम्प पछिस खुल्ला शौचको समस्याको खतरा सङ्ग लड्नको लागी एउटा ठोस प्रयासको आवश्यकता रहेको छ २०१७ सम्म “सबैकालागी स्वच्छताको”लक्ष प्राप्ति गर्नुपनी अझ बढि चुनौतिपुर्ण भएको छ। यो “केस च्यालेन्ज” को लक्ष भनेको युवाहरुलाई देशभित्रको यो चुनौति हल गर्नको लागि डिजिटल समाधानहरुमा विचार विमर्श गर्नको लागी शिक्षित र प्ररित गर्नु हो। डिजिटलिकरणको माध्यम बाट देशको प्रगतिमा गति बढाउनकालागी समुदायमा हुने खुल्ला शौचलाई निर्मुल गर्नु हो ।
एक धातकिय तरिकाले खुल्ला रुपमाहुने शौचको चुनौतिलाई हटाउनकालागि आवश्यकताहरुको बारेमा कुरा गर्दै, फ्रस्ट एन्ड सुलिवानको वरिष्ठ साझेदार र प्रबन्ध निर्देशक एपीएसी APAC मनोज मेनन ले भन्नु भयो,
"हामी एक डिजिटल युगमा बस्छौं र गुगल, अमेजन, फेसबुक र उबरजस्ता कम्पनीहरू सबैले डिजिटल समाधानहरूको शक्तिलाई उनीहरूको अभिनव innovative व्यापारिक मोडेलसँग संयोजन गर्न सफल भए जसले मानवताको सामना गर्ने केहि ठूला चुनौतीहरू समाधान गर्न मद्दत गर्दछ।विकासशील राष्ट्रहरूले सामना गर्ने सबैभन्दा महत्त्वपूर्ण चुनौतिहरूलाई सम्बोधन गर्न त्यही विचार लागू गर्ने एक महान अवसर हो। हामिले धातक तरिकाले खुल्ला शौचको चुनैतिलाई हल गर्नको लागी तरिकाहरुको वारेमा सोच्नु पर्ने हुन्छ। हामीलाई त्यो समाधानहरुको धेरै प्रभाब पार्नको लागी डिजिटल प्रविधिहरुको शक्तिको लाभ उठाउनु आवस्यक हुन्छ, जसमा हामी लगानि गर्छै ।“
सहभागिहरुले डिजिटल प्रविधिहरुको शक्तिको लाभ लिन र समाधानको उपायहरु सुझाउनु आवस्यक रहेको छ । सहभागीहरुले दिने सुझावहरुमा तल उल्लेखित क्षेत्रहरु समावेस भएको हुनुपर्नेछः
- वर्तमान पहलहरूको तुलनामा खुल्ला शौचमा तीव्र कमी
- नेपालको एसडीजीमा SDGs नागरिक सहभागिता बढाउन
- मानिसहरु फेरि खुल्ला शौचमा नफर्किउन भन्ने सुनिस्चितता
“केस च्यालेन्जको” लागी सहभागीहरुको नामावली जुलाई १८ सम्ममात्र लिईने छ । जुलाई २५ मा आयोजीत कार्यक्रममा जुरी र विचारक नेताहरुबाट एसको मुल्याङकन प्रकृया अधी बढ्नेछ। मुल्याङकन यि बुँदाहरुमा आधारित हुने छः
१। विश्लेषणको गुणस्तर, प्रस्तुतिको स्पष्टता र समाधान प्रवाह
२। डिजिटल प्रविधिको प्रयोग
३। नैलो समाधानको विकास गर्ने रचनात्मकता
४। कार्यवाही योग्य सुझाबहरु
५। भाषा र समाधानको पुर्णता
जूरीले शीर्ष ३ टोली रमुद्धालाई सूचीबद्ध गर्नेछ र फाइनलको घोषणा २९ जुलाई सम्मामा गर्ने छ। शीर्ष फाइनलहरूले फ्रस्ट एण्ड सुलिवानको सल्लाहकारहरूबाट आफ्नो मुद्दाको विकासको लागी कोचिंग प्राप्त गर्नेछन्। शीर्ष ३ प्रतिस्पर्धिहरु अगस्ट ३ मा डिजिटल नेपाल प्रोग्राममा धोषणा गरिनेछ र विजेताहरुले मिडिया, सरकारी निकायहरु, गैर सरकारी संस्था र डिजिटल नेपाल कार्यक्रमको अरु सहयोग साझेदारहरुको विचमा चिनिने मैका पाउनेछन् ।
समाचार
नेपाल टेलिकमको रिचार्जबाट मिदास इ - क्लास पढ्न सकिने
नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास