समाचार
असार २ गते देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने
काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रहले असार २ गते देखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।
नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने छ। नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजे देखि कार्यक्रम शुरु हुने र भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण गर्ने छ।
भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको थियो।
भू-उपग्रह निर्माणका लागि नेपाल बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।
भु उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने छ। यो भू-उपग्रह नेपालको आकासमा दैनिक ५ देखी १० मिनेटसम्म रहनेछ।
यो नानो स्याटलाइटले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।
जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले यो भू-उपग्रह निर्माण गरेको हो।
समाचार
पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै
काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्र…
दुरसञ्चार प्राधिकरणले प्रदेश ५ लाई बनाईदियाे कर्णाली प्रदेश
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ५ को रोल्पामा रहेको गंगादेव गाउँपालिका ला…
वान प्लस ७ प्रो अब नेपालमा
परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…
सफ्टवेरिका कलेजमा जेठ २८ देखि आइओटी एक्जिबिसन २०१९ हुने
काठमाडौं । डिल्लिबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सको आयोजनामा काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थ…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा
काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दू…
एन आई सी एशिया बैंक लि को दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं। झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, …
महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार
काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुर…
ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो
काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफो…
नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान…
द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न
काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने…
फेसबुकको सिईओ र अध्यक्ष बनेः जुकरबर्ग
काठमाडौं। गत बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभाबाट मार्क जुकरबर्गलाई प्रमुख कार्यक…
नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न
चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न…