कीवर्डहरू -

समाचार

आइसिटी अवार्डमा ७ विधा, अनलाइन आबेदन असार १६ सम्म

लिभिङ विथ आइसिटीको आयोजनामा ‘आइसिटी अवार्ड २०१८’ हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आइसिटी अवार्ड हुन लागेको जानकारी दिएको हो । अवार्डमा आइसिटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ ।


यसअन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको जानकारी आयोजकले दिएको छ ।


स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ । त्यस्तै आइसिटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ ।

यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ । आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ ।

आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड प्ूरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

\"\"
अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट www.ictaward.org तथा ICT Award नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्ने छ । आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने प्रयासमा रहेको बताए ।

‘यस वर्षको संस्करणमा ३ विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने । त्यस्तै प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

कसरी गर्ने अनलाइन आवेदन ?
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward,org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको ब्एएीथ् ल्इध् मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

\"\"
पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले क्ष्ऋत् ब्धबचम सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ । अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध छ ।

समाचार

क्यानले आइसिटी कन्फरेन्स आयोजना गर्दै, स्मार्ट सिटी र दिगो विकासमा जोड दिइने

सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले अस…

आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर

५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छ…

फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।

एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा 

एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नया पत्रिका दैनिकले उल्लेख गरेको छ ।

इकमर्समा अर्को फड्को, इसेवाले भाटभटेनी अनलाइन किन्यो 

चर्चित अनलाइन सपिङ पोर्टल ुभाटभटेनीअनलाइन डटकमु लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ।  

विगत ६ वर्षदेखि…

क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ …

ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा

सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…

वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी 

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।


‘वानप्लस ६’मा आजको मितिमा…

 “किरानामा” कुमारी बैंकको महाबचत योजना 

कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा सुचारु

नेपाल टेलिकमले मिस्ड कल एलर्ट Missed Call Alert - MCA सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दि…