समाचार
ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी
सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।
राजधानीमा अधिकांश ट्याक्सीले अझै पनि आफूखुसी भाडा असुल्ने प्रचलन बढेको कारण सरकारले ट्याक्सीहरुलाई कडाइ गर्ने नीति लिएको हो ।
सरकारले यसअघि नै ट्याक्सीमा बिलिङ मेसिन जडान गर्ने र यात्रुहरुलाई बिल दिनु पर्ने व्यवस्था अनिवार्य गरेको थियो तर अधिकांश ट्याक्सीहरुले ट्याक्सीमा बिलिङ मेसिन जडान गरेका छैनन् , ।
यात्रुहरुलाई सरल तथा तोकिएको भाडामा यात्रा गर्ने वातावरण तयार गर्नका लागि ट्याक्सी सेवामा सुधारको योजना तयार गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
साथमा ट्याक्सी व्यवसायीलाई अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने समेत विभागले बताएको छ ।
'ट्याक्सी' फरक फरक रंगमा लेखिएका कारण यात्रुहरु झुक्कीने समस्या भएका कारण एकरुपता ल्याउनका लागि पहेंलो रंगमा 'ट्याक्सी' लेख्न अनिवार्य गरिनेछ र चालकहरुलाई पोशाक समेत तोकिने छ ।
धेरै ट्याक्सीले मिटरमा जान मान्दैनन् यसकारण मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने र साथै अनलाइन बुकिङ सिस्टम लागू गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।
अहिले सारथी , इडी क्याब , अनभर लगायत केही निजी कम्पनीले अनलाइन बुकिङको सेवा दिइरहेका छन् । तर , थोरै मात्र ट्याक्सी भएकाले भनेको बेला पाउन मुस्किल छ ।
समाचार
नेपाली बजारमा ओपो एफ सेभेन, २५ मेगा पिक्सलको क्यामेरा
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा रहेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृ…
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा, ग्रुप अन्तर्गत दर्जन बढी कम्पनि संचालनमा
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कल…
सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा
नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…
क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…
मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…