कीवर्डहरू -

स्टार्टअप

नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?

विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही सूचीमा रहेको एउटा अर्को नाम पनि छ, जसको बजार मूल्य ५०० अर्ब अमेरिकी डलर भन्दा बढी छ । तर धेरैलाई यसको नाम थाहा नै छैन् ।

चीनको प्रविधि क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको यस कम्पनीले त्यही वर्चश्व विश्वभर फैलाउन खोज्दै छ । गेमिङमा त झन गेमिङमा विश्वकै ठूलो कम्पनी हो । जसले लगानी गरेका कम्पनीका प्रडक्टहरू तपाई हामीले प्राय सधैं प्रयोग गर्छौं । यो कथा हो, चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टको । सन् १९९८ मा सेन्जियानका मा हुआटेङ अर्थात पोनी माले आफ्ना चारजना साथीहरूसँग मिलेर टेन्सेन्ट सुरू गरेका थिए । 

पोनीमा पढाइमा पनि राम्रो थिए । खगोल विज्ञानमा उनको गहिरो रूची थियो । चिनियाँ विश्वविद्यालय प्रवेश परीक्षामा राम्रो अंक ल्याएका थिए । जसले गर्दा उनी चीनका कुनै पनि विश्वविद्यालयमा भर्ना हुन सक्थे । तर, सन् 1989 को राजनीतिक संकटका कारण उनले परिवारसँगै रहने निर्णय गरे र शेन्जेन विश्वविद्यालयमा भर्ना भए । दुर्भाग्यवश, उक्त विश्वविद्यालयमा उनको मन पर्ने विषय खगोल विज्ञान पढ्न पाइँदैनथ्यो । त्यसैले उनले विकल्पस्वरूप कम्प्युटर इन्जिनियरिङ रोजे ।

तर पोनीलाई त्यो बेला थाहा थिएन — यही निर्णयले एकदिन प्रविधिको दुनियाँमा नयाँ साम्राज्य खडा हुन्छ । शान्त र शालिन स्वभावका माले आज प्रविधि क्षेत्रमा एउटा एम्पायर खडा गरेका छन् । सुरूको बेला खासै कसैले ध्यान नदिएको टेन्सटेन्ट अहिले होल्डिङ कम्पनीको रूपमा स्थापित भएको छ । 

टेन्सेन्टको सुरूवात सन् १९९८ मा इन्स्ट्यान्ट म्यासेजिङ एप ओआईसीक्यु बाट भएको थियो । इजरायलमा विकास भएको आईसीक्यु इन्स्ट्यान्ट म्यासेजिङ एपबाट प्रेरित भएर माले चीनमा ओआईसीक्यु सुरू गरेका थिए । 

ओआईसीक्यु ले पहिलो वर्षमै एक मिलियन प्रयोगकर्ता पाउन भए पनि, सन् २००१ सम्म नाफा कमाउन सकेको थिएन । सर्भर कस्ट बढ्दै थियो, आम्दानीको स्रोत थिएन । क्यु क्युलाई चलाउनकै लागि टेन्सेन्टको सबै पैसा सक्किन लाग्यो । प्रयोगकर्ता बढ्दै जाँदा कम्पनी झन् आर्थिक संकटमा पर्न थाल्यो । 

सन् १९९९ को अन्त्यतिर बौद्दिक सम्पत्ति चोरी गरेको मुद्दा परेपछि पछि ओआईसीक्यु नाम परिवर्तन गरेर क्युक्यु बनाइयो । क्युक्यु चीनमा विस्तारै लोकप्रिय हुँदै थियो । जति लोकप्रिय बढ्दो थियो, उति आर्थिक संकट पनि बढ्दो थियो । अब पोनीसँग दुई विकल्प थिए — पूँजी जुटाउने वा कम्पनी बेच्ने । 

अचम्मको कुरा त के छ भने, उनीहरूले सुरुमा कम्पनी बेच्ने प्रयास गरेका थिए तर कसैले पनि यो कम्पनीबाट नाफा कमाउने विकल्प नदेखेपछि यो योजना विफल भयो । अब उनीहरू लगानी खोज्न थाले । आईडीजी भन्ने चीनको चर्चित भेञ्चर क्यापिटल फर्मसँग छलफल गरे । 

त्यसैबेला अर्का लगानीकर्ता एसियाका धनी व्यक्तिहरूमध्ये एक यिङकले पनि टेन्सेन्टमा चासो देखाए । दुबैसँगको छलफलपछि आईडीजी र यिङके दुबै मिलेर $2.2 मिलियन डलर लगानी गरे र दुवैले टेन्सेन्टको २०-२० प्रतिशत स्वामित्व पाए । यदि यो लगानी समयमै नभएको भए टेन्सेन्ट अर्को महिनासम्म पनि टिक्न नसक्ने अवस्था थियो ।

त्यो लगानी टेन्सेन्टका लागि जीवनदान बन्यो र टेन्सेन्ट फेरि बाँच्यो । उक्त लगानीलाई क्युक्युमा खर्च गरे । सर्भरहरू थपे, प्रणालीहरू अप्रटिमाइज गरे, र जसरी सकिन्छ, प्रयोगकर्ता अनुभवलाई सुधार गर्नमा लगानीको रकम उयोग गरेका थिए । केही समयमै क्युक्यु का प्रयोगकर्ता संख्या १० करोड पुग्यो । यद्यपि टेन्सेन्ट अझै पनि कम्पनी बेच्ने प्रयास गर्दै थियो — तर याहु, सोहु जस्ता ठूला कम्पनीहरूले प्रस्ताव अस्वीकार गरे । किनभने त्यो बेलासम्म क्युक्यु बाट कमाइ गर्नु असम्भव जस्तै देखिन्थ्यो ।

तर पोनीमा रोकिएनन् । उनले लगातार समाधान खोजिरहे, र क्युक्यु को लोकप्रियताले उनलाई वाङ दावेईसम्म पुर्‍यायो । वाङ, जो एमआईएचका चीन प्रतिनिधि थिए । विभिन्न ठाउँका इन्टरनेट क्याफेहरूमा भ्रमण गर्ने उनको बानी थियो । 

उनले हेर्दा सबैजना क्युक्यु चलाइरहेका थिए र उनले थाहा पाए — क्युक्यु साँच्चै चिनियाँ जनताको बीचमा लोकप्रिय भइसकेको छ । त्यसपछि टेन्सेन्टको टिमसँग वाङले भेटघाट गर्दै लगानी र सहकार्यको कुराकानी अगाडि बढाए । त्यसपछि यिङकेले आफ्नो २० प्रतिशत स्वामित्व बिक्री गर्‍यो भने भने आईडीजी ले १२.८ प्रतिशत बेच्यो । त्यो सबै शेयर एमआईएचले किन्यो । 

सन् २००२ मा टेन्सेन्टले क्युक्युबाट कमाइ गर्ने उपाय पत्ता लगायो । त्यो थियो क्युक्यु शो, यसले प्रयोगकर्ताहरूलाई आफ्नो अवतार बनाउन, विभिन्न लुगा, अनुहारका भाव, कपालको स्टाइल आदि चयन गर्न दिने सुविधा दिने गर्थ्यो ।

प्रयोगकर्ताहरूले यी सुविधा प्रयोग गर्न ‘क्यु कोइन्स’ किन्न पर्ने हुन्थ्यो — जुन टेन्सेन्टको पहिलो डिजिटल मुद्रा प्रणाली समेत हो। सन् २००२ को अन्त्यसम्ममा ५० लाख प्रयोगकर्ता हरेक महिना क्युक्यु शो खेल्थे र पैसा खर्च गर्थे ।

यही मोडबाट टेन्सेन्टको खेल नै परिवर्तन भयो । तर टेन्सेन्ट यतिमै रोकिनेवाला थिएन । वर्षौँको अथक प्रयास र मिहिनेतको अपार सफलतापछि कम्पनीले सन् २०१० मा अर्को मेसेजिङ टूल वि च्याट सार्वजनिक गर्‍यो । चीनमा यो एप छोटो समयमै लोकप्रिय भयो ।

र सन् २०१२ भित्रै यसले १० करोड प्रयोगकर्ता पार गर्न सफल भएको थियो, जुन सामाजिक सञ्जालको इतिहासमा सबैभन्दा छिटो वृद्धि थियो। विच्याट सुपर एप हो, जसमा डक्टर अपोइन्टमेन्ट, गेम्स, डेटिङ, डिजिटल भुक्तानी, शपिङ लगायत सबै सुविधा छन् । चिनियाँहरूको मोबाइलमा नभइ नहुने एप समेत विच्याट हो । आज यो एप चिनियाँको जीवनशैली बनेको छ ।

अनेकन संघर्ष र उतार चढाव पार गर्दै टेन्सेन्ट विश्वकै सबैभन्दा प्रभावशाली कम्पनीहरूमध्ये एक बन्न सफल भएको छ । सन् २०१७ मा टेन्सेन्टले फेसबुकलाई पछि पार्दै बजार पुजीकरणको आधारमा शीर्ष ग्लोबल ५ कम्पनीमा पर्न सफल भएको थियो ।

टेन्सेन्ट विश्वको ठूलो मध्येको एक गेमिङ कम्पनी समेत हो । लिग अफ लेजेन्ड्स बनाउने रियोट गेम्सको पूर्ण स्वामित्व टेन्सेन्टसँग छ । एपिक गेम्सको ४० प्रतिशत स्वामित्वको पनि कम्पनीसँग छ । युबिसफ्ट इन्टरटेनमेन्ट, एक्टिभिजम बिलिजार्ड र फोर्टनाइटमा पनि टेन्सेन्टको लगानी छ । 

यस बाहेक टेन्सेन्टले रेडिट, टेस्ला, स्न्यापच्याट, डिसकोर्ड, स्पोटिफाई, युनिभर्सल म्युनिक जस्ता कम्पनीहरूमा लगानी गरेको छ । आफ्नै सहायक कम्पनीहरू र बाह्य लगानीमार्फत टेनसेन्टले मनोरञ्जन, वित्तीय प्रविधि, सञ्चार, र अनलाइन विज्ञापनजस्ता विभिन्न उद्योगहरूमा लगानी विस्तार गरिरहेको छ ।

टेनसेन्टलाई साहित्यक चोरीको आरोप समेत लाग्दै आएको छ, धेरै प्रडक्ट तथा सेवाहरू आफ्ना प्रतिस्पर्धीहरूसँग मिल्दोजुल्दो छन् । चोरीको एउटा घटना कम्पनीलाई सुरूवातमै लागेको थियो । पछि नाम नै परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो । 

टेन्सेन्टका सबैभन्दा कट्टर आलोचकहरूमध्ये एक अलिबाबाका सह-संस्थापक ज्याक माले कुनै बेला टेन्सेन्टको इन्नोभेसनको अभाव रहेको र सबै उत्पादनहरू कपी भएको भन्ने अभिव्यक्तिसमेत दिएका थिए । त्यसमा टेन्सेन्टमाथि विच्याटको डेटा चिनियाँ सरकारलाई बेचेको अर्को गम्भीर आरोप लाग्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विरोधमा विच्याटमा कुराकानी, कमेन्ट वा कुनै पनि सामग्रीहरू शेयर गर्न समेत रोक लगाएको बताइएको छ ।

जे होस, पोनी मा र उनका साथीहरूको परिश्रम, निरन्तरता र आफ्नो सपना माथि विश्वासले गर्दा आज टेन्सेन्ट ग्लोबल कम्पनी बन्न सफल भएको छ ।
 

स्टार्टअप

स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?

स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्यो…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …

असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’

अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भि…

प्रविधि क्षेत्रको लैंगिक असमानता हटाउन रेश्मा सौजानीले सुरू गरेको ‘गर्ल्स हु कोड’

प्रविधि क्षेत्रमा लैंगिक विभाजन धेरैहदसम्म कम हुँदै गएको छ । तर अझै पनि पुरूषको तुलनामा महिला सहभागिताको अनुपात निकै कम नै …

ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म

आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारम…

आधुनिक सिलाई मेसिनका आविष्कारक सिङ्गर, जसले नवप्रवर्तनमार्फत लाखौंको जीवनमा परिवर्तन ल्याए

आइज्याक मेरिट सिङ्गरको एउटा आविष्कारले आज धेरैको जीवनलाई रूपान्तरण गरिदिएको छ । धेरैलाई आत्मनिर्भर बनाएको छ । धेरैको जीविकोपार्जन माध्यम बनेको छ । त्यो आवि…

वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा

सोशल मिडिया एप्लिकेसन इन्स्टाग्राम विश्वको लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो । विशेष गरी युवापुस्ताको रोजाइमा इन्स्टाग्…

३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना प्रकाशित…

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको …

स्टार्टअप नीति कार्यान्वयनमा सरोकारवालाहरुको जोड

गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०८० कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा…

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने

सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक व…

स्टार्टअपले १० वर्षसम्म आयकरमा छुट पाउने, यस्तो छ स्टार्टअप नीति

सरकारले स्टार्टअपलाई १० वर्षसम्म आयकरमा छुट दिने भएको छ । सरकारले हालै पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा स्टार्टअ…