स्टार्टअप
आगामी डिसेम्बरमा नेपाल स्टार्टअप फेस्ट २०२३ हुँदै, लगानीका लागि ११ कम्पनीसँग साझेदारी
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी समेत गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।
सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको को अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो ।
बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोंचका बारेमा प्रस्तुतीकरण समेत गरेका छन् । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपहरुलाई हौसला प्रदान गरेका थिए ।
नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताए । स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्नुहुँदै नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरुका चुनौतीको सामना गर्न पूर्ण रुपमा सघाउन तयार रहेको उनको भनाइ छ ।
मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको जानकारी दिए । स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आफूहरुले जनाएको प्रतिबद्धता अनुरुप फेस्ट आयोजना गर्न लागेको उनले बताए । स्टार्टअप फेस्टमा आवदेनका लागि यहाँ क्लिक गर्नुहोस् ।
स्टार्टअप
बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका कलेज, यस्ता छन् सुविधा
सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्स काठमाडौंको डिल्ली बजारमा रह…
नेपालमै अन्तर्राष्ट्रिय आईटी डिग्री दिने कलेज प्रेसिडेन्सियल बिजनेश स्कूल
प्रेसिडेन्सियल बिजनेश स्कूल (पीबीएस) नेपालमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब १…
सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि भिरिञ्ची कलेजको बीआईसिटी कोर्ष, कति छ शुल्क ?
एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक …
पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ
हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको …
विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज
विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कल…
पूर्वाञ्चल विश्वविद्यालयका आईटी कोर्ष पढाउने हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज
विगत २२ वर्षदेखि लामो इतिहासमा बोकेको ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौंको मुट…
बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ?
सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निक…
स्वदेश तथा विदेशमा साइबर सुरक्षा दिइरहेको मोनाल टेक
सन् २०२० मा कोरोना महामामारीका कारण नेपालमा लकडाउन सुरू भयो । लकडाउनले अत्यावश्य…
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना…
सजिलै व्यवसायको हिसाब-किताब राख्न सकिने ‘टिग एप’
केही वर्ष अघिसम्म व्यवसायको हिसाब किताब ढड्डामा राख्नु पर्थ्यो । कसैको हिसाब खोज्न ढड्डा पल्टाएर हेर्दा कुनै बेला त भेटाउनै मुस्किल…
अनि १५ वर्षीय दिक्षान्तले बनाए एआई ‘गफजीपीटी’
काठमाडौंका दिक्षान्त पाण्डे एसईई दिएर बसिरहेका थिए । एसईईको परीक्षा दिएपछि नतिजा …
बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी
पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा…
बजेटमा स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन, कार्यान्वयनमा शंका
सरकारले स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष २०८०/८१ को …
स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजन
सरकारले देशमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गर्ने भए…
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्बको छुट्टै कोष
सरकारले कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा…