स्टार्टअप
सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित
सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा सात प्रदेशका सात स्टार्टअपलाई आईएफएन प्रोभिन्स स्टार्टअप आइसिटी आइसिटी रिकग्निसनबाट सम्मान गरिएको हो ।
सातै प्रदेशका स्टार्टअपलाई सम्मान र प्रोत्सान गर्ने उद्देश्यले प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ । यस विधामा गत पाँचवर्षको अवधिमा सञ्चालन भएका स्टार्टअप सहभागी हुन पाउने व्यवस्था थियो ।
यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बि मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।
स्थानीय इकोसिस्टम बलियो बनाउने उद्देश्यले आइसिटी अवार्डले केही समय सातै प्रदेशमा सम्बन्धित प्रदेशका स्टार्टहरूसँग मिटअप तथा अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।
त्यसपछि सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई काठमाडौं किंग्स कलेजसँगको सहकार्य बुटक्याम्प तथा मेन्टरिङ सेसन सञ्चालन गरिएको थियो । उनीहरूलाई नेपालका उत्कृष्ट आईटी कम्पनीको भ्रमण समेत गराइएको थियो ।
यस बाहेक काठमाडौंमा २ दिनसम्म सञ्चालन भएको स्टार्टअप एण्ड आईडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपले आफ्ना प्रडक्ट तथा सेवा प्रदर्शनीमा राखेका थिए ।
यस्ता छन् अवार्ड पाउने सात प्रदेशका सात स्टार्टअप
ट्रयाकअन नेपाल
कोशी प्रदेशको स्टार्टअप ट्रयाक अन नेपाल, जीपीएस ट्रयाकिङ तथा फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्दै आएको आईटी कम्पनी हो ।
एड्स बी मिडिया प्रालि
एड्ड बी मिडिया मधेश प्रदेशको वीरगंजमा रहेको डिजिटल मार्केटिङ एजेन्सी हो । कम्पनीले डिजिटल मार्केटिङका साथै वेब डिजाइन र डेभलपमेन्टको सेवा समेत दिदै आएको छ ।
हर्टसन टेक्नोलोजी
बागमती प्रदेशको भरतपुरमा रहेको आईटी कम्पनी हो, हर्टसन टेक्नोलोजी । हस्पिटल, फार्मेसी, स्कुल, रेष्टुरेन्ट, वाटर व्यवस्थापनका लागि आफ्नै प्रडक्ट विकास गरेको हर्टसनले विभिन्न आईटी सेवा समेत प्रदान गर्दै आएको छ ।
रेष्ट्रो एक्स
गण्डकी प्रदेशको रेष्ट्रो एक्स, रेष्टुरेन्ट सञ्चालनमा सघाउने सफ्टवेयर हो । यसले एउटै सिस्टममा अडर, बिलिङ, इन्भेन्ट्री, स्टाफ, अकाउन्ट लगायत व्यवस्थापन सुविधा उपलब्ध गराउँदै आएको छ ।
टुना टेक्नोलोजी
टुना टेक्नोलोजी लुम्बिनी प्रदेशमा रहेर काम गर्दै आएको सूचना प्रविधि स्टार्टअप हो । कम्पनीले सफ्टवेयर डेभलपमेन्ट, इन्टरप्राइज सोलुसन र डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको छ ।
कर्णाली एरोमा प्रालि
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर काम गरिरहेको स्टार्टअप हो, बायो कर्णाली एरोमा । एरोम्याटिक र मेडिसिनल प्लान्टहरूमा वैज्ञानिकसँगै उन्नत प्रविधिको प्रयोग गरी कम्पनीले विकास गरेका गुणस्तरीय प्रडक्ट विदेशमा समेत निर्यात भइरहेका छन् ।
नीम इन्फोसिस
सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको आईटी स्टार्टअप हो, नीम इन्फोसिस । यसले विभिन्न किसिमका आईटीका सेवाहरू प्रदान गर्नुका साथै डिजिटल मार्केटिङ सेवा समेत दिदै आएको छ ।
स्टार्टअप
पुस ७ गते सिएनआइवाइइएफ स्टार्टअप फेस्ट हुँदै, लगानीको समेत अवसर
नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ ।
…
विद्यार्थीले बनाए नेपालको आफ्नै प्राइभेट ब्लकचेन नेटवर्क
सगरमाथा कलेजमा पढ्ने ४ जना विद्यार्थीको समूहले तयार पारेको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स । ललितपुरको सानेप…
मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य
कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टा…
विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि
नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु ।…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
सस्तो शुल्कमा वेबसाइट होस्टिङ सुविधा दिने ‘इपिसेन्टर होस्टिङ’
पछिल्लो समय नेपालमा पनि स्टार्टअप कल्चर बढ्दै गएको छ । कुनै पनि स्टार्टअप वा व्यवसायका लागि वेबसाइट महत्त्वपूर्ण हुन्छ । वेबसाइटका …
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’
नेपालको सार्वजनिक यातायात सेवा व्यवस्थित छैन् । देशको राजधानी काठमाडौंको हालत पनि उस्तै छ । कतै जान पर्यो जाम त खानै पर्छ…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…
लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’
पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप ख…
गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम
हामीले दूध दिनहुँ उपभोग गर्छौ । चियाँ खान होस् वा दूध पिउन नै किन नहोस् दूधको प्रयोग हरेक घरमा हुन्छ । तर, हामी बजारमा जस्तो …
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि …
फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाँउने उपयुक्त प्लेटफर्म 'ड्रेसन'
पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ प्रविधि प्रयोग गरेर नयाँ कुरा बनाइ राखेका हुन्छन् । खासगरी कलेज पढ्ने विद्यार्थीले । यहीँ नय…
रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु
नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्याउने स्टार्टअप …
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको…