कीवर्डहरू -

स्टार्टअप

नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'

शुद्ध नेपाली अहिले निकै महत्वपूर्ण मानिन्छ । नेपाली लेख्न भनेजस्तो सजिलो पनि छैन । जतिनै शुद्ध लेखेपनि कही न कही त बिग्रेकै हुन्छ । 

यसो एकै छिन नियमहरू पढेको भरमा नेपाली भाषा शुद्ध लेख्न सकिन्छ भन्ने हुँदैन । निरन्तर प्रयासले मात्र शुद्ध लेखन सम्भव हुन्छ । तर, प्रयास गर्दा आफूलाई कुन शुद्ध हो र कुन अशुद्ध हो भन्ने ज्ञान चाहिँ हुनुपर्छ । कहाँबाट थाहाँ पाइन्छ त यस्तो ? अब यसको समाधानका लागि बजारमा आइसकेको छ प्रस्ट नेपाली । 

प्रस्ट नेपाली यस्तो प्लेटफर्म हो जसले अशुद्ध शब्दलाई शुद्ध र व्याकरण नमिलेको शब्दलाई व्याकरण मिलाइदिने काम गर्छ । 

प्रस्ट नेपालीका फाउण्डर तथा सिइओ संगम थापाका अनुसार प्रस्ट नेपाली भनेको एउटा यस्तो प्ल्याटफर्म हो जसले नेपालीमा लेखिएको शब्दमा ह्रश्व दिर्घमा गल्ती छ कि छैन ? हिज्जेमा गल्ती छ कि छैन ? त्यो सबै जाँच गर्नका लागि प्रस्ट नेपाली सुरु भएको हो ।

उनी भन्छन्र्, हामीले प्रस्ट नेपाली ल्याएका हौं । त्यसमा कुनै पनि प्रयोगकर्ताले इन्पुर्ट दिनुभयो भने हामी त्यसलाई शब्द शब्दमा टुक्राउँछौं । त्यसपछि हरेक शब्द हाम्रो शब्दकोषमा छकि छैन भनेर चेक गर्छा । यदि छैन भने त्यसको नजिकको शब्द के हुन सक्छ भनेर ८ देखि १० वटा सम्मका नजिकका शब्दलाई सुझावको रुपमा दिने गर्दछौ भने हामी व्याकरणमा रहेको त्रृटि छ कि छैन चेक गर्ने र त्रुटि भेटिएमा त्यसलाई हटाएर नयाँ टेक्स्ट जेनेरेट गर्दछौं ।’

त्यसैगरी प्रस्ट नेपालीले गर्ने अर्को काम भनेको एआई प्रयोग गरेर २० वटा सम्म शब्दको एउटा वाक्य निर्माण समेत गर्दछ । यदि विचमा खाली ठाउँ छाडेको छ भने पनि अटो कम्प्लिट गरिदिने काम गर्दछ । नेपाली टाइप गर्न गाह्रो हुने पौडेल बताउँछन् ।

उनी भन्छन्र्,  यो सुरु गर्नुको उद्देश्य भनेको जसलाई नेपाली टाइप गर्न गाह्रो हुन्छ उनीहरुलाई सहयोग गर्नु हो । खासगरी भाषामा गाह्रो छ भने उनीहरुका लागि प्रस्ट नेपाली सुरु गरिएको हो । यो सबैका लागि उपयोगी हुन्छ । लेखेका शब्दमा केही मिस्टेक छ भने त्यो सच्याउनका लागि कुनै एउटा एप चाहिन्छ भन्ने उदेश्यले यो सुरु भएको हो । यसले व्याकरण त्रुटि सच्याउने अटाउने र मेटाउने काम गर्दछ ।’

प्रस्ट नेपालीले नेपाली भाषाको आयाममा नयाँ काचुली फेर्छ भन्ने विश्वास पनि राखेको छु । प्रष्ट नेपाली  नेपाली व्याकरणको शुद्धता पहिचान गर्ने, नेपाली व्याकरणको अशुद्धता पहिचान गर्ने, भाषा सच्याउने एवम् प्रवर्दन गर्ने पहिलो सप्टवेयर हो ।

यसले अशुद्ध शब्दलाई शुद्ध बनाउन सक्ने नेपाली भाषाको प्रवर्दन गर्ने त्यसैगरी, यसले हिज्जे गल्ती सच्याउँने, एआइको माध्यबाट व्याकरण परिक्षण गर्ने, वाक्य गल्ती भए पुनर्लेखन समेत गर्ने पौडेलको भनाई छ । 

प्रस्ट नेपालीले नेपाली भाषाको आयाममा नयाँ काचुली फेर्न विश्वास समेत उनले राखेका छन् । 

प्रस्ट नेपाली आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट ५ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई राइजिंग स्टार इनोभेसन आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले प्रस्ट नेपालीलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ । 

 

 

स्टार्टअप

दियो एआई च्याटबट : एआई इनोभेसन मार्फत नेपाली सञ्चार शैलीमा परिवर्तन ल्याउँदै

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग…

साना व्यवसायीका लागि उपयोगी एप खातापाना, व्यवसाय दर्तादेखि सञ्चालनसम्म सघाउने

कैलाश पाण्डे । पेशाले चार्टर्ड अकाउन्टेन्ट (सीए) र कर्पोरेट वकिल हुन् । विगत १० वर्षदेखि व्यवसायहरूलाई कानूनी, आर्थिक र करसँग सम्ब…

सफ्टवेयर कम्पनीका लागि दक्ष जनशक्ति नपाएपछि सुरू भएको आईटी तालिम दिने संस्था माइन्ड राइजर्स

५ वर्ष अगाडि काठमाडौंका प्रशन्न चुँडालले सफ्टवेयर कम्पनी सुरू गरे । सफ्टवेयर कम्पनी सुरू त गरे, उनले सूचना प्रविधि (आईटी) मा का…

पुराना फोन किनबेच गर्न मिल्ने प्लेटफर्म ‘नयाँ पुरानो’, फोन बेच्दा तपाईको नाममा रूख रोपिदिने

बजारमा हरेक महिना नयाँ नयाँ सुविधासहित नयाँ नयाँ मोबाइल फोन सार्वजनिक भइरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामीलाई पनि नयाँ फोन…

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र…

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १४ प्रडक्ट

आइसिटी अवार्ड २०२३ मा उत्कृष्ट १४ प्रडक्ट छनोट भइसकेका छन् ।

आइसिटी अवार्डको प्रडक्ट विधामा…

आगामी डिसेम्बरमा नेपाल स्टार्टअप फेस्ट २०२३ हुँदै, लगानीका लागि ११ कम्पनीसँग साझेदारी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन्…

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अ…

भोलिदेखि काठमाडौंमा दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

शुक्रबार र शनिबार काठमाण्डौको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम…

कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि उपयोगी डिजिटल लर्निङ प्लेटफर्म ‘मेरो शिक्षा’

पछिल्लो समय विद्यार्थीहरु किताब पढ्नभन्दा पनि भिडियो हेरेर बुझ्न रुचाउँछन् । या भनौं…

बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका कलेज, यस्ता छन् सुविधा

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्स काठमाडौंको डिल्ली बजारमा रह…

नेपालमै अन्तर्राष्ट्रिय आईटी डिग्री दिने कलेज प्रेसिडेन्सियल बिजनेश स्कूल 

प्रेसिडेन्सियल बिजनेश स्कूल (पीबीएस) नेपालमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब १…

सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि भिरिञ्ची कलेजको बीआईसिटी कोर्ष, कति छ शुल्क ?

एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक …

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको …

विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज

विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कल…