स्टार्टअप
महामारीमा निराजनले भोगेको त्यो समस्या, जसले जन्मायो नेपालकै पहिलो वर्कस्पेश प्लेटफर्म
नेपालमा कोरोना महामारी संक्रमण तीव्र फैलिन थालेपछि सरकारले देशभर लकडाउनको घोषणा गर्यो । लकडाउनमा अत्यावश्यक बाहेकका कार्यालय बन्द भए । यो समयमा प्रविधि सारथी बन्न पुग्यो ।
लकडाउनमा प्रविधिबाट सकेसम्म कार्यालयको काम हुन थाल्यो । वर्क फ्रम होमको नयाँ सस्कृति विकास भयो ।
हुनत विश्व बजारमा धेरै पहिलेदेखि नै वर्कफ्रम होमको संस्कृति सुरू भए पनि नेपालमा भने कोरोना महामारीपछि सुरू भएको थियो । काठमाडौंका निराजन केसी पनि लकडाउनमा घरमै बसेर काम गरिरहेका थिए ।
घरबाटै काम गर्दा सञ्चार, फाइल शेयरिङ लगायतमा समस्या आउन थाल्यो । त्यसपछि यो समस्यामा निराजन घोत्लिन थाले । समस्याको समाधान गर्नतर्फ अग्रसर भए, अनि जन्मियो सन् २०२० मा ‘लेन्समी अप’ ।
लेन्समी अप नेपालको पहिलो भर्चुअल वर्कस्पेश प्लेटफर्म हो । कोरोना महामारीको समयमा घरबाट काम गर्दा एकअर्कासँग सञ्चार गर्न समस्या भएपछि लेन्समी अपको आईडिया आएको लेन्समी अपका संस्थापक तथा सीईओ निराजन केसीले बताए ।
आईटी पढिरहेका निराजन लेन्समी अप सुरू गर्नुभन्दा आफ्नो एउटा टिम बनाएर फ्रिल्यान्सिङ काम गरिरहेका थिए । फ्रिल्यान्सिङ गरिरहेकै बेला उनीहरूलाई आफ्नै प्रडक्ट बजारमा ल्याउने योजना बनाए । त्यसैअनुसार ई-कमर्स ब्राण्ड ‘मगाउ’ सुरू गरे । तर मगाउ सोचे अनुसार सफल भएन र बिचैमा बन्द गर्नु पर्यो ।
मगाउ बन्द हुनुमा राम्रोसँग ‘कम्युनिकेसन’ नहुन पनि एउटा कारण भएको उनको भनाइ छ । मगाउ बन्द भएपछि फेरि उनीहरू फ्रिल्यान्सिङको रूपमा काम गर्न थाले ।
काम गरेर केही महिनालाई पुग्ने आर्थिक जोहो गरे र पुनः आफ्नै प्रडक्ट सुरू गर्ने योजना बनाए । लेन्समी अप, डेभलपमेन्ट र रिसर्चको कामसँगै अगाडि बढाए ।
लेन्समी अप क्लायन्ट र टिम बिचको मिडियटरको रूपमा सुरू गरिएको केसी बताउँछन् । ‘विशेष गरी मिडियटरको रूपमा लेन्समी अप बनाएका थियौं । क्लायन्ट र टिमलाई चिनाएपछि आफुलाई बाइपास नै गर्न सक्ने मिडियटरलाई चिन्ता हुन्थ्यो,’ उनले भने, ‘त्यसकारण क्लायन्ट र टिमलाई एउटै वर्कस्पेशमा ल्याउने र उनीहरूबीचको सञ्चारलाई राम्रो बनाउन योजनासहित लेन्समी अप सुरू भएको हो ।’
त्यो बेला लेन्समी अपबाट च्याट, कम्प्युनिकेस, फाइल शेयरिङ जस्ता सुविधा थियो । मिडियटरले मात्र आफ्नो क्लायन्ट र टिम देख्न पाउथ्यो । यो सुविधा एक दुई जना मिडियटरले प्रयोग गरेका थिए भने उनीहरूबाट राम्रो प्रतिक्रिया समेत प्राप्त भएको थियो ।
एक दिन निराजनले आफ्नो प्रडक्ट प्रज्ञान सुवेदीलाई देखाए । प्रज्ञानबाट उनले राम्रो प्रतिक्रिया पाए । तर उनले एउटा सुझाव दिए, ‘प्रडक्ट धेरै राम्रो छ । तिमीले किन मिडियटरलाई मात्रै केन्द्रित गरेका छौं । मिडियटरको बजारमा पनि सानो छ । त्यसकारण यसलाई अझै खुला बनाउ ।’
निराजन पनि प्रज्ञानको सुझावमा घोत्लिए । अनि यसअघि मिडियटरका लागि बनेको लेन्समी अपलाई प्रविधि कम्पनीका लागि पनि खुला गर्ने योजना बनाए र त्यसैअनुसार सफ्टवेयरमा नयाँ अपडेट ल्याए ।
त्यसपछि सुझाव र प्रतिक्रियाका लागि आफ्ना अग्रहरूलाई प्रडक्ट देखाए । त्यहाँबाट पनि सुझाव आयो, ‘यसलाई टेक कम्पनीमा मात्रै केन्द्रित नगरी सबै क्षेत्रले प्रयोग गर्न मिल्ने गरी नयाँ अपडेट ल्याउ । अन्य क्षेत्रलाई पनि यस्तो प्रडक्टको आवश्यकता छ ।’
उक्त सुझावलाई पनि निराजनलाई राम्रो लाग्यो र आत्मसात गरे । अनततः अग्रजहरूको सल्लाह र सुझावसहित सबै क्षेत्रले प्रयोग गर्न सक्ने भर्चुअल वर्कस्पेशको रूपमा लेन्समी अप तयार भएको उनी बताउँछन् ।
यसमा च्याट ड्राइभ, प्रोजेक्ट म्यानेजमेन्ट टूल, डिभाइस ट्रयाकिङ्ग, सेटिङ्ग, ट्रयाकिङ, भिडियो कन्फेरेन्सिङ्ग, रियल टाइम च्याट, स्मार्ट अलर्ट, एक्सेस कन्ट्रोल जस्ता विभिन्न फिचरहरू छन् । वर्कस्पेशमा आइसोलेसन नामक टगलको सुविधा समेत छ ।
यो टगल अन गरेर सदस्यहरुलाई गोप्य राख्न सकिन्छ भने यदी अफ गरेमा भर्चुअल वर्कस्पेसको रूपमा प्रयोग गर्न सकिन्छ । यसमा आवश्यकता अनुसार धेरै वर्कस्पेश पनि सिर्जना गर्न सकिन्छ । यसमा कुराकानीमा कुन शब्द प्रयोग गर्न दिने वा नदिने भनेर पहिले नै रिष्ट्रिक्सन गर्न सकिन्छ ।
लेन्समी अफ हाल ३-४ वटा कम्पनीले प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताको चाहना अनुसार युआई/युएक्स डिजाइन गरिरहेको केसीले बताए ।
‘सबै क्षेत्रका कम्पनीलाई चलाउन सजिलो हुने गरी रिडिजाइन गरिरहेका छौं,’ उनी भन्छन्, ‘चैत अन्तिमसम्ममा युआईरयुएक्स परिमार्जन हुन्छ । अनि वैशाखदेखि लाइभ हुन्छ ।’
लेन्समी अप प्रयोगका लागि कम्पनीले बैंक, फिनटेक कम्पनी, टेक र स्टार्टअपहरूसँग कुराकानी गरिरहेको छ । संस्थाहरूलाई केही समय ट्रायलको रूपमा निःशुल्क प्रयोग गर्न दिने गरी काम अगाडि बढेको छ । लेन्समी अपमा वर्कस्पेशको ओनरलाई निगरानीको लागि बढी सुविधा दिइएको छ ।
आवश्यकता अनुसार प्लेटफर्मलाई इन्नोभेटिभ बनाउने र नयाँ फिचरहरू थप्ने काम भइरहेको केसीले बताए । अहिले उनीहरूले बिल्ड योर ओन सिस्टम बनाइरहेका छन् ।
यसमा कम्पोनेन्ट लेन्समी अपले उपलब्ध गराउने छ भने ग्राहकले आवश्यकता अनुसार टेम्पलेट डिजाइन गर्न सक्ने छन् । विदेशमा समेत सेवा विस्तार गर्ने योजना रहेको छ ।
लेन्समी अप निःशुल्क र प्रिमियम दुबैमा उपलब्ध हुनेछ । निःशुल्क प्रयोग गर्नेले फिचरमा केही सिमितता पाउनेछन् । वेबसाइटमा मात्रै उपलब्ध रहेको लेन्समी अपलाई छिट्टै मोबाइल एपमा ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
स्टार्टअप
स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने
स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने भ…
स्टार्टअपको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद् गठन हुने
सरकारले स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद बनाउने …
के हो स्टार्टअप व्यवसाय ? यस्तो छ सरकारको परिभाषा
सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टा…
नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’
अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि एआईटीसी इन्टरन…
विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने
तपाई हामी प्राय सबैलाई लाग्छ, आफ्नो विवरण पनि गूगलको पहिलो पेजमै भेटियोस् । रौतहट…
कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा
अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी लिन शोरूमसम्मै प…
यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट …
१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो स्टार्टअप एण्ड आईडिया फेस्ट
लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको…
सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू
सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आईडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् । …
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । आइसिटी अवार्ड…
काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विध…
डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्त…
स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू
नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ ।…