कीवर्डहरू -

स्टार्टअप

पूर्वाञ्चल विश्वविद्यालयका आईटी कोर्ष पढाउने हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज

विगत २२ वर्षदेखि लामो इतिहासमा बोकेको ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौंको मुटु पुतलीसडकमा रहेको छ । शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेजको नाम नसुनेका सायदै कोही होलान् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज २२ वर्षअघि स्थापना भएको हो ।

यस कलेजमा व्यवस्थापन र प्रविधि क्षेत्रमा गुणस्तरीय शिक्षाको अध्ययन अध्यापन हुँदै आएको छ । कलजेले अन्य कलेजभन्दा आईटी क्षेत्रमा राम्रो र गुणस्तरीय शिक्षा दिएर छुट्टै परिचय बनाउन सफल भएको छ ।

कलेजको स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी तर्फ ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ टेक्नोलाजी इन बायोटेक्नोलोजी (बीटेक इन बायोटेक्नोलोजी) को अध्यापन हुँदै आएको छ । पछिल्लो समय प्रविधि शिक्षाप्रति विद्यार्थीको लगाव बढ्दै गएको छ । कलेजमा विद्यार्थीले पनि आईटीलाई नै मूख्य गन्तव्य मानेका छन् ।

पछिल्लो समय आइटीको क्रेज बढ्दो भएकाले पनि आइटी पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । त्यही कुरालाई ध्यानमा राख्दै यस कलेजले विश्वबजारमा विद्यार्थीलाई मार्केटेबल हुने गरी अध्यापन गराउँदै आएको ह्वाइट हाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल तोया नारायण पौंडेल बताउँछन् ।

‘देशदेखि विदेशसम्म आइटी क्षेत्रमा माग भइरहेको हुनाले साइन्स एण्ड टेक्नोलोजीमा बिटेक बायो टेक्नोलोजी र बीआइटी पढाइरहेका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘हामी विद्यार्थीलाई मार्केटेबल बनाउन आईटी शिक्षा दिइरहेका छौं । विद्यार्थीलाई पाठ्यक्रममा भएका भन्दा पनि बजारको आवश्यकता अनुसार फरक कोर्ष दिने प्रयास गरिरहेका छौं ।’

सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि उत्तिकै ध्यान पुर्याएको यो कलेजले विद्यार्थीको सिकाई क्षमतामा पनि जोड दिने गरेको छ । अन्य विद्यार्थी सरह प्रतिष्पर्धी बनाउन हिमालयन ह्वाइट हाउस कलेजले कमजोर विद्यार्थीमा विशेष ध्यान दिँदै आएको छ ।

उनीहरू कक्षा सञ्चालन भएदेखि ६ महिनासम्म कलेजको विशेष निगरानीमा हुन्छन् । ६ महिनामा उनीहरुमा कस्तो परिवर्तन आउँछ त्यहीँ अनुसार काउन्सिलिङ गरिदै लगिन्छ ।

पौडेल भन्छन्, ‘विद्यार्थी भर्ना भएको ६ महिनासम्म हामी बच्चाको मोटिभ कस्तो छ ? कहाँ जान खोजिरहेको छ ? उसको इन्ट्रेस के हो ? यो सबै हेरेर विचार गर्छौ । त्यसपछि बच्चालाई हामीले ट्रयाकमा ल्याउन सकेनौं भने फेरी विद्यार्थी अनुसारको काउन्सिलिङ गर्छौ । तर, त्यो अवधिमा धेरैजसो विद्यार्थीहरुमा राम्रो नै भएको छ ।’

कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरु देश तथा विदेशमा सेवा गरिरहेका छन् । नेपालमा पनि एनसीएस एनटीसी जस्ता कम्पनीमा काम गरिरहेका छन् ।
कलेजमा शुल्क चर्को नभएको र पढ्न लागेको खर्च उनीहरुले कोर्ष सक्दा तिरिसक्ने प्रिन्सिपल पौडेलको दावी छ ।

‘सबै राम्रो आर्थिक अवस्था भएका हुँदैनन् । कोही आर्थिक अवस्था धेरै नै गाह्रो भएका छन् भने विद्यार्थीले पढेर इन्ट्रन गर्दा गर्दै कमाएर तिर्न सक्ने व्यवस्था गरेका छौं ।  बैंकले टेक्निकल विद्यार्थीलाई केही सुविधा पनि दिएको छ ।’ उनी भन्छन, ‘विश्वविद्यालयले नेपाल सरकारको नियम अनुसार कूल विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ । १० प्रतिशतमा ४८ सिटमध्ये ५ जनाजति छात्रवृत्तिबाट आउँछन् ।’

एउटा मध्यमस्तरको परिवारले धान्न सक्ने खालको शुल्क रहेको उनको भनाइ छ । यस कलेज हाईटेक क्लाससहित सम्पूर्ण भौतिक पूर्वाधारले सम्पन्न, कोर्ष बुकसहित ननक्रेडिट कोर्षका स्रोतका रुपमा लाईब्रेरी, हाईजेनिक क्यान्टिन, स्पोर्टस, फिल्ड भिजिट, इन्डष्ट्रियल टुर, सेमिनार, समूहगत छलफल लगायतका लागि अडिटरियम हल, कम्प्युटर ल्याब, होटल म्यानेजमेन्ट विद्यार्थीका लागि सुविधायुक्त ल्याब, निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल र उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएका कारण पनि अभिभावक तथा विद्यार्थीका नजरमा पर्ने गरेको छ ।

यस पटक पनि भर्ना खुलिसकेको कलेजको आईटी विभागका प्रमुख बिमल कुमार शमाले बताए । उनका अनुसार बीआइटीमा ९६ वटा सिट र कम्प्युटर इन्जिनियरिङमा ४८ वटा सिट रहेको छ ।

असोजसम्म भर्ना अवधि रहेको कोर्षमा असोज ८ गतेसम्म इन्टान्सको फर्म भर्ने मिति रहेको छ भने असोज १३ गते इन्ट्रान्सको परिक्षा हुन्छ । त्यस्तै, बीआइटीको इन्ट्रान्सको फर्म भने कलेजमै गएर भर्नुपर्ने हुन्छ । इन्ट्रान्स पास भएपछि विद्यार्थी भर्ना गर्न सक्छन् ।

स्टार्टअप

सजिलै व्यवसायको हिसाब-किताब राख्न सकिने ‘टिग एप’

केही वर्ष अघिसम्म व्यवसायको हिसाब किताब ढड्डामा राख्नु पर्थ्यो । कसैको हिसाब खोज्न ढड्डा पल्टाएर हेर्दा कुनै बेला त भेटाउनै मुस्किल…

अनि १५ वर्षीय दिक्षान्तले बनाए एआई ‘गफजीपीटी’

काठमाडौंका दिक्षान्त पाण्डे एसईई दिएर बसिरहेका थिए । एसईईको परीक्षा दिएपछि नतिजा …

बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी

पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा…

बजेटमा स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन, कार्यान्वयनमा शंका

सरकारले स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक  वर्ष २०८०/८१ को …

स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड विनियोजन

सरकारले देशमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गर्ने भए…

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्बको छुट्टै कोष

सरकारले कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा…

निःशुल्क उद्यमशीलता सम्बन्धि बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी

ह्वाइल ट्यांकले निःशुल्क उद्यमशीलता बुटक्याम्प योजना गर्ने भएको छ । स्टार्टअप उद्यमशीला…

लोकसेवा र प्रवेश परीक्षाको निःशुल्क ज्ञान बाँड्दै ज्ञानमार्क

सामान्यता एसईई वा स्नातक तह पूरा गरेपछि नेपाली युवाहरु  कि लोकसेवा परीक्षाको तया…

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस सम्पन्न, यी हुन् अवार्ड पाउने स्टार्टअप ?

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ सम्पन्न भएक…

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम …

डेढ वर्षमा तयार भएको शेयर बजार र वित्तीय ज्ञान दिने प्लेटफर्म मनि मित्र

पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको जमात बढ्दो छ । कतिले अरूको लहलहमै लगानी गर्छन् भने कति आफैले जानेर बुझेर लगानी गर्छन् ।

शेयर बजार सम्बन्धि …

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

विद्यार्थीलाई ब्याचलर्ससम्मका कोर्ष युट्युबमा निःशुल्क पढाउने ‘नेपाल अनलाइन स्कुल’

अहिलेको डिजिटल युगमा हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग अनिवार्य जस्तै भइसकेको छ ।…

महामारीमा निराजनले भोगेको त्यो समस्या, जसले जन्मायो नेपालकै पहिलो वर्कस्पेश प्लेटफर्म

नेपालमा कोरोना महामारी संक्रमण तीव्र फैलिन थालेपछि सरकारले देशभर लकडाउनको घोषणा…

स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, कसरी दिने आवेदन ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परिय…