कीवर्डहरू -

स्टार्टअप

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन 

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो ।

यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ ।

स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।

यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।

यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमस ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।

दर्ता फारम भदौ १० गतेदेखि खुला भएको छ । यदी तपाई पनि एवाईईएफ स्टार्टअप अवार्डमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उदेश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो ।

स्टार्टअप

पियर टु पियर लेन्डिङ र क्राउड फण्डिङबाट स्टार्टअपलाई कर्जा दिने व्यवस्था गर्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा कर्जाको पहुँच बढाउन पियर टु पियर लेन्डिङ र …

एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृ…

नेपालको ‘एड्रेस नेमिङ’ समस्या समाधान गर्दै नेपाल एड्रेस डटकम, आफुले चाहेको घरमै पुग्न सकिने 

काठमाडौं । लोकेसन ट्रयाकिङ’ तथा ‘फाइन्डिङ’ लाई सहज बन…

असार २२ गते स्टार्टअप वर्ल्डकप नेपाल हुँदै

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ…

एफएनसीसीआई ५० विजनेश-५० लगानीकर्ता कार्यक्रम, २० नवीनतम व्यवसायद्धारा योजना प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम अन्तरग…

सकियो सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट, सात स्टार्टअपले पाए २४ करोड ५० लाख लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फ…

सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना हुने

सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदम…

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ ।

धनगढीमा भोलि स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा…

ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउँदै ‘यार्सा टेक्नोलोजी’

काठमाडौंको सडकमा देखिने अव्यवस्थित ट्राफिक, यहाँको मूख्य समस्या हो । शहरलाई विरुप …

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीव…

स्टार्टअप तथा आइडिया फेस्टः यस्ता छन् प्रदेश एकबाट चयन भएका ७ स्टार्टअप र आईडिया

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपाल…

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएक…

एक नम्बर प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, ३० बढी स्टार्टअपको सहभागीता

विराटनगर । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथ…

स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप

पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको …