स्टार्टअप
रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु
नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्याउने स्टार्टअप गर्ने योजना बनाए । विद्यार्थी तथा रोजगारी गर्ने व्यक्तिका लागि घरमा बनेको ताजा खाना उनीहरू भएको ठाउँसम्म पुर्याउने आईडिया थियो ।
तर जब २०७६ साल चैत ११ गते देशव्यापी लकडाउन घोषणा भयो तब सुनिल यो योजनाले ‘फेल’ खायो । लकडाउनले गर्दा सबैजना घरमै बस्न बाध्य भएपछि उक्त आईडिया होल्ड भयो । एउटा आईडिया होल्ड भएपनि सुनिलभित्र आफ्नै केही गर्ने हुटहुटीलाई दौडाइरहेको थियो । त्यसपछि आईडिया आयो ‘अनलाइन फुड डेलिभरी’ को ।
पार्सल डेलिभर गर्ने योजनाले मुर्त रूप लिने नभएपछि २०७७ साल वैशाख १ गतेदेखि अनलाइन फुड डेलिभरी कम्पनीको रूपमा भोजमाण्डु सुरू भएको भोजमाण्डुका संस्थापक तथा सीईओ सुनिल यादवले बताए ।
लकडाउन भएपछि पहिलाका बिजनेस पार्टनर पनि गए । तर त्यही बीचमा उनको भेट सनवे कलेजका फाइनान्स प्रमुख गौतम देसाइसँग भयो । त्यो समयमा सुनिललाई देसाइले मार्गनिर्देशन दिए । देसाइ पनि भोजमाण्डुमका सह-संस्थापक हुन् ।
उपत्यकाको भोक मेटाउने उद्देश्यले भोजमाण्डु नाम राखिएको सुनिल बताउँछन् । कोरोना महामारीमा फ्रोजन मम फ्रिजसहितको भ्यानमा राखेर घर घरमा डेलिभर गरिरहेका थिए ।
विस्तारै भोजमाण्डु लोकप्रिय हुँदै गएपछि ग्राहकको चाहन पनि बढ्न थाल्यो । त्यसपछि उनीहरूले आफ्नो प्लेटफर्ममा केक आईटम थप गरे । केकको नसोचेको जस्तो सेल भएको सुनिलको भनाइ छ । बर्थडे, एनिभर्सरी लगायत सेलिब्रेसन गर्न भोजमान्डुबाट केके अर्डर गर्न थाले ।
भोजमाण्डुको ग्रोथ राम्रो भइरहेको थियो । रेष्टुरेन्टलाई पनि आफुलाई भोजमाण्डुमा सूची गर्न कल गर्न थालिसकेका थिए । त्यसपछि रेष्टरेन्ट आवद्ध हुन थाले । हाल भोजमान्डुबाट रेष्टुरेन्टमा पाइने विभिन्न परिकार अर्डर गर्न सकिन्छ ।
भोजमाण्डु राम्रैसँग अगाडि बढिरहेको थियो । तर सरकारको एउटा नियमले तहसनहस भयो । कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले अनलाइन फुड डेलिभरी सेवालाई बाटोमै रोकेर राख्यौं । डेलिभर गर्न दिएन् । त्यसले गर्दा एकदिनमै ४०-५० हजारको घाटा भएको सुनिलले बताए ।
‘भोजमाण्डुको ग्रोथ राम्रै भइरहेको थियो । तर सरकारले एक्कासी अनलाइन डेलिभरीलाई रोक्दा घाटा भयो,’ सुनिल दुखी हुँदै भन्छन्, ‘त्यसपछि अनलाइन डेलिभर कम्पनीहरू अदालतमा गए र अदालतले सुरक्षा साधन अपनाएर डेलिभर गर्न आदेश दिएको थियो ।’
केही समय सेवा नचल्दा भोजमाण्डु आर्थिक अवस्थाले कमजोर बन्यो । अहिले विस्तारै तंग्रिन कोसिस गर्दैछ । अहिले भोजमाण्डुले दिनमा मात्रै होइन् राती ११ बजेदेखि बिहान ३ बजेसम्म पनि आफ्नो सेवा दिदै आएको छ । काठमाडौं उपत्यकाबाट सुरू भएको भोजमाण्डु विरगंजमा समेत विस्तार भएको छ ।
नेपालका नीति नियम स्टार्टअप मैत्री नभएको सुनिलको बुझाइ छ । उनी अगाडि भन्छन्, ‘ई-कमर्स नीति आएको छैन् । नेपालको स्टार्टअपलाई नेपालको बैंक र लगानीकर्ताले पनि सहयोग गर्दैनन् ।’
आउँदो वैशाख १ गते कम्पनीले तेस्रो वार्षिकोत्सव मनाउँदै छ । करिब ३ वर्षको यात्रामा २५ हजार बढी दर्ता भएका प्रयोगकर्ता छन् । २५ हजार बढी अर्डर डेलिभर भइसकेको छ ।
काठमाडौं उपत्यकामा प्रत्येक दिन १०० बढी अर्डर डेलिभरी गरिरहेको छ । त्यसमध्ये धेरै अर्डर रातमा हुन्छन् । सुनिलका अनुसार भोजमाण्डुले रातमा ३० देखि ४५ मिनेट र दिनमा सकेसम्म १ घण्टामा अर्डर डेलिभरी गर्दै आएको छ ।
आउने दिनमा चितवन, पोखरा लगायतका शहरहरूमा भोजमाण्डु विस्तार गर्ने तयारी रहेको उनले बताए । ग्राहक नयाँ अनुभव दिन अहिले भोजमाण्डुले मोबाइल एपको युआई समेत परिमार्जन गरेको छ ।
भोजमान्डुको नियम अनुसार रेष्टुरेन्टहरूले प्याकेजिङ गर्नुपर्ने हुन्छ । वातावरण प्रदुषण कम गर्न आफुहरूले बायोडिग्रेबल प्याकेजिङ गर्दै आएको सुनिल बताउँछन् ।
‘अहिले नेपालमा वातावरण प्रदुषण बढिरहेको छ । त्यसलाई कम गर्न हामीले बायोडिग्रेडल प्याकेजिङ गर्छौं,’ सुनिल भन्छन्, ‘वातावरण प्रदुषण रोक्न हामीले गर्न सक्ने काम गरिरहेका छौ । भविष्यमा रेष्टुरेन्टलाई बायोडिग्रेडल प्याकेजिङ प्रदान गर्ने योजना छ ।’
अहिलेसम्म भोजमाण्डुमा ४० लाख बढी लगानी भइसकेको छ । भोजमाण्डुले अबको केही समयमै सब्सक्रिप्सन प्लान ल्याउँदै छ । प्रयोगकर्ताले उक्त सब्सक्रिप्सन लिएपछि निःशुल्क डेलिभर, क्यासब्याक, छुट लगायतका सुविधा पाउने छन् ।
स्टार्टअप
के हो स्टार्टअप व्यवसाय ? यस्तो छ सरकारको परिभाषा
सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टा…
नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’
अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि एआईटीसी इन्टरन…
विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने
तपाई हामी प्राय सबैलाई लाग्छ, आफ्नो विवरण पनि गूगलको पहिलो पेजमै भेटियोस् । रौतहट…
कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा
अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी लिन शोरूमसम्मै प…
यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट …
१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो स्टार्टअप एण्ड आईडिया फेस्ट
लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको…
सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू
सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आईडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् । …
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । आइसिटी अवार्ड…
काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विध…
डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्त…
स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘स्टार्टअप नेपाल’ अभियान सुरू
नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ ।…
‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने…
नेपालमै बनेको भिडियो कम्प्युनिकेसन प्लेटफर्म मिखा, विदेशमा पनि सेवा दिने तयारी
भनिन्छ, ‘समस्या र समाधानको बिचमा उद्यम हुन्छ ।’ जसले समस्या पहिचान गर्न सक्छ र समाधा…