स्टार्टअप
थुप्रै डटकमबाट अब पुस्तक पढ्न मात्र होइन सुन्न पनि सकिने
विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्द्धनमा लागेको थुप्रै डट कमले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । थुप्रै डट कमको वेबसाइट र थुप्रै नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।
सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्याउने उपाए थिएन ।
थुप्रै डट कमले शुरु गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक) को परिकल्पना नेपालमा अडियोबुकको प्रवर्द्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास कम्पनीले गरेको छ ।
अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्याउने सेवाबाट सुरु भएको थुप्रै डटकमले अघिल्लो लकडाउनमा ईबुकको सेवा सुरु गरेको थियो ।
यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको छ । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ ।
कम्पनीका अनुसार अडियोबुक भविष्यको पठन संस्कृतिको बलियो पाटो हुने निश्चित छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेहरूका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्ने र अनलाइन माध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ ।
कार्यालय आउजाउ गर्दा वा भ्रमणका बखत गाडी चलाउँदा होस् वा बसमा यात्रा गर्दा होस् समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिन्छ ।
घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुविधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ ।
नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ ।
अडियोबुकका रूपमा सुरूवातमा केही पुस्तक तयार गरिएका छन् । माधवप्रसाद घिमिरे, इश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवन कुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन् ।
प्रख्यात रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु पनि उपलब्ध छन् ।
‘थुप्रै’ ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिशर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगाएतका प्रकाशन गृहसँगको सहकार्यमा सुरु गरेको हो ।
यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तर रुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले बताए । उनले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिए ।
नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् ।
यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ ।
अडियोबुकहरू थुप्रैको
वेबसाइट
र मोबाइल एपमा उपलब्ध छन् । थुप्रैको मोबाइल एप एन्ड्रोइडमा डाउनलोड गर्न
यहाँ क्लिक
गर्नुहोस् भने आईओएसमा डाउनलोड गर्न
यहाँ क्लिक
गर्नुहोस् । साथै ह्वावे एप ग्यालरीबाट थुप्रै एप डाउनलोड गर्न
यहाँ क्लिक
गर्नुहोस् ।
स्टार्टअप
एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने
एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन…
गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्…
‘मिहिनेत गरेर ईकमर्श स्थापित गरायौं, अहिले निजीलाई रोकेर सरकार आफै अगाडि बढेको छ’
सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडाइ गरेसँगै इकमर्स कम्पनीका होम डेलिभरी सेवा पनि रोकेको छ । <…
एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…
एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका
एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…
नेपाल मै अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण, अब ‘मास’ उत्पादनमा जाने (भिडियो)
नेपालमै पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल भएको छ । नेपाल विज्…
एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…
परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर
जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…
नेपालीले बनाएको अक्सिजन कन्सनट्रेटर परीक्षण गर्न अक्सिजन एनालाइजरको अभाव, सहयोग गर्न अनुरोध
मुलुक कोभिड संक्रमणले आक्रान्त भइरहेको बेला अक्सिजन अभावले धेरै जनाले ज्यान गुमाउन…
६०० भन्दा बढी विद्यालय जोडेको वेद जसले डिजिटलाइज गर्दै शिक्षा प्रणाली
वेद भन्नेबित्तिकै हामीलाई मन्त्रहरू लिपिबद्ध भएको प्राचीन शास्त्र भन्ने लाग्छ । तर नेपा…
पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने
गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…
पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने
गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…
सय डाक्टर आवद्ध भएको अनलाईन प्लेटफर्म ‘डाक्टर लाइभ २४’, घरबाटै लिनुस् स्वास्थ्य सेवा
कोरोना संक्रमणले जनजीवन आक्रान्त छ । सुनसान सडकमा एम्बुलेन्सको मात्र करकर आवाज सुनि…
यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन
नेदरल्याण्डमा पढ्दै गर्दा कलेजका विद्यार्थीबीच ‘फर्मुला स्टुडेन्ट’ सिरिज हुन्थ्यो । सिरि…
आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…