कीवर्डहरू -

स्टार्टअप

नेपालमा पहिलो पटक ‘आन्ट्रप्रेनर्स पोर्टल’ सार्वजनिक, उद्यमी बन्न चाहनेलाई उपयोगी

नेपालमा पहिलो पटक उद्यमशीलता सीप सिकाउन ‘आन्ट्रप्रेनर्स पोर्टल’ सार्वजनिक भएको छ । उद्यमशीलताका लागि आवश्यक पर्ने सबै जानकारी दिने उद्देश्यले नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) सोमबार उक्त पोर्टल सार्वजनिक गरेको हो ।

उद्यमशीलताको जुन अवस्थामा भएपनि यो पोर्टलमा गएर जानकारी लिन सकिने पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक तथा एनवाईईएफका अध्यक्ष उदिप श्रेष्ठले बताए ।

‘पोर्टलबाट व्यवसाय कसरी शुरू गर्ने, कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थापन गर्ने जस्ता जानकारी लिन सकिन्छ,’ श्रेष्ठले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘हामीले निःशुल्क रूपमा उद्यमशीलतासँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध गराएका हौं ।’

पोर्टलमा व्यवसाय दर्ता, कर, सम्पत्ती दर्ता, विजनेस फाइनान्सिङ, इन्टेलेक्चुअल प्रोपटी, श्रम कानून, वैदेशीक लगानी लगायतको जानकारी राखिएको छ ।

पोर्टलमा रिसोर्सको आन्ट्रप्रेनर्स गाइड अन्तर्गत लगानीकर्तालाई कसरी आकर्षण गर्ने, कसरी टिम बनाउने, कसरी कर्मचारी भर्ना गर्ने, मार्केटिङ आइडिया, अकाउन्टिङ सिस्टम, सेल्स ट्रेनिङ, कसरी काम गर्ने ठाउँमा सकारात्मक वातावरण सिर्जना गर्ने लगायतका जानकारी पनि उपलब्ध छन् । पोर्टलमा सफलताको कथा पनि राखिएको छ ।

उद्यमशीलताका लागि आवश्यक पर्ने सबै जानकारी एउटै पोर्टलमा राखेको श्रेष्ठले बताए । यसले नयाँ स्टार्टअपदेखि लिएर चलिरहेको व्यवसाय र उद्यमीलाई समेत सहयोग गर्ने उनको भनाइ छ ।

‘यो पोर्टल सधैं निःशुल्क हुनेछ । हामीले यसलाई निरन्तर अपडेट गर्ने योजना बनाएका छौं,’ उनी भन्छन्, ‘अहिले राखिएको जानकारी प्रारम्भिकमात्रै हो । हामी यसमा थप जानकारी र रिसोर्स थप्दै जान्छौं ।’

अहिले अंग्रेजी भाषामा उपलब्ध पोर्टलका जानकारी अबको केही समयपछि नेपाली भाषामा समेत उपलब्ध हुनेछन् । नेपाली भाषामा पनि पहिलो चरणमा सार्वजनिक गर्ने योजना भएपनि त्यो सफल नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘अनुवादको शुल्क मंहगो भएर मात्रै हो । अनुवादको बजेट भएपछि तुरून्तै गरिहाल्छौं’ उनले भने,  ‘यो वेबसाइट मोबाइलमैत्री रहेको छ ।’

नेटवर्किङ प्लेटफर्म ल्याउँदै

एनवाईईएफले स्टार्टअप र उद्यमीहरूको नेटवर्किङका लागि प्लेटफर्म ल्याउँदै छ । उक्त प्लेटफर्म वेबसाइट र मोबाइल एपमा आउनेछ । उक्त प्लेटफर्ममा आफ्ना जिज्ञासाहरू राख्न सकिने श्रेष्ठले बताए ।

‘त्यसबाट एक अर्कासँग कनेक्ट गरेर अनुभव आदान प्रदान गर्न सकिन्छ,’ उनले भने, ‘स्टार्टअप वा उद्यमशीलतासँग सम्बन्धि कुनै कन्फ्युज छ भने उक्त कम्युनिटीमा सोध्न मिल्छ ।’ आगामी ६ महिनासम्ममा नेटवर्किङ प्लेटफर्म आउन सक्ने उनले बताए ।

नेपालमा उद्यमशीलता विकास गर्न र प्रवर्धन गर्न सन् २००३ मा स्थापना भएको नाफारहित संस्था हो नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम (एनवाइइएफ) । संस्थाले सीप सिकाइमा विशेष फोकस गरेर काम गरिरहेको छ । यसमा देशभरका ६०० युवा उद्यमीहरू आवद्ध भएका छन् ।

संस्थाले हरेक वर्ष विज्ञ व्यक्तिहरूलाई ल्याएर आफ्ना सदस्यहरूलाई उद्यमशीलता सम्बन्धि वर्कशप वा अनुभव आदान प्रदान गर्ने कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।

त्यस्तै संस्थाले नेटवर्किङ कार्यक्रम पनि गर्दै आएको छ । नेपाल उद्यमशीलता इकोसिस्टमलाई सहयोग गर्न ‘मेड इन नेपाल’ प्रदर्शनी समेत गर्दै आएको छ । ‘हामीले हरेक वर्ष दशैंको समयमा यो प्रदर्शनी गर्दै आएका छौं,’ उनले भने ‘कोरोनाले गर्दा २ वर्षदेखि गर्न पाएका छैनौं ।’

संस्थाले योङ आन्ट्रप्रेनर्स समिट-वुमन पनि गर्दै आएको छ । युवा उद्यमीहरूलाई प्रमोट, इम्पावर गर्न, सस्टेनेबल बनाउन समिट आयोजना गर्दै आएको छ ।

आफ्ना सदस्यलाई एक्सचेन्ज प्रोग्राम अन्तर्गत बाहिर पढाउने गरेको श्रेष्ठले बताए । उनी भन्छन, ‘हाम्रो लिडर्स प्रोग्राम भन्ने छ जसमा हामी क्यानडाबाट विजनेश टिमबाट सदस्यहरू ल्याएर हाम्रा सदस्य र नेपाली स्टार्टअपहरूलाई विजनेश इन्क्युबेसनमा सपोर्ट गर्छौं ।’

संस्थाको अहिले १० वटा च्याप्टर रहेको छ । सन् २०२५ सम्ममा कम्तिमा पनि १५ देखि १७ वटा शहरमा उपस्थिति जनाउने योजना अनुसार काम भइरहेको श्रेष्ठ बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरमले मेड इन नेपाल अभियान सञ्चालन पनि गर्दै छ । त्यसमा संस्थाले अहिले काम गरिरहेको छ ।

‘कोरोना महामारीले धेरै विजनेशहरूलाई असर गरेको छ । यस्तो बेलामा हामीले नेपाली उत्पादनलाई सपोर्ट गर्नुपर्छ,’ उनले भने, ‘तपाईले केही सामान किन्दा नेपाली अप्सन छ भने त्यसलाई तपाईले प्राथमिकता दिनुपर्‍यो । दशैभन्दा अघि यो अभियान शुरू हुन्छ ।’

स्टार्टअप

अर्घाखाँची अस्पतालमा सुरु भयो अक्सिजन उत्पादन, अन्य जिल्लामा पनि सुरु हुदै (भिडिओ)

पहाडी जिल्ला अर्घाखाँचीको जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना भएर मंगलबारदेखि उत्पादन सुरु भएको छ । अर्…

सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी

मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा…

खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु 

अहिले जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक २०२० चलिरहेको छ । जुलाई २३ बाट सुरु भएको ओलम्पिक भोलि आइतबार समापन हु…

बेलकामा निर्माणाधिन अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…

भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने

भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ …

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…

स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?

उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । उद्योग संगठन मो…

एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्त…

मेगा बैंकले ल्यायो मेगा मेडि कार्ड, अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रक…