कीवर्डहरू -

स्टार्टअप

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु, ११ विधामा ३५० बढीको नोमिनेशन

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ ।

आधिकारिक वेबसाइट ष्अतबधबचम।यचन मार्फत आह्वान गरिएको अनलाइन नोमिनेशनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । यस वर्ष छनौट प्रक्रियाको लागि सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञ व्यक्तिहरूको जुरी समिति गठन गरिएको छ । यसैगरी राष्ट्रिय योजना आयोकका सदस्य डा. रामकुमार फुयाल, नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह, प्रा.डा. सुवर्ण शाक्य, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त लगायत १५ जनाको विशिष्ट जुरी सल्लाहकार समिति रहेको छ ।

यस वर्ष आइसिटी अवार्ड २०२१ को लागि राइजिङ स्टारदेखि डिजिटल गभर्नेन्स अवार्डसम्म प्रविधिका विभिन्न पक्ष र क्षेत्रलाई समेटेर ११ विधामा नोमिनेशन आह्वान गरिएको थियो । अवार्डमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् ।

अनलाइनमार्फत प्राप्त नोमिनेशनमा राइजिङ स्टार इन्नोभेसनमा सबैभन्दा धेरै ६० बढीको नोमिनेशन प्राप्त भएको छ । यसैगरी स्टार्टअप आइसिटी अवार्ड र प्रडक्ट आइसिटी अवार्र्डमा ४० भन्दा बढी नोमिनेशनहरू प्राप्त भएको आयोजकले जनाएको छ । आइसिटी अवार्ड एकदमै पारदर्शी र निष्पक्ष रूपमा आयोेजना हुने अवार्ड भएको हुँदा यसले प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको त्रिविका प्रा.डा शुवर्ण शाक्य बताउँछन् ।

अवार्डले नयाँ आइडिया र इन्नोभेसनमा काम गरिरहेकालाई अगाडी बढ्न प्रोत्साहन गर्ने हुँदा अवार्डको महत्व र आवश्यकता अझ बढिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले शुक्रवार आयोजित छनौट समितिको बैठकमा धारणा राखेका थिए ।

आइसिटी अवार्ड २०२१ मा विभिन्न ५ चरणमा छनौट प्रक्रिया अगाडि बढाइनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १० लाई समेटेर दुईदिने प्रदर्शनी समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्ने स्टार्टअप, डिजिटल गभर्नेन्स र डिजिटल एजुकेशनका प्रतिस्पर्धीहरूमा सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । अन्य छनौट प्रक्रियाहरू भर्चुअल माध्यमबाट समेत सञ्चालन हुनेछन् । अवार्डको फाइनल अर्थात् ग्राण्ड फिनाले कार्र्यक्रम डिसेम्बर १७ मा द सोल्टी होटलमा आयोजना हुने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । गतवर्ष कोभिड १९ को महामारीको बीचमा पनि आइसिटी अवार्ड भव्यरूपमा सञ्चालन भएको थियो ।

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । यस वर्ष आइसिटी अवार्डको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जेनस सोलुसन, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक लगायतको सहकार्य तथा सहयोग रहेको छ ।



स्टार्टअप

वेबसाइट र मोबाइल एपबाट मनोपरामर्श दिने मनोभावना, नि:शुल्क म्यासेज सेवा पनि

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । य…

दराज सिंगापुरले नेपालमा १ अर्ब ६५ करोड लगानी गर्दै, कम्प्युटर सफ्टवेयर र अनलाइन विज्ञापनमा काम गर्ने 

दराज सिंगापुरले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ …

अर्घाखाँची अस्पतालमा सुरु भयो अक्सिजन उत्पादन, अन्य जिल्लामा पनि सुरु हुदै (भिडिओ)

पहाडी जिल्ला अर्घाखाँचीको जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना भएर मंगलबारदेखि उत्पादन सुरु भएको छ । अर्…

सूचना तथा प्रविधि क्षेत्रमा ५८ प्रतिशतले घट्यो विदेशी लगानी

मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा…

खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु 

अहिले जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक २०२० चलिरहेको छ । जुलाई २३ बाट सुरु भएको ओलम्पिक भोलि आइतबार समापन हु…

बेलकामा निर्माणाधिन अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…

भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने

भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ …

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्…

स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?

उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । उद्योग संगठन मो…

एनसीसी बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपी…