स्टार्टअप
इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने
इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै, उसले अस्पताल खोज्नका पनि सहयोग गर्ने पनि जनाएको छ ।
बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको अवस्थामा अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।
सेवाग्राही आफैंले एम्बुलेन्स व्यवस्था गरेमा अस्पतालका कागजातसहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नु पर्ने हुन्छ ।
निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्ड भएकाहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने जनाएको छ ।
बैंकका क्रेडिटकार्ड भएकाले रिचार्जरबाट सामान खरिद गरेर लकडाउन पछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।
किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेशन फिल अप गरे पछिका प्रकृया पुरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्ने छन् ।
ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् भने इसेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्ने छन् ।
रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाउने जनाएको छ ।
मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिने उसले बताएको छ ।
स्टार्टअप
सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध
सानिमा लाइफ इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना भुक्…
अब एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै गुनासो गर्न सक्ने
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर…
आफ्नो इच्छा अनुसार फिल्म, सिरिज तथा अन्य भिडियोहरू हेर्न सकिने डिशहोमको एक्सभिओडी सेवा
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले केही समय अगाडि स्ट्रिमिङ भिडिय…
नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने
नबिल बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्…
अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा …
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न निःशुल्क प्रयोग गर्नुहोस् यी नम्बर
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…
सानिमा बैंकको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने
सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावध…
विवादस्पद सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै, के के छन् विधेयकमा ?
आज बस्ने प्रतिनिधिसभाको बैठकमा विवादस्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित का…
धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी शुरू
नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी स…
हेटौंडामा सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट
चौधरी ग्रुपले हेटौंडामा आरजीबी प्यानल लाइट सार्वजनिक गरेको छ । सीजीले हेटौंडामा …
नेपालकै पहिलो आईबीएम च्याम्पियन १७ वर्षिय नेपाली युवा, जसले दिएका छन् ३५ जनालाई रोजगारी
सामान्यतयाः १६-१७ वर्षको उमेर भनेको विद्यालय जाने, पढ्ने, साथीभाइसँग रमाइलो गर्ने …
एनआईसी एशिया बैंकले जारी गर्यो डलर प्रिपेड कार्ड
एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा से…
नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोइ एक्सपेरियन्स’ अवार्ड
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्…
सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’ अफर, बाइक तथा स्कूटरको खरिदमा १० हजार क्यासब्याक
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी …
सरकारी भुक्तानीलाई सजिलो बनाउँदै कनेक्ट आईपीएस
केही वर्षअघि सम्म विभिन्न सरकारी राजस्व तथा सेवाको भुक्तानी गर्न लाइन लाग्नु पर्थ्यो ।…