स्टार्टअप
दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम
कोरोना कहर सुरु भएसँगै शहरमा बस्नेहरुलाई धेरै समस्या आइलाग्यो । अझ गाउँबाट शहरमा डेरामा बस्ने विद्यार्थीलाई समस्या भयो कहिलेसम्म डेराको भाडा तिर्दै बस्ने ।
यो समस्या विद्यार्थीलाई मात्र होइन, जागिर गुमाएका, शहरमा केही अवसर खोज्दै भाडामा बस्नेहरुलाई पनि भयो । कोठा छोडर जाऊ भने पनि सामान कहाँ राख्ने ? त्यत्तिकै छोडेर हिड्न पनि भएन ।
जहाँ समस्या त्यहाँ उपाय । यही समस्यालाई सामान गर्न भन्दै दुई युवाले सुरु गर्दै छन् अनलाइन प्लेटफर्म साहुजी डट कम र साहुजी एप । उनीहरु हुन बर्दियाका प्रवेश भुसाल (कबिर काफ्का) र पाँचथरका पवन पोखरेल ।
कसैले कोठा छोडेर सामान कतै सुरक्षित राख्न चाहन्छन् भने उनीहरुका लागि यो उपयुक्त सुविधा हुनसक्छ ।उनीहरुले गएको लकडाउन कै बेलामा यो सेवा सुरु गरिसकेका थिए । आधा दर्जनको सामानमा सुरक्षित राखिदिएका छन् भने सयभन्दा धेरैको अर्डर आएको भुसाल बताउँछन् ।
‘गत वर्ष भएको लकडाउनमा हामीले धेरैको यस्तो समस्या देख्यौं,’ भुसाल भन्छन्, ‘कसैलाई सामान राख्न छ भने हामीले सुरक्षित राख्ने व्यवस्था मिलाएका छौं ।’
उनीहरुले अहिले फोन नम्बर सम्पर्कबाट मात्र सामान लिने काम गरिरहेका छन् । भने मे एक तारिख अर्थात वैशाख १८ गतेबाट साहुजी डटकम र साहुजी एप औपचारिक रुपमा सार्वजनिक गर्दै छन् ।
त्यसपछि साहुजीको वेबसाइट र एप मार्फत सामान राख्नको लागि अर्डर दिन सकिने उनको भनाइ छ । सीप भएका व्यक्तिले साहुजीमा आएर अकाउन्ट बनाउन सक्ने छन् ।
सामानलाई कसरी र कहाँ सुरक्षित राख्ने भनेर उनीहरुले विभिन्न उपाय बारे छलफल गरिरहेका छन् । अहिले उपयुक्त उपाय भनेको खाली होस्टलहरु पनि हो ।
लकडाउनले होस्टलहरु खाली भएका छन् । त्यो ठाउँमा सामान राख्न पाए होस्टलहरुलाई पनि राम्रो हुने उनको विचार छ ।
‘हामीले सामान राख्नका लागि होस्टेल एशोसिएसनसँग सहकार्य गरेका छौं । अहिले होस्टेलहरु पनि खालि छन् । उनीहरुलाई पनि आम्दानी हुन्छ’ भुसालले भने ।
उनका अनुसार पिकअप भ्यान भरि सामान भयो भने मासिक ३ हजार शुल्क लाग्छ तर सामान थौरै छ भने शुल्क केही सस्तो हुनेछ । सकेसम्म महंगो सामान नराख्न भुसालको सुझाब छ ।
साहुजीले सामान भाडामा राख्ने मात्र होइन अन्य धेरै सेवाहरु पनि उपलब्ध गराएको छ । साहुजीबाट होम स्यानिटाइजेसन, प्लम्बर, कारपेन्टर, इलेक्ट्रिसियन, क्लिनिङ, जस्ता अन्य काम पनि गर्ने भुसालले बताए । यसमा आवश्यकताअनुसार सेवाहरु थपिदै जाने उनको भनाइ छ ।
अहिलेसम्म आफूहरुले फोन, फेसबुक पेज र इन्स्टाग्रामबाट बुकिङ लिइरहेको र त्यसैका आधारमा सम्बन्धित सीपमा दक्ष रहेको व्यक्तिलाई कामका लागि पठाउने गरेको प्रवेश भुसालले बताए ।
कम्पनीले साहुजीको नारा एक कल समस्या हल राखेको छ । उक्तनारा अनुसार जति सक्दो चाँडो सेवा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।
स्टार्टअप
आफ्नो इच्छा अनुसार फिल्म, सिरिज तथा अन्य भिडियोहरू हेर्न सकिने डिशहोमको एक्सभिओडी सेवा
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले केही समय अगाडि स्ट्रिमिङ भिडिय…
नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने
नबिल बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्…
अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा …
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न निःशुल्क प्रयोग गर्नुहोस् यी नम्बर
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…
सानिमा बैंकको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने
सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावध…
विवादस्पद सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै, के के छन् विधेयकमा ?
आज बस्ने प्रतिनिधिसभाको बैठकमा विवादस्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित का…
धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी शुरू
नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी स…
हेटौंडामा सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट
चौधरी ग्रुपले हेटौंडामा आरजीबी प्यानल लाइट सार्वजनिक गरेको छ । सीजीले हेटौंडामा …
नेपालकै पहिलो आईबीएम च्याम्पियन १७ वर्षिय नेपाली युवा, जसले दिएका छन् ३५ जनालाई रोजगारी
सामान्यतयाः १६-१७ वर्षको उमेर भनेको विद्यालय जाने, पढ्ने, साथीभाइसँग रमाइलो गर्ने …
एनआईसी एशिया बैंकले जारी गर्यो डलर प्रिपेड कार्ड
एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा से…
नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोइ एक्सपेरियन्स’ अवार्ड
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्…
सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’ अफर, बाइक तथा स्कूटरको खरिदमा १० हजार क्यासब्याक
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी …
सरकारी भुक्तानीलाई सजिलो बनाउँदै कनेक्ट आईपीएस
केही वर्षअघि सम्म विभिन्न सरकारी राजस्व तथा सेवाको भुक्तानी गर्न लाइन लाग्नु पर्थ्यो ।…
कस्तो होला दश वर्षमा नेपालमा आइटीको विकास ?
सूचना प्रविधि अर्थात आइटीको प्रयोगले हामीले दिनदिनै गर्ने कामहरु सहज भइरहेका छन् ।…
नेपाली सामान प्रयोग गरेर बनाइएको रकेट भोलि परीक्षण हुँदै
शनिबार अर्थात भोलि नेपालमै पहिलो पटक रकेट परीक्षण हुने भएको छ । नेसनल इन्जिनियरि…