कीवर्डहरू -

स्टार्टअप

कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु

कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।

सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा यसको महत्व अझै बढेर गएको बताए ।

गभर्नर अधिकारीले नबिल बैंकजस्तो संस्थाले वित्तीय क्षेत्रमा पहुँच, समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पछिल्ला केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन आउन थालेको बताउँदै उपभोक्ता पनि विस्तारै नगदबाट डिजिटल भुक्तानीमा परिवर्तन हुँदै गएको बताए ।

यद्यपि अझै पनि ठूलो हिस्सा कारोबार नगदमा नै हुने गरेको भन्दै उनले यस्तो अवस्थामा कमी ल्याउन नविनतम टेक्नोलोजी विकास आवश्यक रहेको बताए ।

सो कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रकेशरी पौड्याल, कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँ लगायतले समेत मन्तव्य राखेका थिए ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीका साथै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवनकुमार कँडेल, नविल बैंकका अध्यक्ष न्यौपाने, प्रमुख कार्यकारी अधिकृत शाह, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य लगायत उच्च व्यवस्थापनका कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघ तथा कृषि बजार विकास कम्पनी अध्यक्ष लगायतको सहभागिता थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

बैंकले अघिल्लो मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठान छन् । यस्तो सेवाग्राहीको संख्या हरेक दिन बढिरहेको नबिल बैंकले जनाएको छ ।

स्टार्टअप

नेपाल बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्ता…

मेगा बैंकबाट ‘वीच्याट पे’ भुक्तानी सेवा सुरु

मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट पे’ सँग भुक्तानी से…

केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्सअ…

सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ …

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप १० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट १० हजार भन्दा बढी डाउनलोड भए…

कत्तिको सुरक्षित छ नागरिक एप ? 

सरकारले सबै किसिमका सरकारी सेवाहरु अनलाइनबाटै दिनेगरी शुक्रबार नागरिक एपको बेट…

एनसेलले शुरू गर्‍यो ‘फास्ट फरवार्ड लाइफ’ अभियान

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुर…

अब हाम्रो पात्रोबाटै म्यासेज तथा भिडियो कल गर्न सकिने 

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्…

किन आवश्यकता पर्छ फाइभजी ?

स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दूई मत होला । तर, हाम्रो घरमा …

यस्ता छन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड भएका एप

सन् २०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन अचा…

सूचना महामार्गः चार वर्षमा २२ प्रतिशत काम

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेक…

यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप

२०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन भने अच…

प्रभु बैंकले पनि शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तान…

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथ…

कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी…