स्टार्टअप
एनसेलले शुरू गर्यो ‘फास्ट फरवार्ड लाइफ’ अभियान
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुरुवात गरेको छ । भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुरुवात गरेको हो ।
एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ ।
‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधै सँगै’अनुरुप सञ्चालन गरेको हो । यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ ।
कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ । कोभिड-१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यस अघि ‘अनपज’ अभियान सञ्चालन गरेको थियो जस अन्तरगत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो ।
साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो ।
नयाँ अभियानको घोषणा पछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने आशा गरिएको छ ।
बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विषेश राहत प्रदान गर्दै निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दी पश्चात पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो ।
एनसेलका अनुसार, उसले कोरोना प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहक मैत्री अफरहरु समेत गरी भण्डै रु ९ अर्ब ७० करोड बराबर मुल्यको योगदान गरेको छ ।
प्रतिकार्य पहल अन्तरगत नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको छ ।
स्टार्टअप
सूचना महामार्गः चार वर्षमा २२ प्रतिशत काम
देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेक…
यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप
२०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन भने अच…
प्रभु बैंकले पनि शुरू गर्यो कर्पोरेट पे प्रणाली
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तान…
बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथ…
कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा
कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी…
सन् २०२० मा ह्वाट्सएपमा आएका यी हुन् १० फिचर
विश्वको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले सन् २०२० मा विभिन्न नयाँ फिचरहरु सार्वजनिक …
कर्मचारी सञ्चय कोषको किस्ता एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट तिर्न सकिने
एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजस…
सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै
नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिर…
नेपालमा कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको बिक्री शुरू
दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी सोनेट नेपालीब…
यी हुन् सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका पासवर्ड, के तपाईँले पनि प्रयोग गर्नुभएको छ ?
सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ…
मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैं…
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…
सामान आयात गर्दा अब अनलाइनबाटै नो अब्जेक्सन लेटर पाइने, यस्तो छ तरिका
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयात गर्दा नो अब्जेक्सन लेटर अनला…
यी हुन् विश्वका ३० सबैभन्दा मूल्यवान टेक कम्पनी
इन्टरब्राण्डको वार्षिक ‘बेस्ट ग्लोबल ब्राण्ड’ रिपोर्ट सार्वजनिक भएको छ । यो सूचीलाई प्रव…
के हो फोन पे डाइरेक्ट ? कसरी प्रयोग गर्ने ?
फोन पे डाइरेक्ट भनेको एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिने एउटा सजिलो माध्…