स्टार्टअप
यसरी सफा गर्नुहोस् आफ्नो स्मार्टफोन
स्मार्टफोन आजकाल प्राय हरेक मान्छेले प्रयोग गर्ने गरेका छन् । हामीले प्रयोग गर्ने फोन बाथरुम, जीम, सार्वजनिक गाडी, आफ्नो पकेट जहाँ पायो त्यही राख्छौँ ।
यसले गर्दा फोन किटाणुहरुको लागी सबैभन्दा ठूलो प्रजनन स्थल बन्न पुग्छ र यसले गर्दा थुप्रै रोगहरु पनि लाग्न सक्छ । हामीले आफ्नो मोबाइलको स्टोरेज त खाली गरेर फोनलाई भित्र बाट सफा गर्छौँ तर बाहिरी रुपमा सफा पार्न पनि एकदमै जरुरी हुन्छ ।
आज हामीले तपाईलाई आफूले प्रयोग गर्ने फोनलाई कसरी सफा गर्ने भनेर जानकारी दिदेछौं ।
फोनलाई पुछ्ने
एउटा सानो कपडाको टुक्रा या एन्टी ब्याकटेरियल वाइपको मद्दतले फोनलाइ पुछेर पनि धेरै किटाणुहरु हटाउन सकिन्छ । माइक्रोफाइबर वाला कपडाले पुछदा राम्रो हुन्छ र कपडा सफा र सुख्खा हुनुपर्छ । ग्लासलाई पुछ्न थोरै सफा पानी वा रक्सीको प्रयोग गर्न सकिन्छ जसले गर्दा धुलो, पसिनाको दाग आदि मेटिएर राम्रो देखिन्छ ।
ईयर बड् र टूथपीकको प्रयोग
ग्लास र फोनको बिचमा रहेको सानो ठाँउलाई कपडाले पनि भेटिदैन । यस्तो ठाँउलाई टूथपीकको प्रयोगले फोहोर हटाउन सकिन्छ । होम बटन र स्पीकरको पनि टूथपीक या कपासको कान सफा गर्नैको प्रयोगले सफा गर्न सकिन्छ ।
आफ्नो फोन कभरलाई सफा गर्ने
फोनको पछाडिको भागमा ठूलो स्पेस हुने र त्यहाँ किटाणुहरुलाई प्रजननमा सहज हुने हुँदा आफ्नो फोन कभरलाई सफा गर्नु अत्यावश्यक कुरा हो ।
यदी फोन कभर पोली कार्बोनेट वा टीपीयूको बनेको छ भने त्यसलाई पानीमा पखालेर हेयर ड्रायरले सुकाउन सकिन्छ । तर यदि तपाईको फोन कभर कपडाले बनेको छ भने कपडालाई थोरै रक्सीमा भिजाएर सफा गर्न सकिन्छ ।
मोबाइल एक्सेरिजलाई सफा गर्ने
पानी रक्सीको घोलले माइक्रोफाइबर वाला कपडाको प्रयोगले ईयरफोन, चार्जर र अरु मोबाइल एक्सेसरीजलाई सफा गर्न सकिन्छ ।
स्टार्टअप
अब यसरी गर्नुहोस् प्रहरी सेवा सम्बन्धी तत्काल उजुरी वा गुनासो
अब नेपाल प्रहरीको सेवा सम्बन्धी विविध बिषयमा विभिन्न माध्यमबाट तत्काल जानकारी लिन त…
केही दिनमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्नुहोस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिन भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिज…
नेपाल टेलिकमको वेबसाइटबाटै लिन सकिन्छ यी विविध सुविधा
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले गत माघमा आफ्नो के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ । वा पावर बैंक बोकेर हिड्दा समस्याम…
एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएक…
यस्ता छन् जूम बम्बिङबाट बच्ने तरिका
पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्…
के तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा दर्ता छ ? यस्तो छ थाहा पाउने तरिका
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
अनलाइनबाटै कृषि विकास बैंकको खाता खोल्न सकिने
अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले…
मोबाइलबाटै कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने
अब मोबाइल एप मार्फत कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने भएको छ । शु…
अशक्त मानिसको दैनिकीमा सहजता प्रदान गर्दै कलर ओएस
भरखरै विश्व स्वास्थ्य संगठले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एक बिलियन भन्दा बढी म…
यसरी गर्नुहोस् कम्प्युटरमा निःशूल्क भिडियो इडिट
आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…
साइबर सेक्युरिटीका केहि रोचक तथ्यहरु
- के तपाईलाई थाहा छ फेसबुकका मालिकले आफ्नो कम्प्युटर ल्यापटपको वेब क्याम्प र माइक्रोफोनमा टेप लगाउँछन ।
- अमेरिकाले आर्थिक…