स्टार्टअप
फेस्टले सार्वजनिक गर्यो बालबालिकाहरूको लागि निःशुल्क डिजिटल एप
कोरोना भाइरसको कारणले २ हप्तादेखि देश लकडाउनमा छ । जसको कारणले उद्योग, कल कारखाना, शैक्षिक संस्था लगायतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।
शैक्षिक संस्था बन्द हुदा हजारौं बालबालिका स्कुल जानबाट बञ्चित भएका छन् । यही समस्यालाई ध्यानमा राख्दै फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ ।
यो एपमा बालबालिकाहरूको लागि कोरोना भाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर जनचेतनामूलक सन्देश पनि राखिएको फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिएका छन् ।
नेपाली वर्णमाला नेपाली बालबालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपमा बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठयक्रम रहेको छ ।
खेल तथा मनोरञ्जनका साथै यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ । यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्वारा बालबालिकाहरूको ध्यान केन्द्रित गराई, बालबालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ ।
नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनीका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए ।
त्यस्तै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएको छ । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।
फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ ।
फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ ।
स्टार्टअप
घरमै बसेर \'नि:शुल्क\' अध्ययन गर्नुहोस, यस्ता छन् चलेका अनलाइन लर्निङ प्लाटफर्म
यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसले गर्दा यो समाच…
यी हुन् सन् २०१९ का उत्कृष्ट एन्ड्रोइड एपहरु
विश्वमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ । विश्वमा आइफोन भन्दा एन्ड्रोइड फोन …
कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…
महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…
इन्टरनेट डटकम १ करोड ८० लाख डलरमा विक्री भएको थियो
पहिलो डटकम डोमेन दर्ता मार्च १९८५ मा भएको थियो । ३५ वर्षअघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक्स डटकम
हाम्रा डिभाइस कसरी कम्प्रोमाइज गरिन्छन् ?
हाल उपलब्ध हुने अधिकांश डिभाइसहरु इन्टरनेट सक्रिय हुने गरेका छन् । यस्ता डिभाइसहरू इन्टरनेटमा कनेक्ट हुने र एक्सेस गर्न सकिने गरी डिजाइन गरिएका हुन्छन् । <…
इन्टरनेटमा \'नेपाली\'
- नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा इन्टरनेट ग्राहकको संख्या २ करोड ११ लाख ७ हजार ५ सय ९० छ ।
- नेपालमा सबैभन्दा धे…
बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु
सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम
सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…