स्टार्टअप
कुमारी बैंकको पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सहयोग
कुमारी बैंक लिमिटेडको दुलेगौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको छ ।
स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविन राज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवद्वारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्रदान गरेका थिए ।
विद्यालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको यस विद्यालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।
बैंकका देशभर १२० शाखा, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैं आएको छ ।
कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
स्टार्टअप
एन आईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा
एन आईसी ए…
पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ …