कीवर्डहरू -

स्टार्टअप

 डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न 

कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो ।

हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।

\"\"

यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत बताउछन् ।

गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाज्यूद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।

चैत २० गते सम्पन्न सञ्चालक समितिको बैठकले देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति, परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपालिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
\"\"

स्टार्टअप

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…

इन्टरनेट डटकम १ करोड ८० लाख डलरमा विक्री भएको थियो

पहिलो डटकम डोमेन दर्ता मार्च १९८५ मा भएको थियो । ३५ वर्षअघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक्स डटकम

हाम्रा डिभाइस कसरी कम्प्रोमाइज गरिन्छन् ?

हाल उपलब्ध हुने अधिकांश डिभाइसहरु इन्टरनेट सक्रिय हुने गरेका छन् । यस्ता डिभाइसहरू इन्टरनेटमा कनेक्ट हुने र एक्सेस गर्न सकिने गरी डिजाइन गरिएका हुन्छन् । <…

इन्टरनेटमा  \'नेपाली\' 

  • नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा इन्टरनेट ग्राहकको संख्या २ करोड ११ लाख ७ हजार ५ सय ९० छ । 
  • नेपालमा सबैभन्दा धे…

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम

सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…