स्टार्टअप
केयुका विद्यार्थीले बनाए विद्युतीय कार, फर्मुला भारत च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ विश्वविद्यालय (केयु) का विद्यार्थीहरुले फर्मुला थ्री रेस विद्युतीय कारको निर्माण गरेका छन् । काठमाडौँ विश्वविद्यालयको टिम ऊर्जाले आगामी जनवरी १९ देखि २४ सम्म भारतमा हुने ‘फर्मुला भारत च्याम्पियनशीप २०२४’ मा सहभागी हुनका लागि उक्त विद्युतीय कारको निर्माण गरेको हो ।
केयुका विद्यार्थीहरूले नै फर्मुला थ्री रेस विद्युतीय कारको डिजाइन र विकास गरेका हुन् । टिम ऊर्जाको नेतृत्व पियुस नेपाल, मेकानिल लिड रोजन विष्ट र इलेक्ट्रिकल लिड सुलभ कार्कीले गरिरहेका छन् भने टिम ऊर्जामा करिब १६ जना सदस्य रहेका छन् । टिम ऊर्जाको प्राविधिक साझेदारको रुपमा यात्री मोटरसाइकले सहयोग गरिरहेको छ ।
रेस ईभी निर्माण गर्ने ठाउँ प्रदान गर्ने देखि लिएर, स्रोत साधन दिने र थप प्राविधिक सहयोग प्रदान गर्नेसम्ममा यात्रीले मद्दत गरिरहेको इलेक्ट्रिकल टिम लिड सुलभ कार्कीले बताए ।
अन्य आवश्यक सम्पूर्ण स्रोतसाधन, सल्लाहकार तथा आर्थिक सहयोग केयूको इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिंग विभागले नै उपलब्ध गराइरहेको छ । यसैगरी ब्याट्रीको डिजाइनिंगका लागि टिम ऊर्जाले झम्सिखेल स्थित ईभोल्ट कम्पनीसँग सहकार्य गरेको छ ।
फर्मुला थ्री रेस विद्युतीय कारको सानोदेखि ठूलो सबै पार्ट पूर्जा रुट इन्जिनियरिंग प्रयोग गरेर बनाइएको कार्कीले जानकारी दिए। ‘हामीले कुनै पनि पार्ट पूर्जा बाहिरबाट ल्याएर यहाँ एसेम्बल गरेका छैनौँ,’ कार्कीले भने, ‘विद्युतीय कारको सानोदेखि ठूलो सबै पार्ट पूर्जा रुट इन्जिनियरिंग प्रयोग गरिएको छ ।’
फर्मुला भारत च्यापियनशिपले सञ्चालन गर्ने क्वीजमा छनोट भएपछि मात्रै यस प्रतियोगितामा सहभागी हुन पाइन्छ । त्यसमा टिम उर्जा सफल भएको थियो । यस प्रतियोगितामा सहभागी हुन् डकुमेन्ट भेरिफिकेसन चाहिने हुँदा टिम ऊर्जाले त्यसका लागि ६ महिनादेखि काम गर्दै आएको छ ।
प्राविधिक जाँचपछि प्रतियोगितामा अन ट्रयाक प्रतिस्पर्धा हुन्छ, जहाँ ८० देखि १०० टिमहरू सहभागी हुनेछन् । त्यसमा एउटा टिम उर्जा समेत हुनेछ ।
ट्रयाक पूरा गर्ननै ५–६ दिन लाग्ने हुँदा यो लामो किसिमको प्रतिस्पर्धा हुने उनको भनाइ छ । टिम ऊर्जाले हाल प्रतिस्पर्धामा हुने २४ किलोमिटरको इन्ड्युरेन्स ट्रयाकमा अघि बढने लक्ष्य राखेको छ ।
टिम उर्जाले केयूको इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिंग विभाग, यात्री मोटरसाइटकल, ईभोल्ट लगायतसँगको सहकार्यमा विद्युतीय कार निर्माण गरेपनि अब प्रतिस्पर्धामा भाग लिनका लागि आर्थिक सहयोगको खाँचो रहेको जनाइएको छ । ट्राभल र कार्गोका लागि लजिष्टिक स्पोन्सरसीप खोजिरहेको उनीहरूको भनाइ छ ।
फर्मुला च्यापियनशिप जर्मनीबाट सुरु भएको कार्यक्रम हो । त्यहाँबाट विस्तार हुँदै अमेरिका, फ्रान्स, अस्ट्रलियाहुँदै भारतले पनि सो कार्यक्रम आयोजना गर्न थालेको हो । फर्मुला भारत च्यापियनशिपमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउँछन् ।
यो एक इन्जिनियरिङ डिजाइन प्रतियोगिता हो, जसमा सहभागी हुन् हरेक पटक लाइफ साइज फर्मुला–स्टाइल सवारी साधनको डिजाइन र निर्माण गर्न आवश्यक हुन्छ ।
यसको लक्ष्य भनेको ईन्जिनियरिङ्को सैद्धान्तिक ज्ञानलाई व्यावहारिक वातावरणमा परीक्षण गर्नु रहेको छ । यस प्रतियोगितामा कम्बसन र इभी गरी दुई विधा हुने गर्दछ । यो वर्ष फर्मुला भारत च्याम्पियनशीप २०२४ को आठौँ संस्करण हो ।
स्टार्टअप
विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि
नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु ।…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
सस्तो शुल्कमा वेबसाइट होस्टिङ सुविधा दिने ‘इपिसेन्टर होस्टिङ’
पछिल्लो समय नेपालमा पनि स्टार्टअप कल्चर बढ्दै गएको छ । कुनै पनि स्टार्टअप वा व्यवसायका लागि वेबसाइट महत्त्वपूर्ण हुन्छ । वेबसाइटका …
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’
नेपालको सार्वजनिक यातायात सेवा व्यवस्थित छैन् । देशको राजधानी काठमाडौंको हालत पनि उस्तै छ । कतै जान पर्यो जाम त खानै पर्छ…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…
लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’
पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप ख…
गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम
हामीले दूध दिनहुँ उपभोग गर्छौ । चियाँ खान होस् वा दूध पिउन नै किन नहोस् दूधको प्रयोग हरेक घरमा हुन्छ । तर, हामी बजारमा जस्तो …
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि …
फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाँउने उपयुक्त प्लेटफर्म 'ड्रेसन'
पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ प्रविधि प्रयोग गरेर नयाँ कुरा बनाइ राखेका हुन्छन् । खासगरी कलेज पढ्ने विद्यार्थीले । यहीँ नय…
रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु
नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्याउने स्टार्टअप …
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको…
नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'
शुद्ध नेपाली अहिले निकै महत्वपूर्ण मानिन्छ । नेपाली लेख्न भनेजस्तो सजिलो पनि छैन । जतिनै शुद्ध लेखेपनि कही न कही त बिग्रेकै हुन्…
दृष्टि विहीनहरुको आँखाको ज्योति बन्दै 'दृश्य'
मानिसको सबैभन्दा अमूल्य चिज भनेको आँखा हो । यदि कसैले आँखा देख्दैन भने केही रमणीय दृश्यहरु गुमाउन सक्छ । आफ्नो आवश्यक डकुमेन्टह…
रासन टेक्नोलोजी : नेपाली खुद्रा विक्रेता र उत्पादकहरूको सम्बन्धलाई परिभाषित गर्दै
कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन । सूचना, सञ्चार र प्…