कीवर्डहरू -

स्टार्टअप

प्रविधि क्षेत्रको लैंगिक असमानता हटाउन रेश्मा सौजानीले सुरू गरेको ‘गर्ल्स हु कोड’

प्रविधि क्षेत्रमा लैंगिक विभाजन धेरैहदसम्म कम हुँदै गएको छ । तर अझै पनि पुरूषको तुलनामा महिला सहभागिताको अनुपात निकै कम नै छ ।

यसको पछाडि थुप्रै कारण र चुनौती छन् । अनेक चुनौतीसँग जुध्दै प्रविधि क्षेत्रको नेतृत्वदायी भूमिकामा पुगेका महिलाहरू पनि छन् । उनीहरूले आफ्नो क्षमता विश्वसामु देखाएका छन् । त्यसै मध्येकी एक हुन्, रेश्मा सौजानी । कानुन व्यवसायी, राजनीतिज्ञ र नागरिक सेवक समेत रहेकी सौजानी गर्ल्स हु कोडमार्फत हजारौं महिलाहरूलाई प्रविधि क्षेत्रमा लाग्न प्रेरित गरिरहेकी छन् । 

महिलाहरूलाई प्रविधि र इन्जिनियरिङ जस्ता पुरुष–प्रधान क्षेत्रमा आफ्नो बाटो पहिल्याउन र विजय हासिल गर्नका लागि अझ बढी मिहिनेत गर्न आवश्यक रहेको सौजानीको ठम्म्याइ छ । 

‘महिला सशक्तिकरण बाल्यकालबाटै सुरू गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रविधिको क्षेत्रमा थप महिला नेतृत्वकर्ता देख्न चाहन्छौँ भने हामीले सानै उमेरमा किशोरीहरूलाई हौसला दिन सुरू गर्नुपर्छ ।’

null

प्रविधिमा लाग्न महिलालाई प्रेरित गर्ने गर्ल्स हु कोड

सौजानी किशोरीहरूलाई आत्मविश्वासी, सु-सूचित र सक्षम बनाउने मिशन लिएर हिडिरहेकी छन् । प्रविधिको क्षेत्रमा अझै पनि पुरूषहरूको प्रभूत्व रहेको छ । पुरूषहरूको तुलनामा महिलाहरूको प्रतिनिधित्व एकदमै कम छ । जब यो तीतो यथार्थ उनले थाहा पाइन, तब सोच्न बाध्य भइन ।

त्यही सोचको उपज हो, गर्ल्स हु कोड । प्रविधि क्षेत्रमा रहेको ठूलो लैंगिक अन्तर कम गर्नका लागि सन् २०१२ मा गर्ल्स हु कोड स्थापना भएको थियो । यो एउटा गैर–नाफामुखी संस्था हो, जसको मिशन प्रविधिमा रहेको लैंगिक अन्तरलाई मेटाउने रहेको छ ।

साप्ताहिक कोडिङ क्लबको रूपमा सुरु भएको यो संस्था अहिले एक व्यापक परिर्वतनको उत्प्रेरक बनेको छ, जसले विश्वको ३०० शहरहरूमा कोडिङ शिक्षा र परामर्श कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

२१ औ शताब्दीका लागि महिलाहरूलाई सक्षम बनाउन संस्थाले आफ्टर–स्कूल क्लब, ग्रीष्मकालीन कार्यक्रम, प्रशिक्षक प्रशिक्षण, भर्चुअल पाठ्यक्रम लगायतमा जोड दिएको छ । 

गर्ल्स हु कोडले सिकाउँदैन् मात्रै । स्टेम क्षेत्रमा महिलाहरूलाई रोक्ने सामाजिक र सांस्कृतिक बाधाहरू हटाउन समेत काम गरिरहेको छ । 

null

प्रविधिमा लैङ्गिक असमानता, शिक्षाको कारण मात्र आएको होइन । यसका पछाडि अन्य कारणहरू पनि छन् ।सामाजिक मान्यता, रूढीवादी धारणा र प्रत्यक्ष देखिने रोल मोडलहरूको अभावले महिलाहरूलाई पुरुषप्रधान क्षेत्रमा आफ्नो चासोलाई पछ्याउनबाट रोक्ने मनोवैज्ञानिक अवरोध सिर्जना गरिरहेको छ । सौजानीले यो कुरा थाहा पाएकी थिइन् । त्यसअनुसार शिक्षासँगसँगै अन्य सामाजिक मान्यतालाई तोड्न पनि उनले काम गर्न थालिन ।

सानैदेखि केटाहरूलाई जोखिम लिन र केहीहरूलाई केटीहरूलाई जोखिम र असफलताबाट बच्न सिकाइने भएका कारण प्रविधि क्षेत्रमा लैङ्गिक असमानता बढेको उनको धारणा छ । 

अमेरिकामा केवल १८ प्रतिशत महिलाहरूले मात्र कम्प्युटर साइन्समा स्नातक डिग्री पाउँछन् । नेपालमा सन् २०२३ मा २६ प्रतिशत महिला विद्यार्थीहरुले कम्प्युटर साइन्समा स्नातक गरेको बताइएको छ । 
यी तथ्यहरूले पनि के देखाउँछ भने बाल्यकालमा केटीहरूलाई आवश्यक शिक्षा, अनुभव र सशक्तिकरण दिन समाज अझै पनि कतै न कतै असफल रहेको छ ।

त्यसैले केवल कोडिङ सीप सिकाएर असमानताको समस्या समाधान हुने थिएन । यसका लागि सामाजिक संरचना र प्रणालीमै सुधार ल्याउनु पर्छ । त्यसैले गर्ल्स हु कोडले महिलालाई सशक्त बनाउन सम्पूर्ण सामाजिक र सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको छ । 

null

यस बाहेक गर्ल्स हु कोडले अन्तर्क्रायात्मक तरिकाले अध्ययन गराउँदै आएको छ । गेमिफाइड र परियोजनामा आधारित सिकाइमा ध्यान दिइएको छ । संस्थाले प्रत्येक कार्यक्रममा सहभागीहरूलाई रोल मोडलहरूसँग जोड्दै समेत आएको छ ।

गर्ल्स हु कोडले ५ लाख ८० हजारभन्दा बढी केटीहरूलाई कोड सिकाएको छ । यो संस्थामार्फत साना बालिकाहरूले प्रविधिमा आफ्नो नेतृत्व विकास गर्ने अवसर पाएका छन् । सौजानीले सोचले आज सफलता पाउँदै गएको छ । विश्वभर प्रविधिको क्षेत्रमा लाग्ने महिलाहरूको संख्या बढ्न थालेको छ । 
 

स्टार्टअप

३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना प्रकाशित…

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको …

स्टार्टअप नीति कार्यान्वयनमा सरोकारवालाहरुको जोड

गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०८० कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा…

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने

सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक व…

स्टार्टअपले १० वर्षसम्म आयकरमा छुट पाउने, यस्तो छ स्टार्टअप नीति

सरकारले स्टार्टअपलाई १० वर्षसम्म आयकरमा छुट दिने भएको छ । सरकारले हालै पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा स्टार्टअ…

१ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।  

सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने

सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त…

ग्राफिक डिजाइनको इडिटेबल फाइल किन्न मिल्ने प्लेटफर्म ग्राफिक्स सेल नेपाल डटकम

कसैलाई शुभकामना दिन होस् वा कुनै सभा, सम्मेलन, गोष्ठी लगायतका कामका लागि नै किन नहोस् । व्यक्तिगत र व्यवसायिक कामका लागि ग्राफि…

सहकारीलाई डिजिटलाइज गर्दै मिरा ईआरपी सफ्टवेयर

मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा सहकारीलाई लिइन्छ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर धेरै सहकारी…

राईड शेयरिङ प्लेटफर्म जुमजुमः राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट

नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ नामक राईड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । एफवान सफ्ट अन्तर्गतको नेपाल मो…

स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’

पोखराका स्वदेश नेपाली, कोरोना महामारी अगाडिसम्म साझेदारीमा पोखरामा होटल सञ्चालन गरिरहेका थिए …

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत, स्टार्टअपको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत गरेको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वी…

लगानी सम्मेलनः डेटा सेन्टर, ल्यापटप, मोबाइल एसेम्बली प्लान्टदेखि आईटी पार्कसम्म शोकेस हुँदै

सरकारले वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ५ वटा परियोजना शोकेस गर्ने भएक…

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ प्रस्ताव मात्रै योग्य, बाँकी प्रस्ताव किन भए अयोग्य ?

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि योग्य सूचीमा परेका ३९४ प्रस्तावहरू सार्वजनिक गरेको छ । गत माघ…

विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स ‘मोबाइलमाण्डु’ हाँकिरहेकी खिमा

सन् २०१९ तिर नेपालको ई-कमर्स बजार भर्खर भर्खर फस्टाउन थालेको थियो । विभिन्न ई-कमर्स प्लेटफर्महरू बजारमा आइरहेका थिए । तर इलेक्ट्रो…