स्टार्टअप
बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी
नेपालको आफ्नै म्याप्स बाटो म्याप्स शार्क ट्यांक नेपालबाट २ करोड ४० लाख लगानी प्राप्त गर्न सफल भएको छ । शार्क ट्यांक नेपालमा बाटो म्याप्सले १० प्रतिशत इक्विटीका लागि २ करोड रूपैयाँ माग गरेको थियो ।
तर २ करोड ४० लाखमा ४० प्रतिशत इक्विटी लिने गरी डिल भएको हो । बाटो म्याप्समा शार्कहरू आईएमई ग्रुपका हेमराज ढकाल र निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारियाले लगानी गरेका हुन् ।
बाटो म्याप्समा चार पांग्रे र दुई पांग्रे सवारीसाधन जाने गरी सडकलाई २ भागमा विभाजन गरिएको छ । बाटो म्याप्सको मोबाइल एप अहिलेसम्म २ लाखले डाउनलोड गरिसकेका छन् । यसमा अफलाइन म्याप्स र सार्वजनिक यातायात रूट हेर्ने समेत सुविधा रहेको छ ।
बाटो एप गूगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । बाटोको म्याप्स सुविधा अहिलेसम्म १५ वटा इन्टरप्राइज क्लाइन्टले प्रयोग गरिरहेका छन्, जसबाट १.२ मिलियन एपीआई हिट हुने गरेको छ ।
गूगल म्याप्स भन्दा बाटो म्याप्सको एपीआई ७० प्रतिशत सस्तो भएको कम्पनीको दावी छ । बाटो म्याप्सलाई अझै राम्रो बनाउन अहिलेसम्म २ लाखले योगदान समेत दिइसकेका छन् ।
बाटो म्याप्स मोबाइल एपलाई बिजनेस मार्केटिङ प्लेटफर्मको रूपमा विकास गर्ने गरी यसमा अनुम्यान्टेन्ड रियालिटी र लोकेसन रेलिभेन्ट नोटिफिकेसन समेत राखिएको छ ।
स्टार्टअप
नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?
विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही …
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअपलाई आयकर नलाग्ने
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई आयकर नलाग्ने व्यवस्था गरिएको छ ।
बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस, को को परे ?
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्…
कर्मचारीलाई स्टार्टअपहरूले पैसाको साटो शेयर दिन सक्ने, कार्यान्वयन प्रक्रिया सहज बनाउन जोड
सरकारले गुडवील, सेवा, सोच, ज्ञान र श्रमका आधारमा ‘स्वेट शेयर’ जारी गर्न सक्ने व्यवस्था गरेको छ । गत शुक्रबार बसेको …
स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?
स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्यो…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’
अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भि…
प्रविधि क्षेत्रको लैंगिक असमानता हटाउन रेश्मा सौजानीले सुरू गरेको ‘गर्ल्स हु कोड’
प्रविधि क्षेत्रमा लैंगिक विभाजन धेरैहदसम्म कम हुँदै गएको छ । तर अझै पनि पुरूषको तुलनामा महिला सहभागिताको अनुपात निकै कम नै …
ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म
आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारम…
आधुनिक सिलाई मेसिनका आविष्कारक सिङ्गर, जसले नवप्रवर्तनमार्फत लाखौंको जीवनमा परिवर्तन ल्याए
आइज्याक मेरिट सिङ्गरको एउटा आविष्कारले आज धेरैको जीवनलाई रूपान्तरण गरिदिएको छ । धेरैलाई आत्मनिर्भर बनाएको छ । धेरैको जीविकोपार्जन माध्यम बनेको छ । त्यो आवि…
वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा
सोशल मिडिया एप्लिकेसन इन्स्टाग्राम विश्वको लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो । विशेष गरी युवापुस्ताको रोजाइमा इन्स्टाग्…
३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना प्रकाशित…