कीवर्डहरू -

स्टार्टअप

ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म

आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारमा जन्मिएका एक शरणार्थी युवाले बनाएका हुन् । ती युवाको नाम हो, जन कौम ।

जन कौम सन् १९७६ मा युक्रेनको यहूदी परिवारमा जन्मिएका हुन् । घरको एक्लो सन्तान रहेका उनका बुबा निर्माण व्यवस्थापक र आमा गृहिणी थिइन् । तत्कालीन सोभियत संघबाट विभिन्न कठिनाइ सामान गरेको उनका आमा–बुबाले फोनमा बोल्न पनि डर मान्थे ।  किनकी सरकारको फोन सुन्ने सम्भावना थियो ।  

सन् १९९१ मा सोभियत संघ पतन भएसँगै जन र उनकी आमा अमेरिकाको क्यालिफोर्नियाको माउन्टेन भ्यूमा बसाइ सरे । त्यसपछि उनीहरूले अनेक आर्थिक कठिनाइसँग जुध्नु पर्‍यो । त्यो बेला जनले परिवारको गुजारा चलाउन सुपरमार्केटमा सफाई कर्मचारीको रूपमा काम गर्न थालेका थिए । 

उनीहरूले सरकारबाट प्राप्त सहयोगको आधारमा आफ्नो जीवन धान्नुपर्ने अवस्था थियो । केही समय पछि जनकी आमालाई क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि त झनै कस्टकर जीवन झेल्नु परेको थियो । आमा छोरा फुड कुपन र आमाको असक्षमता बीमा (डिसआबिलिटी इन्सुरेन्स) को भरमा बाँच्नुपर्ने अवस्था थियो । 

null

चुनौतीहरू आएपनि जनलाई १८ वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङप्रति रूची जाग्न थालिसकेको थियो । उनले म्यानुअलहरूबाट कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । प्रोग्रामिङ सिक्दै गर्दा उनी स्यान जोसे विश्वविद्यालयमा भर्ना भए र पहिलो वर्षमा अर्न्स्ट एन्ड यङ कम्पनीमा सुरक्षा परीक्षकको रूपमा काम गर्ने अवसर प्राप्त गरे ।

त्यसपछि थप अनुभव लिन उनी उउ नामको कम्प्युटर सुरक्षा समूहमा पनि काम गर्न थालेका थिए । यही समयमा जनको भेट ब्रायन एक्टनसँग हुन्छ । सन् १९९७ मा जनले याहूमा जागिर पाए । जागिर पाएपछि पढाइ छोडे । यहीक्रममा उनले ब्रायनसँग नौ वर्षसम्म याहूमा काम गरेका थिए ।  

तर, सन् २००९ मा, दुवैले याहुको जागिर छोडेर एउटा स्टार्टअपमा काम गर्ने निर्णय लिए र ह्वाट्सएपलाई अगाडि बढाए । 

ह्वाट्सएपको उदय 

प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिने र विज्ञापन तथा डेटा कमाईको माध्यम नबनाउने जन र ब्रायनको लक्ष्य थियो । सजिलैसँग परिवार र साथीहरूसँग सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सक्ने प्लेटफर्म बनाउनु उनीहरूको एकमात्र उद्देश्य थियो । 

त्यसैको उपज हो, आजको ह्वाट्सएप, जुन अर्बौ प्रयोगकर्ताको दैनिकी बनेको छ । सूचना आदान प्रदानमा सहजता थपेको छ । यसमा प्रयोगकर्ताको संवादलाई सुरक्षित बनाउन एण्ड–टू–एण्ड इन्क्रिप्सन प्रयोग गरिएको छ ।  

null

आफु पूर्ण निगरानीयुक्त देशमा हुर्किएकाले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिएर ह्वाट्सएप डिजाइन गरिएको जन बताउँछन् । 

‘म यस्तो समाजमा हुर्कें जहाँ तपाईले गरेका सबै कुरा निगरानी गरिन्थ्यो, रेकर्ड गरिन्थ्यो, अरूले बताएर झुटो आरोप लगाउँथे,’ उनले भने, ‘फोनमा बोल्दा सरकारले सुनिरहेको छ कि भन्ने त्रास हुन्थ्यो । गोपनीयताको हक कति महत्वपूर्ण हुन्छ भन्ने बारे मलाई मात्रै थाहा छ ।’

ह्वाट्सएप नाम अमेरिकामा प्रचलित एक शब्दबाट राखिएको हो, जुन ‘What's Up?’ भन्ने वाक्यांशको खेल हो । ह्वाट्सएप पहिलो संस्करणका रूपमा एप स्टोरमा उपलब्ध भएको थियो । तर बिडम्बना, पहिलो संस्करणले मानिसहरूको ध्यान आकर्षित गर्न सकेन र यसमा धेरै त्रुटिहरू देखिए । 

आफुले मिहेत गरेर तयार गरेको सफ्टवेयरमा आकर्षन कम देखिएपछि जन कौम निराश भएका थिए । परियोजना नै छोडेन सोच आएको थियो । एक्टनले उनलाई त्यस्तो गर्न दिएनन् । ‘यदि तिमी अहिले हार मान्यौ भने, त्यो मूर्खता र असमर्थता हुनेछ । आफूलाई बुझाउ, अझै प्रयास गर,’ एक्टनले भने । 

अनि जन कौमले पहिले देखिएका त्रुटिहरूलाई सुधार गरेर अर्को संस्करण ल्याए र ह्वाट्सएप म्यासेन्जर बन्यो । आईफोन र ब्लयाकबेरी फोनहरूका लागि अन्य संस्करणहरू पनि तयार गरिएको थियो । 

कौमले ह्वाट्सएपलाई विज्ञापनरहित प्लेटफर्म रहन दिने पनि प्रतिज्ञा पनि गरेका छन् । उनी भन्छन्, ‘सामाजिक सञ्जाल र साइटहरूमा प्रयोगकर्ताहरूको जानकारी संकलन गर्नुको कारण भनेको कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूका बारेमा सही र भरपर्दो तथ्यांक प्राप्त गरी तिनीहरूलाई मनपर्ने विज्ञापनहरू पठाउनु हो । तर, ह्वाट्सएप विज्ञापनबाट टाढा रहेको छ, त्यसैले यसले प्रयोगकर्ताहरूको जानकारी अन्य कम्पनीहरूलाई दिने आवश्यक ठान्दैन, जसले यसको प्रयोगकर्ताहरूको सुरक्षा बढाउँछ ।’

ह्वाट्सएप विश्वभर लोकप्रिय बन्दै थियो । त्यसैक्रममा सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब अमेरिकी डलरमा खरिद गर्‍यो । अहिले जन कौमसँग ह्वाट्सएपको ४५ प्रतिशत शेयर छ । कुनै बेला गुजारा चलाउन संघर्ष गरेका जन आज अर्बपति छन् । धेरैको प्रेरणाको स्रोत पनि बनेका छन् । 
 

स्टार्टअप

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको …

स्टार्टअप नीति कार्यान्वयनमा सरोकारवालाहरुको जोड

गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति–२०८० कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा…

१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने

सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक व…

स्टार्टअपले १० वर्षसम्म आयकरमा छुट पाउने, यस्तो छ स्टार्टअप नीति

सरकारले स्टार्टअपलाई १० वर्षसम्म आयकरमा छुट दिने भएको छ । सरकारले हालै पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा स्टार्टअ…

१ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।  

सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने

सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त…

ग्राफिक डिजाइनको इडिटेबल फाइल किन्न मिल्ने प्लेटफर्म ग्राफिक्स सेल नेपाल डटकम

कसैलाई शुभकामना दिन होस् वा कुनै सभा, सम्मेलन, गोष्ठी लगायतका कामका लागि नै किन नहोस् । व्यक्तिगत र व्यवसायिक कामका लागि ग्राफि…

सहकारीलाई डिजिटलाइज गर्दै मिरा ईआरपी सफ्टवेयर

मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा सहकारीलाई लिइन्छ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर धेरै सहकारी…

राईड शेयरिङ प्लेटफर्म जुमजुमः राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट

नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ नामक राईड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । एफवान सफ्ट अन्तर्गतको नेपाल मो…

स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’

पोखराका स्वदेश नेपाली, कोरोना महामारी अगाडिसम्म साझेदारीमा पोखरामा होटल सञ्चालन गरिरहेका थिए …

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत, स्टार्टअपको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत गरेको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वी…

लगानी सम्मेलनः डेटा सेन्टर, ल्यापटप, मोबाइल एसेम्बली प्लान्टदेखि आईटी पार्कसम्म शोकेस हुँदै

सरकारले वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ५ वटा परियोजना शोकेस गर्ने भएक…

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ प्रस्ताव मात्रै योग्य, बाँकी प्रस्ताव किन भए अयोग्य ?

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि योग्य सूचीमा परेका ३९४ प्रस्तावहरू सार्वजनिक गरेको छ । गत माघ…

विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स ‘मोबाइलमाण्डु’ हाँकिरहेकी खिमा

सन् २०१९ तिर नेपालको ई-कमर्स बजार भर्खर भर्खर फस्टाउन थालेको थियो । विभिन्न ई-कमर्स प्लेटफर्महरू बजारमा आइरहेका थिए । तर इलेक्ट्रो…

आविष्कार केन्द्रले बनायो दात कोट्याउने सिन्का बनाउने मेसिन, एक बर्षको ग्यारेन्टी पनि पाइने

राष्ट्रिय आविष्कार केन्द्रले दात कोट्याउने सिन्का बनाउने मेसिन तयार गरेको छ । 

राष्ट्र…