कीवर्डहरू -

स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १२ स्टार्टअप छनोट गरिएको हो ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप


आर्कबो टेक्नोलोजीज प्रा. लि.

आर्कबो टेक्नोलोजीज सन् २०२३ मा स्थापना भएको स्टार्टअप हो । कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस), अनलाइन एक्जामिनेसन सिस्टम र ट्रेनिङ म्यानेजमेन्ट जस्ता सिस्टम विकास गरेको छ । 

बीटुबी सास र सेवामा आधारित मोडेलमा सञ्चालन हुने आर्कबोले कर्पोरेट, बैंक, बीमा कम्पनी, व्यवसायिक समूह र अन्तर्राष्ट्रिय ग्राहकहरूका लागि सब्सक्रिप्सन–आधारित प्लेटफर्म तथा कस्टम एन्टरप्राइज समाधान प्रदान पनि गर्छ ।  साथै, कम्पनीले अफिस अटोमेसन सोलुसन, डेभअप्स सर्भिसेस, भीपीएस होस्टिङ र कस्टम एप्लिकेसन डेभलपमेन्ट लगायत सेवा पनि दिदै आएको छ । कम्पनीमा २५ जनाले रोजगारी पाएका छन् । 

एटीएस भेहिकल असिस्ट प्रा. लि.

सडक सुरक्षामा काम गरिरहेको स्टार्टअप हो, एटीएस भेहिकल असिस्ट । सन् २०२३ मा स्थापना भएको एटीएसले भेहिकलले ‘रोड सेफ्टी’ का लागि सवारी साधनमा लगाउने क्युआर डेकल विकास गरेको छ । 

उक्त क्यूआर स्क्यान गरेर गलत पार्किङ, बाटोमा अवरोध वा बिग्रिएको अवस्थामा सवारीधनीलाई जानकारी गराउन सकिन्छ । यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन् । 
यति मात्र होइन, दुर्घटना भएमा, एक स्क्यान गरेर तुरुन्तै पीडितको परिवार र एटीएस नेपालको सपोर्ट टिमलाई सूचित गर्छ, जसले द्रुत उद्धार कार्यमा सहयोग पुर्‍याउँछ । अहिलेसम्म कम्पनीमा ९ जनाले रोजगारी पाएका छन् ।

बोट्स इन्डस्ट्रिज प्रा. लि.

बोट्स इन्डस्ट्रिज क्लाइमेट–टेक स्टार्टअप हो । कम्पनीले विकास गरेको वायुदृष्टि प्रडक्टले हावाको गुणस्तर मापन, पूर्वानुमान र शुद्धीकरणमा प्रविधिको प्रयोग गरिरहेको छ । यसका लागि सस्तो र स्केलेबल इन्डोर र आउटडोर मोनिटरिङ सिस्टम तयार पारिएको छ, जसले PM2.5, PM10, CO₂, तापक्रम, आर्द्रता, हावाको गति र ओजोन जस्ता तत्वहरू मापन गर्छ ।

वायुदृष्टिले आफ्नो ड्यासबोर्ड र एपीआई सर्भिससमार्फत वास्तविक समयको डेटा, स्वास्थ्यमा पर्ने प्रभावको दृश्य र एआईमा आधारित पूर्वानुमान उपलब्ध गराउँदै आएको छ । कम्पनीले स्मार्ट प्युरिफिकेसन सिस्टम पनि विकास गर्दैछ । यस बाहेक बोट्स इन्डष्ट्रिजले विद्यालय र समुदायमा हावाको गुणस्तरबारे सचेतना फैलाउने काम पनि गर्दै आएको छ । सन् २०२४ मा स्थापना भएको यस कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् । 

कनेक्ट किसान प्रा. लि.

सन् २०२४ मा स्थापना भएको एग्री टेक स्टार्टअप हो, कनेक्ट किसान । यसले नेपाली किसानहरूलाई एआईमा आधारित उपकरण र सेवामार्फत स्मार्ट तथा दिगो कृषिका लागि सहयोग गर्दै आएको छ ।

यसको एआईमा आधारित एग्री एडभाइजरीले २४ सै घण्टा भ्वाइस र टेक्स्टमार्फत बाली, मौसम र बजारबारे सल्लाह दिन्छ । कम्पनीले ड्रोन, आईओटी, र जियोलोकेशन उपकरण प्रयोग गरेर प्रिसिजन फार्मिङ, वित्तीय पहुँच, बीमा, अनुदानका लागि आवश्यक ज्ञान समेत प्रदान गर्छ । 

किसानलाई खरिदकर्तासँग प्रत्यक्ष जोड्ने र क्यूआर कोडमार्फत खेती प्रक्रियाको विवरण ट्र्याक गरेर सुविधा समेत यसले दिदै आएको छ । कम्पनीले हाल १० जनालाई रोजगारी प्रदान गरेको छ ।

साइबर अलर्ट नेपाल प्रा. लि.

साइबर अलर्ट नेपाल साइबर सुरक्षा स्टार्टअप हो । सन् २०२५ मा स्थापना भएको यस कम्पनीले सेक्युरिटी मोनिटरिङ, सेक्युरिटी अपरेसन, सेक्युरिटी इन्फरमेसन, भल्नेरेबिलिटी एसिसमेन्ट, साइबर सुरक्षा तालिम र कम्प्लायन्स कन्सल्टिङ जस्ता सेवा प्रदान गर्दै आएको छ ।  

कम्पनीले फ्रिमियम र सब्सक्रिप्सनमा आधारित विभिन्न साइबर सेक्युरिटी टुलहरू समेत विकास गरेको छ । यसमा १४ जनाले रोजगारी पाउन सफल भएका छन् । 

एलाइट्स लजिस्टिक्स प्रा. लि.

अनलाइन बिक्रेताहरूका लागि पूर्ण लजिस्टिक्स र अर्डर व्यवस्थापन समाधान प्रदान गर्ने स्टार्टअप हो, एलाइट्स लजिस्टिक्स । सन् २०२२ मा स्थापना भएको कम्पनीले सिमलेस ट्रयाकिङ सुविधासहित देशभर डेलिभरी सुविधा दिदै आएको छ । 

साथै २४ घण्टाभित्र क्यास अन डेलिभरी, एक्सप्रेस डेलिभरी, प्याकेजिङ सपोर्ट, पिकअप सेड्युलिङ सेवा पनि दिदै आएको छ ।

 फास्टो नेपाल प्रा. लि.

फास्टो नेपाल क्विक कमर्स स्टार्टअप हो, जसले १० मिनेटभित्र सामानहरू डेलिभर गर्दै आएको छ । यसका लागि कम्पनीले काठमाडौं उपत्यकामा प्रत्येक २-३ किलोमिटरमा डार्क स्टोर स्थापना गरेको छ । 

सन् २०२४ मा स्थापना भएको फास्टो नेपालमा १५२ बढीले रोजगारी प्राप्त गरेका छन् । हाल काठमाडौंमा उपत्यकामा मात्रै उपलब्ध रहेको फास्टोको सेवा निकट भविष्यमा देशका प्रमुख शहरहरूमा पनि उपब्ध हुने छन् । 

म्याक ट्वान्टी–फोर अर्बिटल्स प्रा. लि.

म्याक ट्वान्टी–फोर अर्बिटल्स एक लञ्च–भेहिकल कम्पनी हो, जसले साना उपग्रहहरूको लागि हाइब्रिड प्रोपल्सन सिस्टम र स्मार्ट लञ्च भेहिकल विकास गर्दैछ । 

आफ्नै आरएण्डडी, पुनरावृत्ति परीक्षण र बजार–केन्द्रित डिजाइनमार्फत हाइब्रिड रकेट इन्जिन र साउन्डिङ रकेट्स विकास गर्दै भविष्यमा अर्बिटल क्लास भेहिकल निर्माण गर्ने लक्ष्य कम्पनीको छ । 

सन् २०२४ मा स्थापना भएको म्याक ट्वान्टी–फोर अर्बिटल्सले ग्लोबल लन्च सर्भिस प्रदायक बन्ने सपना देखेको छ । यसमा हाल १५ जनाले रोजगारी पाएका छन् । 

सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रा. लि.

सन् २०२४ मा स्थापना भएको स्टार्टअप हो, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स । यसले क्लाउडमा आधारित लोयल्टी प्लेटफर्म सम्पर्क विकास गरेको छ, जसले व्यवसायहरूलाई आफ्ना ग्राहकहरू बुझ्न, संलग्न गराउन र बिक्री बढाउन मद्दत गर्छ । 

यसको ड्यासबोर्डमार्फत ग्राहक व्यवहार ट्र्याक गर्ने, ईमेल, एसएमएस वा पुस नोटिफिकेसन पठाउन र र बहु–स्टोर व्यवस्थापन गर्न सकिन्छ । सिंक टेक्नोलोजीले ५ जनालाई रोजगारी प्रदान गरेको छ ।

ट्रिप टर्बो प्रा. लि.

ट्रिप टर्बो अनलाइन ट्राभल एजेन्सी हो । सन् २०२१ मा स्थापना भएको यसले फ्लाइट टिकट, बस टिकट काट्नेदेखि विभिन्न एडभेन्चर क्रियाकलाप र इभेन्ट टिकटसम्म बुकिङ गर्न सकिन्छ । 

यस बाहेक विभिन्न सप्लायरहरूलाई ट्रिप टर्बोले सास ड्यासबोर्ड समेत उपलब्ध गराउँदै आएको छ, जसले समयमा इन्भेन्टरी, मूल्य र बुकिङ व्यवस्थापन गर्न मद्दत गर्छ । साथै इन्भेन्ट्रीका लागि थर्डपार्टी सेवामा पार्टनर एपीआई समेत उपलब्ध गराउँदै आएको छ । 

अहिलेसम्म ट्रिप टर्बो एप २ लाख ७० हजार बढी डाउनलोड भइसकेको छ भने ८० हजार बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीमा ३५ जनाले रोजगारी पाएका छन् । 

भेन्डिङ किङ प्रा. लि.

भेन्डिङ किङ नेपालकै एक मात्र स्मार्ट भेन्डिङ मेसिन निर्माता हो । यसले विकास गरेको आईफाभेन्ड मेसिनले स्न्याक्स, पेयपदार्थ, हाइजिन प्रडक्ट र इलेक्ट्रोनिक्स वितरण गर्न सक्छ । आईओटी प्रविधिमा आधारित मेसिनमा इन्भेन्ट्री ट्रयाकिङ, डिजिटल भुक्तानी, रिमोट मोनिटरिङ जस्ता सुविधा छन् । 

कम्पनीले डिजाइनदेखि सफ्टवेयर इन्टिग्रेसन र बिक्री पछिसम्मको सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । मेसिन कार्यालय, विद्यालय, अस्पताल र सार्वजनिक स्थलका लागि उपयुक्त भएको कम्पनीले बताएको छ । सन् २०२१ मा स्थापना भएको भेन्डिङ किङमा ५ जनाले रोजगारी पाएका छन् । 

वाइजर इ–स्पोर्ट्स प्रा. लि.

सन् २०२४ मा स्थापना भएको वाइजर इ–स्पोर्ट्सले ई-स्पोर्ट्स प्रसारण, उत्पादन र इभेन्ट एक्जिक्युनसको काम गर्दै आएको छ ।  

कम्पनीले टिकटक, टेलिनोर, जोङ फोरजी, साउदी टुरिजम अथोरिटी, जेन, ई-स्पोर्ट्स एशोशिएसन अफ नेपाल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ ।  

साथै, कम्पनीले टुर्नालिंक नामक सास प्लेटफर्म पनि विकास गरेको छ । जसले प्रतियोगिता आयोजकहरूलाई प्रसारण ग्राफिक्स, वास्तविक समय आँकडा र भ्युअर इंगेजमनेन्ट टुलसहित प्रतियोगिता सञ्चालन गर्न सजिलो बनाउँछ । कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् । 
 

स्टार्टअप

१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा

सन् २०१० को सुरूवाततिर एआई, मेसिन लर्निङ, न्युरल नेटवर्क, इमेज प्रोसेसिङ, डेटा साइन्स भर्खर भर्खर लोकप्रिय हुन थालेको थियो । नया…

बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी

नेपालको आफ्नै म्याप्स बाटो

६०० स्टार्टअपहरूलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा प्रवाह

सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०…

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक ने…

नेपाली मूलका दुई उद्यमीले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले पायो ४ अर्ब बढी लगानी

नेपाली मूलका उद्यमी नामी बराल र  नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ …

नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?

विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही …

१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअपलाई आयकर नलाग्ने

१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई आयकर नलाग्ने व्यवस्था गरिएको छ । 

बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस, को को परे ?

स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्…

कर्मचारीलाई स्टार्टअपहरूले पैसाको साटो शेयर दिन सक्ने, कार्यान्वयन प्रक्रिया सहज बनाउन जोड

सरकारले गुडवील, सेवा, सोच, ज्ञान र श्रमका आधारमा ‘स्वेट शेयर’ जारी गर्न सक्ने व्यवस्था गरेको छ । गत शुक्रबार बसेको …

स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?

स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्यो…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …

असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’

अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भि…