कीवर्डहरू -

टिप्स

यसरी बचाउनुहोस आफ्नो मोबाइलको ब्याट्री

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ । या पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ ।

आज हामि ब्याट्रीको ब्याकप लामो समयसम्म रहनको लागि केही तरिकाहरुको बारेमा जानकारी दिदै छौ ।

वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्ने

वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस । कुनै बेला हामि बिना काममा पनि यि खोलेर राख्छौ ।

कुनै ठाउँमा वाइफाईको सुविधा नै छैन तर वाईफाई खुलि राखेको हुन्छ । वा कसैलाई कुनै फाइल पठाउनको लागि ब्लुटुथ खोलेपछि  बन्द गर्न बिर्सनु भयो ।

यि मोबाइलमा भएका यस्ता फिचरलाई जब आवश्यक पर्छ तब मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस ।

अटोमेटिक एप अपडेट्सलाई बन्द गर्ने

तपाई प्लेस्टोरमा अटो एप अपडेटलाई अन गर्नु भएको छ । मानौ कुनै एपको अपडेट आयो तर त्यो समयमा तपाईलाई अपडेटको आवश्यक छैन् ।

तर पनि एप आफै अपडेट हुन्छ । यसले गर्दा अपडेट हुने समयमा ब्याट्रीको आवश्यकता पर्छ । त्यसैले अटो अपडेलाई बन्द गर्नुहोस ।

टच साउन्डलाई बन्द गर्ने

मोबाइलमा टच गर्दा वा टाइप गर्दा जुन साउन्ड आउछ । त्यो साउन्डलाई बन्द गर्नुहोस ।

किनकि त्यसको कुनै आवश्यकता नै छैन । जुन साउन्ड आवश्यकनै छैन । ति सबै साउन्डलाई अफ गर्नुहोस ।

ब्राइटनेस कम र स्क्रिन टाइम कम राख्ने

आफ्नो आवश्यकता अनुसार ब्राइटनेस म्यानुल्ली कम गर्नुहोस । त्यसैगरी स्क्रिन टाइम आउट पनि कम राख्नुहोस । कुनै बेला तपाईको मोबाइलमा नोटिफिकेसन आयो । त्यो तपाईले हेर्नुभयो ।

हेरेपछि स्क्रिन टाइम आउट कम छ भने ठिकै छ । यदि स्क्रिन टाइम आउट २ मिनेट, ५ मिनेट, १० मिनेट छ भने तपाईको ब्याट्रीको पावर खर्च हुन्छ । त्यसैले तपाईको स्क्रिन टाइम आउट १५ सेकेण्ड ३० सेकेण्ड राख्नुहोस ।

लाईभ वालपेपर हटाउने, डार्क मोड अन गर्ने

मोबाइलमा लाईभ वालपेपरको साटो स्ट्याटिक फोटोको प्रयोग गर्नुहोस । यदि तपाईको फोनमा एमोलेड वा ओलेड स्क्रिन छ भने प्लेन ब्ल्याक वालपेपरको प्रयोग गर्नुहोस ।

यदि तपाईको मोबाइलमा डार्क मोडको सुविधा छ भने यसको प्रयोग गर्न सक्नु हुन्छ । जसले गर्दा ब्याट्रीको लाइफ बढि हुन्छ ।

चाहिएको एपमा मात्र डेटा प्रयोग गर्ने

ब्याग्राउन्डमा विभिन्न एपले डेटा खपत गरिरहेका हुन्छन् । जसले गर्दा ब्याट्रीको पनि खपत भैरहेको हुन्छ ।

यसको लागि सेटिङमा गएर आफुलाई नचाहिएको एपको लागि ब्याकग्राउन्ड डेटा बन्द गर्न सक्नु हुनेछ । यसले गर्दा डेटा र ब्याट्री खपत कम हुन्छ ।

डुप्लिकेट चार्जर प्रयोग नगर्ने

डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस । यसले गर्दा ब्याट्री राम्रो सँग चार्ज नहुने र ब्याट्रीको लाइफ पनि घट्दै जान्छ ।

भ्वाइस असिस्टेन्टलाई बन्द गर्ने

गुगलको गुगल असिस्टेन्ट र आईफोनको सिरीलाई बन्द गर्नुहोस । जसले गर्दा तपाईको फोनमा माइक्रोफोन अन हुन्छ । यसले गर्दा ब्याट्री खपत पनि धेरै हुन्छ ।

मोसन एक्टिभिटि फिचर बन्द गर्ने

यसमा यदि तपाईले फोन उठाउनु भयो भने फोनको डिस्प्ले आफै अन हुने वा डिस्प्लेमा हात घुमाएपछि डिस्प्ले आफै अन हुने जस्ता सुविधा हुन्छ ।

यसको लागि फरक फरक मोबाइल एप पनि प्रयोग गरिन्छ । यसको प्रयोग नगर्नुहोस । किनभने यसले सेन्सरलाई लगातार अन गर्छ । जसले ब्याट्रीको खपत बढि हुन्छ ।

टिप्स

अग्रेजी सिकाउने सफ्टवेयर ।

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत,  अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए…

मोबाईल हरायो ? नो टेन्सन 

आफ्नो मोबाईल हरावस् भनेर कसैले पनी सोचेको हुदैन । नचाहदा नचाहदै थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने …

स्मार्टफोन खरिद गर्दा जान्नै पर्ने मुख्य ३ कुराहरु

१. खरिद गर्न चाहेको फोनका विशेषताहरु थाहा पाउँनुहोस्
तपार्इँले चाहेको फोनका विशेषता र क्षमताका बारेमा जानकार हुँनुहुन्छ भने नचा…

दैनिक जिवनमा उपयोगी  टु डु एपहरु 

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थिय…

डिलिट भएको इमेल यसरी रिस्टोर गर्नुहोस्

कुनै बेला हतारमा वा झुक्किएर आफ्नो कुनै महत्वपूर्ण इमेल डिलिट गर्नुभएको छ ? गर्नुभएको छ भने र अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ ? तर चिन्ता नलिनुहोस्, ड…

गुगल म्यापमा लाइभ लोकेसन कसरी सेयर गर्ने ?

तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसँग सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुँदैन भन्…

लिनक्स (Linux) को प्रयोग कसरी गर्ने ? यी ९ चरण ख्याल गर्नुहोस्

धेरै कम्प्युटरहरु माइक्रोसफ्टको कुनै भर्सनमा चल्दछन् । तर, अहिले धरै सर्भर र डेस्कटप कम्प्युटरहरु लिनक्स अपरेटिङ सिस्टममा चल्न थालेका छन् । यो कम्प्युटर सिस्टम नि…

पब्लिक वाइ–फाइ कसरी  सुरक्षितरुपमा प्रयोग गर्ने ? 

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेका छन् । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ट कम्प्युटरहरुको …

कसरी एउटै जीमेल एकाउन्टको एड्रेस धेरै तरिकाबाट लेख्ने ?

के तपाईलाई थाहा छ ? तपाईको एउटै जीमेल एकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्न सकिन्छ । यो धेरै जसोलाई थाहा नहुन स…

गुगल म्यापमा लाइभ लोकेशन कसरी सेयर गर्ने ?

तपाईले गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसगँ सेयर गर्न सक्नु हुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुदँैन …

डिजिटल क्यामेरा किन्दा  ध्यान दिनुपर्ने कुराहरू 

डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ । यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थाम…

यसरी छान्नुहोस् राम्रो स्मार्टफोन

विविध कारणले तपाईलाई नयाँ फोनको आवश्यक परी रहेको छ ? के ? कस्तो ? कुन ब्राण्डको ? एन्ड्रोइड वा आइओएस कुनको अपरेटिङ सिस्टम राम्रो छ ? धेरै वैकल्पिक छनौट बजा…

स्मार्टफोनको  स्पीड कसरी बढाउने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयो…

गूगल डुओमा अब भिडियो कल सँगै स्क्रिन शेयर फिचर पनि