टिप्स
सबैले थाहा पाउनु केही पर्ने एन्ड्रोइड फिचरहरु
विश्वका करोडौं मोबाइल डिभाइसमा एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका मोबाइल धेरै मानिसलाई मन पर्छ । तपाईलेथाहा पाउनु पर्ने एनड्रोइड अपरेटिङ सिस्टमका केही फिचरहरु यस प्रकार छन् :
स्क्रिन पिनिङ
फोन लक भएको समयमा सर्टेन एपहरु आफैँ लक हुने सिस्टमलाई स्क्रिन पिनिङ भनिन्छ । यो सिस्टम निश्चित अवस्थामाप्राइभेसी चाहिएमा उपयोग गर्न सकिन्छ । डिफल्टबाट स्क्रिन पनिनिङ इनेबल गर्न सकिदैन, यसकोलागि फोन सेटिङको सेक्युरिटी मेनुमा गएर इनेबल दि फिचर गर्ने र अनपिन गर्न कोड आवश्यक हुनेछ ।
एक्टिभेट गेस्ट मोड
यदि तपाईलाई तपाईको डिभाइस शेयर गर्नु पर्यो भने एन्ड्रोइड नेटीभ गेष्ट अकाउन्टलाई इनेबल गर्न सक्नु हुन्छ । तर यसमा तपाइको अकाउन्ट, फाइल, म्यासेज सेफ हुन्छ । गेस्ट अकाउन्ट बनाउनकोलागि डिभाइस सेटिङ सेलेक्ट गर्ने अनि सजिलै गेस्ट अकाउन्ट बनाउन सकिन्छ । जसमा तपाईले तपाईकोपरिवार तथा साथीको लागि छुट्टाछुट्टै नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ ।
मल्टी विन्डो सपोर्ट
एनड्रोइड ल्यगनबत ७ मा मल्टी विन्डो सपोर्ट उपलब्ध रहेको छ । जसले गर्दा दुईवटा एप एकै पटक चलाउन गर्न सकिन्छ । मल्टी विन्डो सपोर्ट प्रयोग गर्न एपमा भएको स्क्वाएर सफ्ट किइलाई केहि क्षण थिच्नुपर्छ । यति गरिसकेपछि एउटा प्रयोग गर्ने एप सेलेक्ट गर्नु पर्छ र अर्को एपचाहि रिसेन्टली प्रयोग गरेको एप हुनेछ । यो आधा भाग स्क्रिनमा एउटा एप र अर्को आधा भाग स्क्रिनमा अर्को एप गरि प्रयोग गर्न सकिन्छ ।
फोटो तथा भिडियोलाई ब्याकप गर्ने तरिका
अनलिमिटेड फोटो निशुल्क ब्याकप गर्न मिल्ने गुगलले घोषणा गरेको छ । निशुल्क फोटो, भिडियो ब्याकअप गर्न तपाईलाई तपाईको एनड्रोइड डिभाइसमा गुगल फोटो एप चाहिन्छ । अनि एप सेटिङमा गई ईनेबल ब्याकप र सिंक गर्दा हुन्छ । गुगल फोटो डेक्स्टप अपरेटिङ सिस्टममा पनि उपलब्ध रहेको छ ।
नचाहिने नोटिफिकेसनलाई व्यवस्थापन
मोबाइलको सेटिङमाजाने गर्ने अनि म्यानेज योर नोटिफिकेसनमा जाने र एकएक गरि नोटिफिकेसन म्यानेज गर्ने, यो धेरै सजिलो तरिका हो । आवश्यक नपर्ने नोटिफिकेसन म्यानेज गर्न पहिला सेटिङ ओपन गर्ने, नोटिफिकेसन प्यानल खोजेर ट्याप गर्ने । अनुप्रयोग हुने नोटिफिकेसन डिसेबल गर्न नोटिफिकेसन आउने एपहरु डिसेबल गर्नुहोस । जसमा तपाईले आफुलाई चाहिने नोटिफिकेसन डिसेबल नगर्न पनि सक्नुहुन्छ ।
अन्य माध्यमबाट एप इन्स्टल
साधारणतया, एन्ड्रोइडमा एप डाउनलोड गर्न गुगल प्ले स्टोरमात्र प्रयोग गर्ने गरिन्छ । सुरक्षित तरिकाले एप डाउनलोड गर्न अर्को एप स्टोरबाट पनि सकिन्छ । जुन एप स्टोर नाम हो, अमेजन एप स्टोर । अहिले अमेजन एपस्टोरमा पैसा तिरेर डाउनलोड गर्नु पर्ने कुनै एपहरु फ्रिमा डाउनलोड गर्न सकिन्छ ।
कम्प्युटरबाट एप इन्स्टल
यो सुविधा प्रयोग गर्नको लागि तपाईको एउटै एकाउन्ट कम्प्युटर र प्ले स्टोरमा लगइन भएको हुनु पर्दछ । त्यसपछि ब्राउजरमा प्ले स्टोर खोलि तपाईको कम्प्युटरबाट एप इन्स्टल र व्यस्थापन गर्न सक्नु हुन्छ ।
भर्खर प्रयोग गरेका एपलाई हटाउने
एनड्रोइडले अटोमेटीक मेमोरीप्रयोगलाई व्यवस्थापन गर्छ । त्यसैले एप खोल्दा फोनको पृष्ठभूमि स्लो हुदैन । तर तपाईले यसलाई रिलोड गरेर फास्ट गर्न सक्नुहुन्छ । वास्तबमा गुगलले कन्फम गरेको छ, ब्याकग्राउन्ड एप बन्द गर्दा ब्याट्रीको चार्जमा केहि फरक पर्दैन । तपाईले एकएक गरर अथवा एकैपटकसबैलाई हटाउन सक्नुहुन्छ ।
म्यानेज डिफल्ट एप
डिफल्ट एप म्यानेज गर्नको लागिसेटिङमा गई एप सेटिङ सेलेक्ट गर्ने र स्क्रिन माथि तिर अल एप अप्सन हुन्छ त्यसलाइ छान्ने । कुनै यस्तो एप छान्ने जसमा एनड्रोइड डिफल्ट प्रयोग भइरहेको होस् । त्यसपछि डिफल्ट सेटिङ रिसेट गर्ने, एप सेटिङमा गई क्लियर डिफल्ट छान्ने र नयाँ डिफल्ट एप सेलेक्ट गर्नु पर्छ ।
टिप्स
घरमा आफै यसरी बनाउनुहोस सेनिटाइजर
हात धुनु भनेको तपाईको हातलाई सफा तथा किटाणु रहित राख्ने एउटा राम्रो तरिका हो । तर कहिलेकाँही तपाईंसँग साबुन पानी नहुन सकिन्छ । त्यो समयमा ह्यान्ड स्यानिट…
फोटोसप सीसी कसरी चलाउने ?
एडोब सिस्टम आइनसी. ले निर्माण गरेको फोटो इडिटिङ सफ्टवेरलाई फोटोसप भनिन्छ । कार्तिक २०७५ मा निस्किएको फोटोसप सीसी (भर्जन २०.०.१), एडोब सिस्टमको नँया संस्क…
वेबसाइट बनाउँने सजिला पाँच तरिकाहरु
तपार्इँमा वेबसाइटले तपार्इँको लागि के गरोस् भन्ने कुराको हेक्का भने हुन जरुरी छ । जब के गर्ने भन्ने विचारहरु फुर्दछन्,…
ल्यापटपको आकार प्रकार अनुसार, कस्तो ल्यापटप किन्ने ?
मुख्यत ः ल्यापटपका आकार र प्रकारअनुसार ल्यापटपलाई निम्न पा“च समूहमा बा“ड्न सकिन्छ ।
१. युएमपिसी
२. नेटबुक
अग्रेजी सिकाउने सफ्टवेयर ।
अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए…
मोबाईल हरायो ? नो टेन्सन
आफ्नो मोबाईल हरावस् भनेर कसैले पनी सोचेको हुदैन । नचाहदा नचाहदै थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने …
स्मार्टफोन खरिद गर्दा जान्नै पर्ने मुख्य ३ कुराहरु
१. खरिद गर्न चाहेको फोनका विशेषताहरु थाहा पाउँनुहोस्
तपार्इँले चाहेको फोनका विशेषता र क्षमताका बारेमा जानकार हुँनुहुन्छ भने नचा…
दैनिक जिवनमा उपयोगी टु डु एपहरु
स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थिय…
डिलिट भएको इमेल यसरी रिस्टोर गर्नुहोस्
कुनै बेला हतारमा वा झुक्किएर आफ्नो कुनै महत्वपूर्ण इमेल डिलिट गर्नुभएको छ ? गर्नुभएको छ भने र अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ ? तर चिन्ता नलिनुहोस्, ड…
गुगल म्यापमा लाइभ लोकेसन कसरी सेयर गर्ने ?
तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसँग सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुँदैन भन्…