टिप्स
पासवर्डलाई कसरी सुरक्षित र बलियो बनाउने ? सिनिकल टेक्नोलोजीका सीईओ नरेश लाम्गादेका टिप्स
आज विश्व पासवर्ड दिवस ।
सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म प्रयोग गर्न होस् वा डिजिटल कारोबार गर्न पासवर्ड आवश्यक हुन्छ । धेरै ठाउँ पासवर्ड प्रयोग गर्दा बिर्सने डरले हामी धेरैको बानी हुन्छ, सबै ठाउँ एउटै पासवर्ड प्रयोग गर्ने ।
अझ धेरैले सम्झिन सहज हुन्छ भनेर सजिलो पासवर्ड राखिरहेका हुन्छन् । तर हाम्रो यस्तो बानीले कुनै दिन हामीलाई समस्यामा पार्न सक्छ ।
सबै ठाउँ एउटै र सजिलो पासवर्ड प्रयोग गर्दा ह्याकरले हाम्रो पासवर्ड थाहा पाउने सम्भावना धेरै हुन्छ । जसका कारण डेटा लिकदेखि रकम चोरीका घटना घटिरहेका हुन्छन् ।
सानो असावधानीले हाम्रो गोपनियता भंग हुन सक्छ । धेरै नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ । यो समस्यालाई केही हदसम्म न्यूनिकरण गर्न बलियो, युनिक र सुरक्षित पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईको अकाउन्ट सुरक्षित हुन सक्छ ।
त्यसैले हामी जसरी घरमा कुनै पनि चोरी नहोस् भनेर बलियो ताल्चा प्रयोग गर्छौं, त्यसरी नै अकाउन्ट सुरक्षित बनाउँन पासवर्ड पनि बलियो राख्नुपर्ने हुन्छ । त्यसमा पनि आफूले प्रयोग गर्ने पासवर्ड आफूलाई मात्रै थाहा हुनुपर्छ ।
पासवर्ड ह्याकरसँग यस्ता धेरै टुल्स हुन्छन जसले गर्दा उनीहरुले सजिलै पासवर्ड क्र्याक गर्न सक्छन । यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ ।
हुन त ह्याकरहरुले पनि अनेकथरि उपाय निकाल्लान तर केहि गाह्रो र सुरक्षित भयो भने उनिहरुलाई पनि ह्याक गर्न केहि समय भने अवश्य लाग्छ ।
विश्व पासवर्ड दिवसको अवसरमा आज हामीले प्रयोग गर्ने पासवर्ड कसरी म्यानेज गर्ने, कसरी बलियो र सुरक्षित बनाउने प्रश्न विगत ३ वर्षदेखि नेपालमा साइबर सेक्युरिटी कम्पनी सञ्चालन गरिरहेका सिनिकल टेक्नोलोजी संस्थापक तथा सीईओ नरेश लाम्गादेसँग सोधेका छौं ।
पासवर्ड म्यानेज कसरी गर्ने ?
पासवर्ड म्यानेज गर्न पासर्वड म्यानेजर र गूगल क्रोम लगायतका ब्राउजर प्रयोग गर्न सकिने सिनिकल टेक्नोलोजी संस्थापक नरेश लाम्गादे बताउँछन् ।
बजारमा थुप्रै पासवर्ड म्यानेजर उपलब्ध भएपनि लास्टपास, वान पासवर्ड जस्ता भरपर्दा पासवर्ड म्यानेजर प्रयोग गर्न सकिने उनको भनाइ छ ।
लास्टपास र वान पासवर्डको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर समेत पासवर्ड स्टोर गर्न सकिन्छ ।
पासवर्डलाई कसरी सुरक्षित बनाउने ? यस्ता छन् नरेश लाम्गादेका सुझाव
- ठुलो अक्षर, सानो अक्षर र विशेष क्यारेक्टरहरु प्रयोग गरेर पासवर्ड बनाउने । नेपाल १२३ राख्नु भएन । फोन नम्बर राख्नु भएन । अरूको नाम राख्नु भएन ।
- पासवर्ड शेयर नगर्ने । पासवर्ड गूगल तिर नहाल्ने ।
- पहिला प्रयोग गरिसकेको पासवर्ड पुनः प्रयोग नगर्ने ।
- फिंगरप्रिन्टको प्रयोग गर्ने ।
- एउटै पासवर्ड सबैठाउँ प्रयोग नगर्ने ।
- पासवर्ड बाहेक टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने
टिप्स
एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक
एप्पलले नयाँओएस १४.५ अपडेट ल्याएसँगै मास्क लगाएरै आईफोन अनलक गर्न सकिने फिचर आएको…
नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ
कतिपय ग्राहकको नयाँ मोबाइलमा समेत फोरजी इन्टरनेट नचल्ने समस्या हुन्छ । कतिपय को कुनै ठाउँमा फोरजी चलाउन सकिने कुन…
गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ?
कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छ…
के तपाईं एन्टिभाइरस किन्दै हुनुहुन्छ ? त्यसो भए यी कुरामा ध्यान दिनुहोस्
इन्टरनेटले जीवन सहज बनाउनका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता ह्…
तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस् (भिडियोसहित)
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
के हो सामसङको सेक्योर फोल्डर ? कसरी प्रयोग गर्ने ?
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…
फिशिङ हमलाबाट कसरी बच्ने ? यस्ता छन् दूरसञ्चार प्राधिकरणका टिप्स
नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङ हमलाबाट बच्न अनुरोध गरेको छ । पछिल्लो समय नेपाल…
पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह, यस्ता छन् प्राधिकरणले दिएका सुझाब
नेपाल दूरसञ्चार प्राधिकरणले कम्तिमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ । सोमब…
गूगल म्यापबाट यसरी गर्नुहोस् रियल टाइम लोकेसन शेयर
आजभोलि कुनै ठाउँ जानुपर्यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…
विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको …
टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन
ह्वाट्सएपको नयाँ प्राइभेसी नीतिले गर्दा धेरै जसो प्रयोगर्ताले अरु मेसेज गर्न मिल्ने ए…
जीमेलमा यसरी गर्नुहोस् च्याट पीन
गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल…
वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड
रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडल…
आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर
कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्…
यसरी बढाउनुहोस् आफ्नो ल्याप्टपको ब्याट्री लाइफ
कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …