टिप्स
यसरी बढाउनुहोस् आफ्नो वाईफाईको स्पीड
के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्दा सुस्त इन्टरनेटको कारण धेरै समस्या भएको छ होला ।
आज हामी तपाईलाई आफ्नो वाईफाईको स्पीड कसरी बढाउने भनेर केही उपायको बारेमा जानकारी दिदैछौं ।
वाईफाईको फर्मवेयरलाई अपडेट गर्ने
सबै भन्दा सानो समस्या भनेको राउटरको सफ्टवेयरलाई अपडेट नगरेकाले यस्तो भएको हुन सक्छ । राउटर कम्पनीहरुले पनि फोन कम्पनी जस्तै सफ्टवेयर अपडेट गर्न पर्छ ।
कहिले काँही राउटर कम्पनीले आफ्नो सुरक्षाको लागी नयाँ फर्मवेयर वा ब्याट्री परिवर्तन गरेको पनि हुन सक्छ । नयाँ राउटरहरुमा सफ्टवयेर सेटिङबाट नै अपडेट गर्न मिल्छ । तर पुरानो राउटर भएमा पहिले अपडेटलाई म्यानुअली डाउनलोड गर्ने र त्यसपछि आफैले इन्स्टल गर्नु पर्दछ ।
सही फ्रिक्वेन्सी चयन गर्ने
अहिलेको आधुनिक राउटरमा छुटाछुट्टै दुई ओटा ब्यान्ड हुने गर्दछ । पहिलो ब्याण्डले धेरै लामो दूरीलाई समेट्छ तर वाईफाईको स्पीड भने एकदमै सुस्त हुन्छ । दोस्रो ब्याण्डको प्रयोगले भने गतिशील इन्टरनेट प्राप्त हुन्छ । यदी स्ट्रिमिङ गर्नुपरेमा डिभाइसलाई राउटरको नजिकै राख्नुपर्छ ।
वाईफाई रिपीटरहरु अप्रचलित हुदै गएको छ ?
वाईफाई रिपीटरले इन्टरनेटलाई गतिशील बनाउने विश्वास राखिएको हुन्छ तर यो पुरै गलत कुरा हो । रिपीटरले राउटरको सिग्नललाई रिब्रोडकास्ट गर्ने मात्र गर्दछ । राउटरलाई बरु लामो इथरनेट केबल सँग जोडनुपर्छ र यसले स्पीड बढाउने गर्दछ । घर धेरै ठूलो वा भित्ता बाक्लो भएर पनि इन्टरनेट सुस्त हुने गर्दछ ।
च्यानल परिवर्तन
धेरै अरु डिभाइसलाई वाईफाईसँग जोड्दा पनि इन्टरनेटको स्पीड कम हुँदै जान्छ । माइक्रोवेभ र पुरानो कर्डलेस फोनले पनि इन्टरनेटलाई हस्तक्षेप गर्ने गर्दछ । यो समस्यालाई हटाउन हामी वायरलेस च्यानल देखाएको च्यानलमा जानुपर्दछ ।
राउटरको सेटिङ्गमा गएर हामीले आफ्नो नेटवर्कको प्रकार हेरेर च्यानल बदल्न सक्छौँ । यसको लागी पहिले हामीले वाईफाई च्यानल स्क्यानर एप प्रयोग गरेर कुन च्यानल प्रयोग गर्दा ठीक होला भन्ने कुरा जान्न सक्छौँ ।
मेस नेटवर्किङ्ग सिस्टम प्रयोग गर्ने
मेस राउटर सिस्टमको प्रयोग गरेर हामीले सबै वाईफाईको समस्यालाई हटाउन सक्छौँ । यसले नेटवर्कको ब्याण्ड बढाउनलाई मद्दत पुर्याउँछ र कुन च्यानलले हस्तक्षेप गर्छ भन्ने कुरा थाहापाएर च्यानल परिवर्तित गरिदिन्छ ।
नेटगियर,लिन्कसीस जस्ता कम्पनीले यो सेवा प्रदान गर्दै आएका छन् । मेस राउटर सिस्टमले सबै नेटवर्क समस्यालाई हटाइदिन्छ ।
टिप्स
जुम कसरी सुरक्षित प्रयोग गर्ने ? यस्तो छ तरिका
पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा…
ठूलो साइजको फाइल कसरी अरुलाई पठाउने ? यस्ता छन् तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका
विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्व…
डिलिट भएका फाइल आई क्लाउडबाट यसरी फेरी फिर्ता ल्याउनुहोस् !
के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्न…
फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका
फेसबुकमा आफुले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको छ । जसको लागि फेसबु…
फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो ट्रान्सफर गर्न सकिने टुल सबैलाई उपलब्ध, यस्तो छ तरिका
फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा गूगल फोटोजमा ट्रान्सफर ग…
कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर थाहा पाउने तरिका
तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड…
जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका
गूगलले जीमेलमा १५ जीबी मात्र स्टोरेज निशूल्क उपलब्ध गराएको हुन्छ । यस्तो अवस्थामा जी…
गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ
गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्…
गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ
गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्…
गूगल एपमा यसरी गर्नुहोस डार्क मोडको प्रयोग
गूगलले हालै मात्रै आफ्नो सर्च एपमा डार्क मोडको सुविधा ल्याएको छ । गूगलको एन्ड्रोइड त…
विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने महत्वपुर्ण \'टिप्स\' र \'सर्टकट कि\'हरु
अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्रोसँग काम गर्न केहि टिप्स र सर्टकट कि को बारेमा जानकारी राख्न…
कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट प्रोसेसर भनेको के हो ?
कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्युटरको कामलाई असर गर्दैन । तर यसले कुन प्रकारको सफ्टवेयर प्रयोग गर्ने भने…
आफ्नो कम्पूटरबाट अरू कम्प्यूटर कसरी चलाउने ?
अफिसमा हुनुहुन्छ तर तपाइको घरमा भएको कम्प्यूटरमा भएको फाइल चाइरहेको छ ? क्लासमा भएका बेला तपाइको घरको कम्प्यूटरमा भएको फाइलको आवस्यकता परिरह…
अब जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने
जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने भएको छ । जसको लागि गूगलले आफ्नो भिडियो कन्फे…