कीवर्डहरू -

अपडेट

एसईईका विद्यार्थीहरूका लागि डाटा र भ्वाइससहितको निःशुल्क सिम दिदै टेलिकम, यसरी लिनुहोस् सेवा 

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको  निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ ।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र (वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त स्टुडेन्ट रजिष्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट *1600# डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र स्टुडेन्ट रजिष्ट्रेसन प्याक अनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ ।


अपडेट

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डक…

कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?

मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्‍यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्…

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…

नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…

गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक

गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…

मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने 

मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार 

जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्…

पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त 

एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…

स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने

स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…

ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने

ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…

कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी 

अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…