कीवर्डहरू -

अपडेट

सवारी साधन जाँच गर्न तथा अभिलेख राख्न नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख  राख्न  अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरु गरेको हो ।

यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् ।

'काठमाडौँ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल  स्क्यानिङ मेसिन’  राख्नु जरुरी  छ, नगरप्रमुख घनश्याम गिरीले भने, 'प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?'

उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब दुई करोड ५० लाख पर्ने जनाइएको छ ।

उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले  उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ ।

'यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पुर्‍याउँछ,' उनले भने, 'यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ ।  सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौँ ।'

‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युतिँदै

उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ । पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो ।

यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ । फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए ।

'उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु,' उनले भने, 'छिट्टै फोरमको बैठक हुन्छ । त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु ।'

काठमाडौँ महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ । शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, 'नागढुङ्गामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु  । मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौँ । सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौँ ।'

कलङ्की–नागढुङ्गा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ ।

नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए ।

नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो ।

यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ ।

'पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो,' उनले भने, 'यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।' रासस

अपडेट

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका …

सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि…

काठमाडौंमा आईटी सम्बन्धि पाँच दिने वर्कशप तथा सम्मेलन हुँदै, गूगल, फेसबुक पनि सहभागी हुने

काठमाडौंमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन आयोजना हुने भए…

अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित

काठमाडौं । सरकारले मिडरेन्ज फोनको आयात प्रतिवन्ध गरेको छ । असार ३१ गते राजपत्रमा …

आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो

साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रत…

नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म

नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खात…

भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गते…

करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव 

पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले…

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्…

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डव…

बुस्टर परीक्षण गर्दा विस्फोट भयो स्पेसएक्सको पछिल्लो स्टारसिप

स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समय…

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा

एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं …

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा प…

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने 

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…