कीवर्डहरू -

अपडेट

टेलिकमको समर अफर, ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड डेटा

नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ । ती नयाँ अफरहरु ग्राहकको रोजाईमा परेका छन् ।

कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ ।

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न  सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ ।

सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

अपडेट

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपे…

अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार

साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्…

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपाल…

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक …

रिब्राण्डिङ हुँदै भोजमाण्डू

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ …

सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा नेपाल प्रहरीलाई

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ…

उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउ…

६८ जिबी एसएसडीमा ब्रह्माण्डको फोटो खिच्दै जेम्स वेब स्पेस टेलिस्कोप

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको फोटोहरु ६८ जिबी एसएसडीमा खिचेर राखिरहेको छ…

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैक…

स्याङ्जाको गल्याङमा टेलिकमको उच्च गतिको एफटीटीएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्ला पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइब…

‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भु…

नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने

नमस्ते पे वालेटबाट अब आन्तरिक तर्फको फ्लाइट टिकट काट्न सकिने भएको छ । यो सेवा हालल…

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन…

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम…

सवारी साधन जाँच गर्न तथा अभिलेख राख्न नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख  …