अपडेट
अब इसेवाबाटै होटेल बुक गर्न सकिने, बुक गर्दा ५० प्रतिशत छुट
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ ।
ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ ।
इसेवामा होटल सेवा सुरु भएसँगै इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेको बताए ।
‘यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केहीहदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ।’
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
अपडेट
इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग
नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गर…
युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका
अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आ…
भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट
भोलिदेखि नीमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञानमेला’ सुरू हुने भएको छ । शुक्रबारदेख…
कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न
नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि …
टेक्नोलोजी, अनलाइन शपिङ लगायतमा लगानी गर्ने साथी पार्टनर्सले १० लाख कित्ता शेयर बिक्री गर्ने
साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम
एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्…
शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै
टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशु…
वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आइसिटी अवार्ड
काठमाडौं, १८ साउन । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स …
फर्चुन ५०० को सूचीमा विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी
काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने विश्वविख्यात चिनियाँ कम्पनी बीवाईडी फर्चुन …
डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार
नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द …
एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५…
गरिमा विकास बैंकको मोबाइल बैंकिङ अपग्रेडेड, अब एउटै क्रेडेन्सियलबाट एप र वेबसाइटमा पहुँच
गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी…
जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड
जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स-…
१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै
१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आ…
डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने
डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकि…