अपडेट
कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित
ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्यक्रम रहेको शिखर सम्मेलनले उद्योग विश्लेषक, वित्तीय विश्लेषक, प्रमुख नेताहरू र विश्वभरका मिडिया प्रतिनिधिहरूलाई भविष्यको उद्योग प्रवृत्ति र ह्वावेको विकास रणनीति बारे थप जान्न कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले इनोभेसन र ग्रीनर इन्टेलिजेन्ट संसारको निर्माण गर्न ह्वावेको दृष्टिकोण राखेका छन् ।
‘हामी इनोभेसनको लागि हाम्रो दृष्टिकोणलाई बलियो बनाउनेछौं, सबै उद्योगहरूलाई डिजिटल र इन्टेलिजेन्ट बनाउन सुसज्जित गर्नेछौं र लो-कार्बन विश्व निर्माण गर्न मद्दत गर्नेछौं,’ हुले भने, ‘यी हाम्रो कम्पनीको भावी विकासको लागि महत्वपूर्ण छन् ।’
इनोभेसनमा केन्द्रित
कम्पनीले ५.५ जी र एफ ५.५ जीसँग १० जीबीपीएस कनेक्टिभिटिहरू विकास गरिसकेको छ । अब अर्को विकास वायरलेस र फिक्स्ड नेटवर्कहरूमा हुने उनले बताए ।
यसले एकैसाथ घरहरूमा थप इमर्सिभ अनुभवका साथै औद्योगिक नियन्त्रण परिदृश्यहरूको लागि लो ल्याटेन्सि र हाई रिलाएबिलिटी समावेश गरी फराकिलो दायराको निस नेटवर्क आवश्यकताहरूलाई समर्थन गर्दछ ।
त्यस्तै क्लाउड सेवाहरूमा ह्वावेले मेटास्टुडियो निर्माण गरिरहेको छ, जुन एक क्लाउड-आधारित एन्ड-टु-एन्ड डिजिटल कन्टेन्ट पाइपलाइन हो । यसले डिजिटल कन्टेन्ट उत्पादनलाई धेरै छरितो गर्नेछ ।
उपकरणहरूको सन्दर्भमा ह्वावेले उपभोक्ताहरूलाई उनीहरूको जीवनका सबै पक्षहरूमा प्रयोगकर्ता-केन्द्रित इन्टेलिजेन्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जसलाई कम्पनीले सिमलेस एआई लाइफ अनुभव भन्दछ ।
भ्यालु सिर्जना गर्दै
ह्वावेले आफ्ना उत्पादनहरू र उत्पादन पोर्टफोलियोहरूलाई विभिन्न औद्योगिक परिदृश्यहरूमा अनुकूलन गरिरहेको छ ।
ह्वावे क्लाउडलाई आधारभूत मानेर ह्वावेले ‘एभरीथिंग एज अ सर्भिस’ प्रदान गर्ने, पूर्वाधार, प्रविधि र विशेषज्ञतालाई क्लाउड-आधारित सेवाहरूमा परिणत गर्ने र विभिन्न उद्योगहरूमा ग्राहकहरूको लागि क्लाउड माइग्रेसनलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
ह्वावेले विशेष उद्योगहरूलाई ध्यान केन्द्रित गरी एकीकृत टोली पनि निर्माण गरिरहेको छ, जसमा विशेषज्ञहरूको समूह हुनेछ । ह्वावेले प्रत्येक उद्योगको लागि लक्षित डिजिटल रूपान्तरण सोलुसनहरू प्रदान गर्नु र ग्राहकको आवश्यकतालाई ध्यानमा राखि प्रडक्ट ल्याउनु रहेको उनी बताउँछन् ।
लो-कार्बनमा जोड
ह्वावेले नवीकरणीय ऊर्जाको उत्पादनलाई बढावा दिन एआई, क्लाउड र अन्य क्षमताहरूसँग पीभी क्षेत्रलाई पुन: परिभाषित गर्न लागेको हुले बताए ।
ह्वावेले ग्रीन आइसिटी पूर्वाधारका लागि प्रणालीस्तरको लो-कार्बन सोलुसनहरू पनि वायरलेस बेस स्टेशनहरू र डाटा केन्द्रहरूमा ध्यान केन्द्रित गर्दै विकास गरिरहेको छ ।
‘हामीले ग्राहक र समाजका लागि भ्यालु सृजना गर्दै ननस्टप इनोभेसन मार्फत कार्यहरुलाई निरन्तरता दिइरहनु पर्छ’, केन हुले भने, ‘हामी हाम्रो ग्राहक र साझेदारहरुसँग एक ग्रीनर इन्टेलिजेन्ट संसार निर्माण गर्नको लागि अधिक निकटबाट काम गर्न तत्पर छौं ।’
आफ्नो इनोभेसन रणनीतिको अतिरिक्त ह्वावेले भविष्यका लागि आफ्नो दूरगामी दृष्टिकोण र त्यहाँ पुग्नको लागि गरिरहेको केही अन्वेषणहरू पनि सेयर गरेको छ ।
आफ्नो मन्तव्यमा ह्वावेको रणनीतिक अनुसन्धान संस्थानका अध्यक्ष डा. झोउ होङले साहसी परिकल्पना र भिजनका साथ भविष्यका लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नयाँ प्रविधिहरूको चुनौती बारे पनि छलफल गरिएको थियो । ह्वावे ग्लोबल एनालिस्ट शिखर सम्मेलन पहिलो पटक २००४ मा आयोजित भएको थियो र १९ वर्ष देखि वार्षिक रूपमा जारी छ ।
यस कार्यक्रमले ह्वावेको व्यवसायका विभिन्न पक्षहरूमा ब्रेकआउट सेसनहरूको विस्तृत दायरा समावेश गरेको कम्पनीले जनाएको छ ।
अपडेट
महिलाका लागि सुरक्षित इन्टरनेट पहुँच, कस्तो छ अवस्था ?
काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्…
आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपको विषयमा कुराकानी हुने
वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । …
गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै
आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको …
सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरू भएको छ …
कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्यो क्यूभर्स
कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको …
ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई…
टेलिकमले अब ई-सिम उपलब्ध गराउने, कस्तो हुन्छ ई-सिम ?
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रम…
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यका…
एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक
गूगलले एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल डिभाइस…
शनिबार रिभ्याम्प नेपालको तेस्रो संस्करणः ५० बढी व्यवसाय सहभागी हुने, ३ हजारले अवलोकन गर्ने
रिभ्याम्प नेपालको तेस्रो संस्करण बैशाख १७ गते शनिबार ठमेलको छाया सेन्टरमा आयोजना ह…
केटीहरूलाई प्रविधिको आधारभूत ज्ञान सिकाउँदै कोड रस
कोड रसले 'शि क्यान डिजिटल' को प्रशिक्षणको सुरुवात गरेको छ । काठमाडौँको कम आय भएक…
बालेनको प्रतिवद्धताः डिजिटल सरकारदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता आयोजनासम्म
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पद…
विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने एप ‘म त छु तयार’ सार्वजनिक
सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ…
बर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्दै पठाओ
पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको…