अपडेट
फोहोरबाट मिथेन ग्यास उत्पादन
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।
यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो ।
विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्याउन सकिन्छ ।
दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना भइसकेको छ ।
‘फोहोरबाट ग्यास उत्पादन त सुरु भयो तर यसको बजारीकरणमा राज्यको सहयोग चाहिन्छ,’ नेक्स्ट इराका अध्यक्ष युवराज घिमिरेले भने ।
मिथेन बायोग्यास उत्पादन सुरु भए पनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरी पाइप वा सिलिन्डरबाट वितरण गर्ने योजना पूरा हुन नसकेको नेक्स्ट इरा इनर्जी प्रालिका निर्देशक विमल खतिवडाले बताए ।
‘पाइपलाइन निर्माणका लागि आवश्यक बजेट सरकारसँग माग गरिरहेका छौँ र यो भएमा यो नमुना परियोजना बन्नेछ,’ खतिवडाले भने ।
दमक नगरपालिकाका वातवरण तथा सरसफाइ शाखा प्रमुख द्रोण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ ।
यसमध्ये १५ टन फोहोर सङ्कलन हुँदै छ । सङ्कलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात् कुहिने फोहोर रहेको छ । यो जैविक फोहोरबाट ग्यास उत्पादन हुन्छ ।
दमक–२ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माण गर्न २० करोड ५८ लाख ९७ हजार रुपियाँ लागत लाग्ने अनुमान गरिए पनि कोरोना महामारीलगायतका कारण खर्च बढेको बताइएको छ ।
प्रारम्भिक लागतमा १४ करोड ७० लाख रुपियाँ नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स प्रालि जेभीले र बाँकी पाँच करोड आठ लाख रुपियाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लगानी सम्झौता भएको थियो ।
सफल परियोजना
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोहोरबाट ग्यास उत्पादन भएको क्षेत्रको शुक्रबार अवलोकन गर्दै घरघरमा ग्यास पाइपलाइन पुर्याउने योजना सफल हुँदै जाने बताए ।
दमकमा सफल भएको यो परियोजनाले फोहोरको दिगो र दीर्घकालीन व्यवस्थापन गरी ग्यास उत्पादन गर्न सकिन्छ भन्ने देखाएको ओलीले बताए ।
पूर्वप्रधानमन्त्री ओलीले ग्यास उत्पादनको निरीक्षणपछि भने, ‘फोहोर समस्या समाधान हुने र ग्यास पनि उत्पादन हुने यस प्रकारका योजनाको महत्त्व आउँदा दिनमा अझ बढ्दै जानेछ । यो राज्यको काम हो तर स्थानीयस्तरमा निजी क्षेत्रले चासो दिएर यति ठूलो लगानी गर्नु खुसीको कुरा हो ।’
गोरखापत्र
बाट
अपडेट
पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, सित्तैमा ट्याक्सी चढ्ने अफर
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्…
अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन
नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूच…
प्राधिकरणकी उपनिर्देशक बासुकला मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर अवार्डबाट सम्मानित
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सिय…
सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने
सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राह…
अब मेसिनबाटै एनआईसी एशिया बैंकमा पैसा जम्मा गर्न सकिने, एक पटकमा कति जम्मा गर्न सकिन्छ ?
एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा…
नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर
पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमा…
टाटा नेक्सन ईभीको पहिलो वर्ष पूरा
सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्रीवितरण प्रारम्भ भएको प्रथम वर्…
सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवा…
मुस्ताङको कागबेनी र खिङ्गामा टेलिकमको फोरजी सेवा
पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपा…
एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा
ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अ…
प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका
प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेख…
एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने
नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग…
इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन
इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बना…
एसईईका विद्यार्थीहरूका लागि डाटा र भ्वाइससहितको निःशुल्क सिम दिदै टेलिकम, यसरी लिनुहोस् सेवा
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध ग…
सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन
इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मं…