अपडेट
‘नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली परिवर्तन सम्भव छ’ विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान) ले ‘परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली’ बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अतिथि बक्ताको रुपमा सुदूर पश्चिमाञ्चल विश्वविध्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी, त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्मा, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, सी एस आइ टि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्याल र प्याबसनका अध्यक्ष टिकाराम पुरीले सम्बोधन गरेका थिए ।
त्यसअघि कार्यक्रममा कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालका उपाध्यक्ष सत्यराम सुवालले अतिथि वक्ता तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।
सीफ्यानका महासचिव रमेश रिमालले सञ्चालन गरे को कार्यक्रममा सुदूर पश्चिमान्चल विश्वविध्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीले महामारीको कारणले पारम्परिक शिक्षा प्रणालीमा आघात परेको बताए ।
बिकसित मुलुकहरुमा आवश्यक पूर्वाधार भएकाले डिजिटल माध्यमबाट शैक्षिक गतिविधिहरु संचालन गर्न सम्भव भएको भए पनि नेपालमा अप्ठ्यारो स्थिति रहेको अझ परीक्षा जस्तो सम्बेदनशील कुरामा धेरै गृहकार्य गर्नुपर्ने उनले बताए ।
प्रा. जोशी भन्छन अहिले रोकिएका परीक्षाको सम्बन्धमा परिस्थितिजन्य निर्णय उपयुक्त समयमा आउला तर भविष्यका निम्ति समग्र परीक्षा प्रणाली र परीक्षा संचालन गर्ने निकायमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव पनि भएको छ ।
अर्का अतिथि वक्ता त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले सानो बिद्यार्थी संख्या भएका कार्यक्रममा अनलाइन कक्षा संचालन भइरहेको भए पनि बिद्यार्थी संख्या धेरै भएका कार्यक्रमका सबै बिद्यार्थीहरु अझै सम्पर्कमा ल्याउन नसकिएको अवस्थामा रोकिएका परीक्षा फरक ढंगले गर्ने कुरा अहिले गाह्रो हुने बताए ।
तर अहिलेको भन्दा प्रभावकारी र बैज्ञानिक मुल्यांकन पद्धतिमा जाने र त्यसकालागि सम्बद्ध निकायमा आवश्यक सुधार ल्याउने कुरा सम्भव छ र त्रिविले त्यस दिशातर्फ कदम अगाडी बढाई सकेको पनि भुसालले बताए ।
उक्त कार्यक्रममा काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले नेपालको विद्यमान परीक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव रहेको बताए ।
डिजिटल माध्यमबाट सम्पूर्ण शैक्षिक गतिबिधि संचालन गर्नु आर्थिक, वातावरणीय तथा अन्य विविध कोणबाट फलदायी हुने बताउदै सामान्य अवस्थामा मिश्रित बिधि उपयोग गर्न सकिए पनि अहिलेको जस्तो अप्ठ्यारो अवस्थामा अनलाइन शिक्षाको कुनै विकल्प नरहेको उनले बताए ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले रोकिएका परीक्षा कसरि संचालन गर्ने भन्ने बारेमा विभिन्न कोणबाट अध्ययन भइरहेको भएपनि अहिले सबैको पहिलो प्राथमिकता स्वास्थ्य हुनुपर्छ भन्दै नआत्तिकन घरमा नै बस्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह गरे ।
सरकार तथा जन स्वास्थ्यविदहरुले अब परीक्षा संचालन गर्दा हुन्छ भने पछी २ देखि ३ हप्ताको समय दिएर परीक्षाको तालिका प्रकाशन गरिने उनले बताए ।
सदस्य सचिव अर्याल भन्छन परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका मुलुकहरुको मुल्यांकन अभ्यासलाई हेरेर हामी पनि त्यसतर्फ अग्रसर छौ ।
कार्यक्रममा अर्का बक्ता सीएस आइटि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले भने पाठ्यक्रमको उद्देश्य पुरा भयो की भएन भनेर हेर्ने माध्यम परीक्षा हो भन्दै पाठ्यक्रम परिमार्जन नगरी परीक्षा प्रणाली मात्र परिवर्तन गरेर पुग्दैन ।
नेपालमा अहिलेकै अवस्थामा शिक्षक आधारित परीक्षा प्रणाली विस्वसनिय हुन नसक्ने भन्दै केही अगाडी गरिएको परिवर्तनले विद्यार्थिहरुको गुणस्तरमा कमि ल्याएको पनि उनले बताए ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरीले कोभिड १९ का कारण परीक्षा संचालन गर्न अप्ठ्यारो अवस्था भएकोले यो एक बर्षका लागि मात्र भए पनि एसईईका विद्यार्थिहरुलाई आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्नु पर्ने बताउदै कक्षा ११ को पनि आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्ने पद्धति शुरु गर्नुपर्ने बताए ।
कक्षा ८ मा पालिका स्तरमा, कक्षा १० मा प्रदेश स्तरमा र कक्षामा १२ राष्ट्रिय स्तरमा परीक्षा संचालन गर्नुपर्ने बताउदै अध्यक्ष पुरीले अन्य कक्षामा विद्यार्थीहरुलाई सबै भन्दा नजिक बाट चिन्ने र बुझ्ने, उनीहरुलाई पढाउने शिक्षकहरु बाटनै मुल्यांकन गराउनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सीफ्यानका अध्यक्ष ई. प्रचन्द्र राम श्रेष्ठले सम्पूर्ण अतिथि वक्ता तथा सहभागिहरुलाई साथ, सहयोग र महत्वपुर्ण विचारको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य गरेर बढ्न सिफ्यान तयार रहेको जानकारी दिए ।
अपडेट
नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको शाओमीको दाबी
शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्…
ईसेवा मनि ट्रान्सफरले सुरु गर्यो आफ्नो सेवा
ईसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमि…
आजको डिजिटज संवादमा डिजिटल पेमेन्टको भविश्वको बारेमा चर्चा हुदै
हरेक शनिवार अनलाइन वेबिनारको रुपमा सञ्चालन हुदै आएको डिजिटल …
सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने
सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने भएको छ । …
आगामी ३ वर्षभित्रमा सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गरिने
आगामी ३ वर्षभित्रमा सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गर्ने…
आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
सरकारले आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वित…
सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत गरिने
सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा…
इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सहप्रयोग
इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सेवा प्रदायकहरुको साझेदारीमा…
आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने
आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । <…
आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने
सरकारले आगामी २ वर्षभित्र सबै सरक…
प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने
सूचना प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने भएको …
मालपोत कार्यालयलाई डिजिटल बनाइने
आगामी आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयलाई डिजिटल बनाइने भएको छ । संघीय संसद…
नयाँ व्यसाय सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने
नयाँ व्यसाय वा उद्यम सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भए…
३ अंकको नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने
सरकारले नेपालको कुनै पनि स्थानबाट ३ अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लि…