अपडेट
२७ जना युवालाई नि:शुल्क कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा मिड टाउनको साथः गभर्नर लम्साल
पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ । गरिब तथा विपन्न वर्गका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित कम्प्युटर प्रोफेसनल कोर्ष सुरु गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
३ महिनासम्म सञ्चालन हुने उक्त तालिमको शुक्रबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले उद्घाटन गरेकी छन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि गभर्नर लम्सालले महिला तथा युवाहरुलाई सशक्तीकरण गर्ने आफ्नो अभियानमा मिड टाउनले अग्रपंक्तिमा रहेर साथ दिएको बताइन् । तालिममा २७ जना युवाहरु सहभागी छन् ।
‘हरेक क्षेत्रमा प्राविधिक शिक्षाको महत्व छ,’ उनले भनिन्, ‘प्राविधिक शिक्षा लिएर स्वरोजगार बन्न तालिममा सहभागीहरु सक्षम हुनुहुनेछ भन्ने मैले विश्वास लिएकी छु ।’
कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय सचिव जगन बहादुर गुरुङले लायन्स क्लबको आयोजनामा कम्प्युटरको प्राविधिक शिक्षा प्रदान गर्नु सह्रानीय काम भएको बताए । कार्यक्रममा लायन्सका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, पढाऔं अभियानका चिफ चण्डीप्रसाद अर्याल, क्यान कास्कीका अध्यक्ष युवराज पौडेल लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको सभापत्विमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रुक्मागत भण्डारी ‘विश्वास’ले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए । सनराइज कम्प्युटर इन्स्टिच्युट बिरौटाको प्राविधिक सहयोगमा कम्प्युटर तालिम सुरु भएको हो । तालिममा सहभागीहरुलाई ३ महिनामा दक्ष बनाइने कार्यक्रम संयोजक विश्वास भण्डारीले बताए ।
क्लबको आयोजनामा यस अगाडि २० जना महिलाहरुले ग्लोबल आइटी अमरसिंहचोकमा कम्प्युटर तालिम लिइरहेका छन् । क्लबले २० जना महिलाहरुलाई झोला बुन्ने तालिमसमेत प्रदान गरिसकेको छ ।
अपडेट
आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुने
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
कार्डबाट भुक्तानी गर्दा आउने भ्याटको १० प्रतिशत रकम तत्कालै कार्डधनीको बैंक खातामा जम्मा हुने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ ।…
इन्टरनेटको मूल्य नबढ्ने
नेपालमा इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्च गर्ने भनेपछि इन्टरनेटको मूल्य यथावत रहेको हो ।
…युनियन पे लाई राष्ट्र बैंक अनुमति
काठमाडौं। चिनिया कम्पनी युनियन पे इन्टरनेसनललाई नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति द…
राइजिङ स्टुडेन्ट अवार्ड २०१९ का उत्कृष्ट ५ प्रोजेक्टहरु
राइजिङ स्टुडेन्ट अवार्ड पहिलो पटक आइसिटी अवार्डमा समावेश गरिएको विधा हो । आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका व…
कस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्टहरु
आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्ड मा गतवर्ष जेठ १५ ग…
ताम्राकार कम्प्लेक्समा शाओमीको आधिकारिक सर्भिस सेन्टर सञ्चालन
शाओमी नेपालले आफ्नो आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा ल्याएको छ ।
शास्त्र क्रिएसन प्रा.लि.ले नेपालमा नै पहिलोपटक विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक गरेको छ । …
नेपाली यू-१६ फुटबलरलाई ब्राइट फ्युचरको छात्रवृति
काठमाडौं । नेपाली यू-१६ राष्ट्रिय फुटबल टिमका १० खेलाडीलाई ब्राइट फ्युचर कलेजले प्लस टु अध्ययनको लागि छात्रवृति प्रदान गरेको छ ।
विराटनगरमा पहिलो पटक विकिपीडिया शिक्षा कार्यक्रम सम्पन्न
विराटनगर। विकिपिडियाका शिक्षा कार्यक्रम विराटनगरमा पहिलो पटक दुई वटा शैक्षिक संस्थानहरू…
आइसिटी अवार्डमा ३ विधाका उत्कृष्ट ५ को घोषणा
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ…